तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता
धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजना पुरुष बेपत्ता भएका हुन् ।
उदघाटनसत्रमा उपस्थितिका लागि सार्वजनिक अपिल
नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपिल गरेको हो ।
सिपको प्रयोग गरी आर्थिकरुपमा सशक्त बन्न सुझाव
गोकर्णेश्वर नगरपालिका र गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सहकार्यमा आयोजित १८ दिने विविध प्रकारका झोला बनाउने तालिम सम्पन्न भएको छ ।
जापानमा भालु आक्रमण तिव्र
जापानको “स्की” रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।
भारतमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २९ घाइते
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु बहाक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटान हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी
नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अोलीले गर्नु हुने छ ।
भारतमा महिलाको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत
भारतमा कम आए भएका महिलाको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी)ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल)सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।
वजीरिस्तानको विद्यालयमा विस्फोट, भवन ध्वस्त, छ सय विद्यार्थीको पढाइ अवरुद्ध
पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भएपछि सय भन्दा बढी बालबालिका अध्ययन गर्ने ठाउँ विहीन भएको जनाइएको छ ।
चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने
चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च-१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत
अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ ।
'जेनजी सुशासन योद्धा' का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने
गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् ।
बेलायतको वृद्धिदर घट्दै, लगानी र व्यापारमा दबाब
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स)ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ ।
हिमपातपछि हुम्लाकाे लिमी गाउँ पूर्ण रुपमा बन्द
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ ।
इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै
चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ले जानकारी दिएको छ ।
सप्तरीका पालिका प्रमुख रिले अनशनमा
राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै सप्तरीका पालिका प्रमुखहरु रिले अनशनमा बस्नुभएको छ ।
केन्द्रीय प्रसारण लाइन जोडिएसँगै लाप्राकवासी खुशी
उत्तरी गोरखाको हिमालको काखमा बसेको लाप्राक गाउँ चार वर्षदेखि अन्धकारको गर्भमा निदाइरहेको थियो ।
नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ ।
थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त
थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गर्नु भएको छ ।
यूएई र ईयूबिच रणनीतिक साझेदारीः हरित र कृत्रिम बुद्धिमत्ता क्षेत्रकाे सहयोगमा जोड
संयुक्त अरब इमिरेट्स (यूएई) र युरोपेली सङ्घ (ईयू)ले बिहीबार रणनीतिक साझेदारी सम्झौताको लागि औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।
इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने
इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्णरूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ ।
बसको ठक्करबाट साइकल चालकको मृत्यु
सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार बसले दिएको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ ।
राष्ट्रिय मानवअधिकार महाभेलामा प्रेस स्वतन्त्रता सेनानीसहित तीन जना सम्मानित
७७ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस, १७ औँ मानवअधिकार महाभेला २०८२ को प्रदेश स्तरीय सम्वाद कार्यक्रममा मानवअधिकार लोकतन्त्र, शान्ति तथा सामाजिक न्याय लगायत क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका तीन जनालाई सम्मानित गरिएको छ ।
नश्ल सुधारका लागि उन्नत जातका बोका वितरण
ऐरावती गाउँपालिकाका किसानलाई नश्ल सुधारका लागि उन्नत जातका व्याड बोका वितरण गरिएको छ ।
एमालेको ११ औं महाधिवेशन भोलि उद्घाटन हुने
शनिबार उद्घाटन हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र सल्लाघारीमा हुनेभएको हो ।