निर्वाचन आचारसंहितामा कडाइ
संवत् २०८२ फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मसौदा त
मानव विकासमा शिक्षा
शिक्षा देश विकासको मेरुदण्ड हो । यसले दक्ष जनशक्ति विकासमा महत्वपूर्ण भूमिका खेल्छ । शिक्षाले विभिन्न विषयवस्तुको जानकारी प्रदान गरेर विभिन्न सिप र तालिममार्फत मानव संसाधन विकास गरिरहेको हुन्छ । अनु
गोरखापत्र नीति बहसको दिशा
आमसञ्चार अर्थात् मिडियाको मुख्य उद्देश्यबारे अनेक विमर्श हुने गरेको छ । सामान्यतया सर्वसाधारणलाई सूचना प्रदान गर्नु मिडियाको मुख्य उद्देश्य हो । सूचना सम्प्रेषणसँगै मिडियाले शिक्षा प्रदान गर्नुका साथै मनोरञ्जन प्रदान गर्छ भन्ने परम्परागत मान्यता छ । मिडियाले समाजमा सामाजिक र सांस्कृतिक प्रभाव पार्ने विविध काम पनि गरिरहेको हुन्छ । समाजलाई सही दिशामा अगाडि बढा
युवा विद्रोह व्यवस्थापनमा मतदाता
जेनजी विद्रोहपछि एमर्जेन्सी ल्यान्डिङ गर्न निर्वाचन गर्नु परेको हो । उत्पन्न सङ्कटकालीन परिस्थितिलाई नागरिक तहबाट व्यवस्थापन गर्न चालिएको गैरसैनिक कदमलाई सेनाले पनि बुद्धिमत्तापूर्ण ढङ्गले सहयोग गरेको देखिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
महामन्त्री शर्माको गीतमा देशप्रेमको सन्देश
चलचित्र ‘बिगुल’ मा समावेश ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र सङ्गीत रहेको गीत राजेशपायल राईले गाएका हुन् ।
तीन कृति विमोचनसँगै परिचर्चा
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल बांके जिल्ला समितिद्वारा तीन वटा कृति विमोचनसँगै परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष भरतबहादुर रानाभाटको ‘ढुकढुकीमा देश’, उपाध्यक्ष चन्द्रावती अधिकारीको ‘चन्द्राघ्र्य’ र भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविता’ गरी तीन वटा कवितासङ्ग्रहको विमोचन गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका पूर्वअध्यक्ष प्राडा कृष्णप्रसाद घिमिरेले तीन वटै कृतिको विमोचन गर्नुभयो ।
धिताल दम्पतीको ‘जोडीका कविता’
कवि तारक धिताल र दिना सुवेदी धितालको कविताकृति ‘जोडीका कविता’ प्रकाशित भएको छ । दाम्पत्य जीवनको तीन दशक पूरा भएको अवसरमा प्रकाशित कृतिमा दुवै सर्जकका समान ३०–३० कविता समेटिएका छन् ।
डिएसए स्टार विजेता घोषणा
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डिएसए स्टार २०२५ सिजन–१८’ को अन्तिम प्रतिस्पर्धामा विधागत रूपमा बालबालिका विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधि पुडासैनी विजेता, तेजस्वी जोरा ‘फस्र्ट रनरअप’, सुजयना गहतराज ‘सेकेन्ड रनरअप’ र अपिल पन्त ‘थर्ड रनरअप’ बन्नुभएको छ ।
पेवा खर्चेर तालिम र उद्यम : तालिमेको हुन्छ आकर्षक कमाइ
पेवा खर्चेर भाडाको कोठामा ३५ जना महिला जम्मा गरेर तालिम । तालिमे महिला सिक्दै कमाउँदै, कमाइ पनि आकर्षक, मासिक न्यूनतम १५ हजारदेखि ३० हजार रुपियाँसम्म हुन्छ ।
मेची भन्सारमा अनलाइन मूल्याङ्कन प्रणाली लागु
काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा अनलाइन मूल्याङ्कन सफ्टवेयर प्रणाली लागु भएको छ । सन्दर्भ मूल्यसूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
खुल्यो रसुवागढी नाका, नेपाली ट्रकचालक केरुङ जान सुरु
करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो ।
अनुदानको मल वितरण सूचना प्रणाली प्रयोगमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद तथा बिक्रीवितरणलाई व्यवस्थित बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ प्रयोगमा ल्याएको छ । कृषकलाई अनुदानमा वितरण गरिने मलको खरिद तथा बिक्रीवितरण कार्यलाई थप व्यवस्थित एवं पारदर्शी बनाउन सो सूचना प्रणाली प्रयोगमा ल्याइएको हो ।
नेपालबाटै श्रम स्वीकृति लिएर पुनः इराक जान पाइने
वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेकाले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः जान पाउने बाटो खुलेको छ । विभिन्न माध्यमबाट इराक गई इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णय गरेसँगै जान बाटो खुलेको हो । गत शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पु¥याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
काठमाडौँमा ‘हाम्रो प्रहरी’ अभियान
शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा प्रहरी–नागरिकबिचको सहकार्य र सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल प्रहरीले ‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु गरेको छ ।
कांग्रेसको कारबाही फुकुवा
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः काबारहीमा परेका नेता कार्यकर्ताको बाँकी अवधि माफी मिनाहा गरेको छ ।
भवन टालटुल गरेर सेवा
गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका प्रशासनिक भवनको कतै टालटुल त कतै भाडाकै घरबाट स्थानीय तहको सेवा प्रवाह भइरहेको छ ।
टेरामक्स प्रकरण : विशेषले सर्वोच्चसँग माग्यो आदेशको प्रतिलिपि
विशेष अदालतले टेरामक्स प्रविधि खरिद प्रकरणसम्बन्धी रिटमा सर्वोच्चले जारी गरेको आदेशको प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विपक्षी रहेको उक्त मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतले विवादसँग सम्बन्धित रिटमा सर्वोच्चले जारी गरेको आदेश माग गरेको हो । दूरसञ्चार प्राधिकरणले खरिद प्रक्रिया रद्द गरेको अवस्थामा सर्वोच्च अदालतले प्रक्रिया पुनः प्रारम्भ गर्न आदेश गरेको थियो ।
निर्वाचन आचारसंहिता : उल्लङ्घनकर्ताले तिरेनन् जरिबाना
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ । आयोगले आचारसंहिता कठोरतापूर्वक पालना गर्ने चेतावनी दिइरहँदा विगतको निर्वाचनमा आचारसंहिता उल्लङ्घनको घटनामा संलग्नलाई आयोगले तोकेको जरिबाना र गरेको कारबाहीको पालना भएको छैन । आयोगले जरिबाना तोकेकामा राजनीतिक दलका उम्मेदवार, स्थानीय निकायका पदाधिकारी, प्रदेशका मन्त्री, विद्यालयका प्रधानाध्यापकसहित सरकारी निकायका उच्चपदस्थ कर्मचारी छन् ।
अस्थायी मतदाता नामावली आगामी सातादेखि सङ्कलन
निर्वाचन आयोगले आगामी सातादेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । आयोग पदाधिकारीको बैठकले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेपछि सङ्कलन कार्य सुरु हुने भएको हो ।
सानैमा चुँडियो इलावतीको पढ्ने रहर
सात वर्षको उमेरमै आमालाई गुमाउनु परेको पीडा इलावती चौधरीको मन–मस्तिष्कबाट मेटिन नपाउँदै एक वर्षपछि बुवाको मृत्युले उहाँको बाल्यकाल अन्धकारमै बित्यो । आमा सरिता चौधरीको निधनपछि टिबी रोगबाट पीडित बुवा बुधराम चौधरीको आर्थिक अभावकै कारण उपचार हुन सकेन । गढवा गाउँपालिका–२, महादेवाकी इलावतीले एकै वर्षको अन्तरालमा बुवाआमा दुवै
विद्यार्थीलाई न्यानो कपडा सहयोग
ताप्लेजुङको फुङलिङ नगरपालिकामा –३ मा अवस्थित फुङलिङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आइतबार विसं २०५५ को भानु माविको एसएलसी ब्याचका विद्यार्थीहरूले विद्यालयका २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
झुठो विवरणबाट नागरिकता दिलाउने वडाध्यक्ष पक्राउ
प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका –७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आइतबार पक्राउ गरेको छ ।