रूस-इरानबिच सैन्य प्रविधि सहकार्य तीव्र
रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोन इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीले बताएका छन् । रिपोर्ट अनुसार, इरानले सुरुमा रूसलाई उपलब्ध गराएको ड्रोन प्रविधिलाई रूसले युक्रेन युद्धका क्रममा थप सुधार गरेको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वका बिच होर्मुज जलडमरु क्षेत्रमा मानवीय आवश्यकता पूरा गर्न प्राविधिक संयन्त्र विकास गर्न एक कार्यदल गठन गर्नुभएको छ ।
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगन्जमा
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगन्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो ।
भृकुटी–अरनिको ओकु–बाहा कि कुर्पासी
फ्रान्सेली इतिहासकार प्रो. सिल्भा लेभीले तिब्बतको इतिहासबाट राजकुमारी भृकुटीलाई अंशुवर्माकी छोरी जस्तो इङ्गित गरेका तथा पाटनमा तीन/चार सय वर्ष पहिलेदेखि ढलौटको काम हुने भएको हुँदा अरनिको पाटनमा जन्मेका हुन सक्ने भनाइले इतिहासकारहरू अलमलिए । दुवै विभूतिका बारे इतिहासकार र लेखकहरूले आआफ्नै ढङ्गले प्रस्तुति गरे; जुन यसप्रकार छ :
पहिलो भेट ! [कथा]
त्यो दिन मैले पैला बोलाकी,” मेरो कुरो पन्छाउँदै उसले भन्यो, “तिमीले हैन, मैले ।” जहाँ जहाँ हामी भेटिन्थ्यौँ, कसरी तिमीले ? मैले हो, होइन तिमीले । हामी निष्कर्षविहीन छुट्थ्यौँ । अविस्मरणीय त्यो भेट बिनागाँठोको दाम्लो भयो । निर्णयविन्दु आएन । हुन त निर्णय नभए भेटको के अर्थ तर हामी दुईमध्ये पहिला कसले बोलाएको थियो ? चरण चरण छलफल हुुन्थ्यो । उसले हार्न अस्वीकार गर्नुु, म पनि के कम !
आगो पिउनु पर्छ पूर्ण मानव बन्न (कविता)
यो धर्ती कमजोरका लागि होइन भन्ने बुझ्न पनि तिमीले आगो छुनु पर्छ, जब तिमीले जीवन नामको
गजल
शीतको थोपा सरी ढलपल देख्छु लजायौ कि क्या हो अलमल देख्छु
बालस्वास्थ्य शिक्षा दिने कृति
बालबालिका भविष्य हुन् । समृद्ध, सक्षम र देश निर्माणमा यिनै बालबालिकाले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुईमत छैन । त्यसैले पनि उनीहरूको शारीरिक, मानसिक अवस्थाको निगरानी उचित तरिकाले गर्ने मात्र होइन कि शिक्षा, स्वास्थ्य र पोषणका बारेमा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । बाल्यकाल पूर्ण रूपमा परनिर्भर हुने भएकाले प्रत्येक बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकास तथा वृद्धि स्वस्थकर हुन जरुरी छ ।
पर्या–समालोचनामा नवीन दृष्टिकोण
‘पोस्ट–मोडर्न’ दृष्टिकोणले कुनै एक सार्वभौमिक सत्य, केन्द्र, वाद, मान्यता, सिद्धान्त वा शैलीमा विश्वास नगर्ने भएकाले यसलाई एक बहुलवादी धार मानिन्छ । यसले सत्य कहिल्यै पनि पूर्ण, शाश्वत र स्थिर नहुने बरु यो अपूर्ण, सापेक्षित, परिवर्तनशील एवं विनिर्मित भइरहने प्रकृतिको हुन्छ भन्ने कुरामा विश्वास गर्दछ । साहित्यमा यो एक परम्परा विरोधी, सुधारवादी र नवीन शैलीको प्रयोग गर्ने लेखनशैली हो । यसले इतिहा
मुगुमा मुग्ध मन
अधिकृतमा नाम निस्किएपछि पूर्वसेवाकालीन तालिम लिएर कर्णाली अञ्चलको दुर्गम हिमाली जिल्ला मुगुतर्फ लागेको थिएँ । त्यो समय २५ वर्षअघिको हो । कृषि विकास बैङ्कको मुगु जिल्लाको शाखा प्रबन्धक भएर जानु मेरा निम्ति अवसर त छँदै थियो सँगसँगै चुनौती पनि ।
चौतारी ब्लुज
काहुँडाँडाको ओरालो ! झरीपछिको दिन ! इन्द्रेणी आगमनको पूर्वसन्ध्या ! भन्ज्याङको चौतारी ! जहाँ भेटियो विशाल वटवृक्ष ! जहाँ बिसाएँ मैले मनको भारी । सुस्ताएँ केही क्षण बिसौनीमा । ओडेर पछ्यौरीको बर्को, भगाइदिएँ मैले वैशाखे बतासलाई । प्रिय चौतारी ! तिमीले बाँचिनौ सम्पूर्ण जीवन आफ्ना लागि, जसरी उज्यालिँदैनन् सूर्य र चन्द्रमा आफ्ना लागि । मुस्कुराउँदैनन् हिमाल आफ्ना लागि र फुल्दैनन् फूलहरू
हिमाली क्षेत्रमा चौँरी संस्कृति
गीतमा मात्र होइन, हिमाल र चौँरीको महत्व अनि महिमा नेपाली पर्यटनमा छ । नेपालमा पर्यटक लोभ्याउने सम्पदा हो– हिमाल । हिमाली जनजीवन, मूर्त तथा अमूर्त सम्पदा र संस्कृतिले विश्वका पर्यटक तानिरहेको छ । त्यसमा चौँरीको भूमिका महत्वपूर्ण मानिन्छ ।
‘जाऊँ है पोखरा’ अभियान सुरु
पोखराका पर्यटन व्यवसायीको टोली यस पटकको ‘जाऊँ है पोखरा’ अभियानका लागि पूर्वी नेपाल प्रस्थान गरेको छ । नेपाली कला र संस्कृतिको संरक्षण र संवर्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर सङ्घले आगामी चैत २९ देखि वैशाख १ सम्म फेवातालको किनार लेकसाइडमा २१ औँ फेवा नववर्ष महोत्सव आयोजना गर्दै छ ।
फोहोरबाट रोजगारी : बुटवलको सिर्जनशील अभ्यास
बर्सौंदेखि टाउको दुखाइको विषय बनेको फोहोर व्यवस्थापनलाई बुटवलमा अब अवसरमा रूपान्तरण गर्ने प्रयास सुरु भएको छ । फोहोरलाई स्रोतमा परिणत गर्ने उद्देश्यसहित यहाँ फोहोर प्रशोधन केन्द्र स्थापना गरी प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन थालिएको छ । सहकारीमार्फत समुदायलाई प्रत्यक्ष जोड्दै गरिएको यो अभ्यासले वातावरण संरक्षणसँगै रोजगारी र आम्दानीको नयाँ ढोका खोल्न थालेको छ ।
‘कम बोल्छु, धेरै काम गर्छु’
मुलुकभरि नेपाली कांग्रेसका उम्मेदवारले हार बेहोरिरहँदा सोलुखुम्बुमा भने नेपाली कांग्रेसले राम्रो मतान्तरले जित हात पारेको छ । दुई निर्वाचनमा लगातार हार बेहोरेको कांग्रेस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नाडी छाम्ने हातमा कानुन बनाउने कलम
बर्सौंदेखि परीक्षण गरिएका राष्ट्रिय राजनीतिमा स्थापित अनुहार र स्थापित राजनीतिक दलका किल्ला भत्काउँदै एक चिकित्सकले गत फागुन २१ गते भएको निर्वाचनमा संसद्को यात्रा तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित डा. माधवबहादुर थापाको राजनीतिक जीवनी भने त्यति लामो छैन तर पनि लामो राजनीति इतिहास बोकेका पार्टी र तिनका उम्मेदवारलाई थापाले हराउन सफल हुनुभयो ।
‘सधैँ जनताको माझमा रहेर सेवा गर्छु’
भरतकुमार स्वाँरले २०३४ सालमा बिपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिनुभयो । निरङ्कुश पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएका स्वाँर उक्त अवसर पाउनु आफ्नो शौभाग्य भएको बताउनुहुन्छ । राजनीतिक यात्राको ४६ वर्षपछि यस पटक अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभयो । उहाँले १० हजार ७५९ मत प्राप्त गर्नुभएको थियो । अछाममा स्वाँर जब्बर राजनीतिज्ञ मानिनुहुन्छ । उहाँको जीवनयापन निकै साधारण र सरल किसिमको छ । प्रतिनिधि सभा सदस्य स्वाँर संसद् अधिवेशन र अरू काम विशेषले काठमाडौँमा रहनुपर्नेबाहेक अधिकांश समय विगतमा झैँ अछामी जनतामाझ नै बिताउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अछामी जनतालाई कुनै किसिमको अन्याय र पीरमर्का नपरोस् भन्नेमा म सधैँ लागिपर्ने छु ।”
‘समाजका कुप्रथा हटाउने कानुन बनाउन सक्रिय रहने छु’
पूर्व कोशीबाट उदाएको श्रम संस्कृति पार्टीले पश्चिम नेपालको कर्णाली प्रदेशबाट सुर्खेतकी राधिका रम्तेललालाई समानुपातिक प्रणालीबाट संसद् बनाएको छ । उहाँ संसद् बनेको पहिलो खबर पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ राईले खबर गरेपछि मात्र आफूले जानकारी पाएको बताउनुहुन्छ । उहाँ अबको पाँचबर्से संसद्को यात्रा विपन्न, दलित, पीडित तथा पिछडिएका बासिन्दाको आवाजलाई केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।
न्याउरीगाडको पुल निर्माण सुस्त
जुम्लाको कनकासुन्दरी गाउँपालिका–१, न्याउरीगाडमा निर्माणाधीन पक्की पुलको काम सुस्त गतिमा अगाडि बढेको छ । समयमै पुल निर्माण नहुँदा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् ।
‘समुन्नत समाज निर्माणको पहल गर्छु’
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नं. १ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित पूर्वमन्त्रीलाई पराजित गर्दै राजेशकुमार चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
अनुदानको नुन लिन बाह्र घण्टा पैदल
साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिनयुक्त नुन लिन चङ्खेली गाउँपालिका–५, नेक्पावासीले १२ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । सिङ्गो वडा नै हालसम्म सडक सञ्जालसँग नजोडिएका कारण नेक्पाबाट गाउँपालिका केन्द्र पिप्लाङसम्म पुग्न १२ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन लिन पुगेका स्थानीय जङ्ग तामाङ भन्नुहुन्छ, “नुन लिन जाँदा छ घण्टा लाग्छ । फर्कदा पनि छ घण्टा नै खर्चिनु पर्छ ।”
मधेशबाट साढे सतासी हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
चैत १९ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय मधेश प्रदेश