काठमाडौं, फागुन २७ गते । एएनपी मिडिया हाउसद्वारा आयोजित डान्स रियालिटी सो ‘राष्ट्रको प्रतिभा सिजन–२’ मा डोटीकी उदिप्ती रावल हुनुभएको छ । अभिनेता मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमुख आतिथ्य एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, चलचित्र सम्पादक तथा निर्देशक राजु शाहको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा म्याग्दीकी सुप्रिया थापा पहिलो, सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा दोस्रो र कालीकोटकी स्प्रिका शाही तेस्रो उपविजेता हुनुभएको छ ।
बालबालिकाले भाग लिएको प्रतियोगिताको मेघा अडिसनमा १८० जना छनोट गरिएको र त्यसपछि क्रमशः टप ८० तथा टप ४० हुँदै अन्तिममा २३ जना छनोट भएको एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक तथा कार्यक्रमका निर्देशक एवं परिकल्पनाकार लबबहादुर कार्कीले जानकारी बताउनुभयो ।
कार्यक्रममा अभिनेतृ मिथिला शर्मा, नायिका नीता ढुङ्गाना र छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा निर्णायक रहनुभएको थियो । त्यसै गरी भोटिङ राउन्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेतृ तथा निर्देशक दीपाश्री निरौला, नृत्य निर्देशकहरू वसन्त श्रेष्ठ, कमल राई, राजु शाह र कविराज घहतराज अतिथि निर्णायक रहेका थिए ।