ढुङ्गाले छाएका घरको संरक्षण आवश्यक
घर छाउन जस्तापाता तथा आधुनिक पक्की भवनको लहर चलिरहेको बेला सल्यानका केही पालिका र ग्रामीण क्षेत्रमा भने परम्परागत ढुङ्गाको छाना भएका घर देख्न सकिन्छ ।
चवालिस जनाको जमानत जफत
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका ४४ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५५ जनामध्ये ४४ उम्मेदवारले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धरौटी फिर्ता नपाउने भएका हुन् ।
बाटोमै बच्चा जन्माउन बाध्य
बाजुराका अधिकांश ठाउँका गर्भवती महिला अहिले पनि बाटोमै बच्चा जन्माउन बाध्य छन् । ती दुर्गमका गर्भवती महिलाका लागि यहाँका पालिका तथा वडामा स्थापना गरिएका स्वास्थ्य संस्था तथा सुविधासम्पन्न अस्पताल पुग्न झन्डै चार/पाँच घण्टा समय लाग्ने भएकोले कतिपय महिलाले बाटोमै बच्चा जन्माउने बाध्यता भोग्नु परेको हो ।
दुवै सदनको गरिमा
शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो । जसलाई दुनियाँ बदल्न प्रयोग गर्न सकिन्छ । – नेल्सन मन्डेला नेपाली जनता सत्ता राजनीतिको मूल्याङ्कन, खबरदारी र प्रश्न गर्ने तहमा पुगेका छन् । यो शिक्षा र सचेतनाको परिणाम हो । जनता सचेत र शिक्षित भए भने सत्ताले ठग्न सक्दैन । शिक्षा जस्तो शक्तिशाली हतियार अर्को छैन । शिक्षा सबैभन्दा ठुलो धन र मन हो । शिक्षित जनताको सचेतनाबाट मुलुक बदल्न सकिन्छ । नेपाल बदल्न अब ‘बुलेट’ होइन ‘ब्यालेट’ नै पर्याप्त छ भन्ने कुरा नेपाली मतदाताले प्रमाणित गरेका
प्रशासन सुधारको दिशा
मुलुकमा भर्खरै आमनिर्वाचन सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ । विगतका निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत हासिल गर्न नसक्दा गठबन्धन गरेर सरकार गठन भएको थियोे । यसरी गठबन्धन गरेर सरकार गठन हुँदा सरकार स्थिर ढङ्गबाट सञ्चालन हुन सकेको थिएन । सरकारमा भइरहेको फेरबदलले सार्वजनिक प्रशासन पनि स्थिर ढङ्गबाट सञ्चालन हुन सके
सार्वजनिक संस्थानमा सुशासन
नेपालको आर्थिक एवं सामाजिक विकासमा सार्वजनिक संस्थानको भूमिका अत्यन्त महìवपूर्ण छ । नेपाल सरकार अर्थ मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार नेपालमा हाल विभिन्न क्षेत्रमा कार्यरत ४५ वटा सार्वजनिक संस्थान छन्, जसले वित्तीय, औद्योगिक, सेवा, व्यापारिक र सामाजिक क्षेत्रमा काम गरिरहेका छन् । यी संस्था
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
संसदीय दलको भूमिका : विषयगत प्रश्नोत्तर
संसदीय दलको भूमिका १. संसदीय दल भनेको के हो ? संसदीय व्यवस्थामा संसदीय दलको भूमिका उल्लेख गर्दै नेपालमा संसदीय दलको गठन र सञ्चालनसम्बन्धी विद्यमान कानुनी व्यवस्था उल्लेख गर्नुहोस् । साथै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने अवस्थाबारे जानकारी गराउनुहोस् । कुनै राजनीतिक दलबाट निर्वाचित भई संसद्मा प्रतिनिधित्व गर्ने सदस्यहरूको सङ्गठित समूहलाई संसदीय दल भनिन्छ । यसले राजनीतिक दल र संसदबिच सम्बन्ध सेतुको रूपमा काम गर्छ । संसदीय दलमा संसदीय दल
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ सबैभन्दा बढी मत ल्याई विजयी हुने उम्मेदवार को हुनुहुन्छ ? बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी(६८,३४८, झापा–५) – निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८,७३४ मत प्राप्त गर्नुभएको । – यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधि
चलचित्र ‘मुक्तिपुर’ को शुभमुहूर्त
चलचित्र ‘मुक्तिपुर’ को मङ्गलबार शुभमुहूर्त गरिएको छ । काठमाडौँको वसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्ट पूजा गर्दै मङ्गलबारबाटै चलचित्रको छायाङ्कनसमेत थालनी गरिएको छ । सुनिल पाण्डे निर्देशित चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा बन्ने छ । चलचित्रको कथा पनि निर्देशक पाण्डेकै रहने छ ।
रावल ‘राष्ट्रको प्रतिभा सिजन–२’ विजेता
एएनपी मिडिया हाउसद्वारा आयोजित डान्स रियालिटी सो ‘राष्ट्रको प्रतिभा सिजन–२’ मा डोटीकी उदिप्ती रावल हुनुभएको छ । अभिनेता मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमुख आतिथ्य एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, चलचित्र सम्पादक तथा निर्देशक राजु शाहको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा म्याग्दीकी सुप्रिया थापा पहिलो, सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा दोस्रो र कालीकोटकी स्प्रिका शाही तेस्रो उपविजेता हुनुभएको छ ।
ग्यासको माग र आपूर्तिको विवरण दिन निर्देशन
उपत्यकाको बजारमा अहिले पनि खाना पकाउने ग्यासको अभाव छ । गएको दुई महिनादेखि बजारमा उपभोक्ताले सधैँ ल्याउने बिक्री केन्द्रबाट ग्यास पाएका छैनन् ।
हुम्लामै बिरुवा उत्पादनपछि कृषकलाई सहज
जिल्ला कृषि विकास कार्यालय हुम्लाले स्याउ र ओखरका बिरुवा वितरण गरेको छ । जिल्लाका कृषकसँग सम्झौता भए अनुसार जिल्ला कृषि विकास कार्यालय हुम्लाबाट स्याउ तथा ओखरका बिरुवा वितरण गर्दै आएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चूडामणि पन्तले जानकारी दिनुभयो ।
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुवात उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आधिकारिक तथ्याङ्क अनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको छ । यद्यपि अमेरिकातर्फको निर्यात घटे पनि अन्य प्रमुख बजारमा भएको वृद्धिले त्यसको भर्पाई गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको भन्सारको सामान्य प्रशासनको तथ्याङ्कले जनवरी/फेब्रुअरी अवधिमा चीनको निर्यात २१.८ प्रतिशतले बढेको देखाएको छ । यस वृद्धि अर्थशास्त्रीले गरेको ७.२ प्रतिशतको पूर्वानुमानभन्दा निकै माथि हो ।
ऊर्जा विकासको गृहकार्य थाल्न सुझाव
स्पष्ट बहुमतको सरकार निर्माणमा अग्रसर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा क्षेत्रको विकासका लागि गरेका घोषणालाई व्यावहारिक कार्यान्वयनमा ल्याउने दिशामा सरकार निर्माणलगत्तै गृहकार्यमा जुट्नुपर्ने सरोकारवालाले औँल्याएका छन् ।
थला परे जुट उद्योग
पूर्वी नेपालको औद्योगिक पहिचान बोकेको जुट उद्योग यतिबेला गम्भीर सङ्कटमा परेको छ । बङ्गलादेश र भारतबाट हुने कच्चा जुटको आयातमा उल्लेख्य गिरावट आएपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट मिलले आफ्नो उत्पादन क्षमतामा ६० प्रतिशतले कटौती गरेका छन् । उत्पादन घटेसँगै यस क्षेत्रमा कार्यरत झन्डै तीन हजार मजदुरले रोजगारी गुमाएका छन् ।
दुई सातापछि नयाँ सरकार
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने प्रणालीको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ११० जना उम्मेदवार टुङ्गो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आउँदै
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम २०८२ चैत पहिलो साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फ (पहिलो निर्वाचित हुने) प्रणालीको मतपरिणाम आइसकेको र समानुपातिकतर्फ मतगणना पनि सम्पन्न भएपछि प्रतिवेदन पेस गर्ने तयारीमा निर्वाचन आयोग जुटेको हो ।
सहकार्य गर्ने भारतको प्रतिबद्धता
नेपालको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सानदार जित हासिल गर्न सफल भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिनुभएको छ । उहाँले टेलिफोन गरेरै उहाँहरूलाई जितका लागि बधाई दिनुभएको हो ।
नगर सभाको अनुभव प्रतिनिधि सभामा
स्थानीय तहका तीन जना जनप्रतिनिधिले नगर सभामा प्राप्त गरेको अनुभव अब सङ्घीय संसद्मा उपयोग गर्नुहुने भएको छ । नागरिकको तल्लो तहका गुनासो र समस्याबारे प्रत्यक्ष अनुभूति र सुनुवाइ गरेका ती जनप्रतिनिधि अब सङ्घीय संसद्मा कानुन निर्माणमा जुट्नुहुने छ ।
सुरुङमार्गका लागि सात वटा कम्पनी छनोट
बहुप्रतिक्षीत नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि आवेदन गरेका १० कम्पनीमध्ये प्राविधिक मूल्याङ्कनमा सात वटा छनोट भएका छन् । प्राविधिक मूल्याङ्कनमा छनोट भएका कम्पनीको आर्थिक मूल्याङ्कन सुरु गरिने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।
प्रत्यक्षमा एक जना दलित विजयी
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ नै दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुनुहुन्छ ।
परिवर्तनका प्रतीक ‘स्वस्तिक’
४५ वर्षदेखि भएका निर्वाचनमा निरन्तर जित हारको निर्णयक बनेको छ मतपत्रमा लगाउने ‘स्वस्तिक’ छाप । त्यही छापले उम्मेदवारलाई राष्ट्रपति, प्रधानमन्त्री, सांसद, मेयर, वडाअध्यक्ष बनाएको छ ।