यूएई र ईयूबिच रणनीतिक साझेदारीः हरित र कृत्रिम बुद्धिमत्ता क्षेत्रकाे सहयोगमा जोड
संयुक्त अरब इमिरेट्स (यूएई) र युरोपेली सङ्घ (ईयू)ले बिहीबार रणनीतिक साझेदारी सम्झौताको लागि औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।
इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने
इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्णरूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ ।
बसको ठक्करबाट साइकल चालकको मृत्यु
सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार बसले दिएको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ ।
राष्ट्रिय मानवअधिकार महाभेलामा प्रेस स्वतन्त्रता सेनानीसहित तीन जना सम्मानित
७७ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस, १७ औँ मानवअधिकार महाभेला २०८२ को प्रदेश स्तरीय सम्वाद कार्यक्रममा मानवअधिकार लोकतन्त्र, शान्ति तथा सामाजिक न्याय लगायत क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका तीन जनालाई सम्मानित गरिएको छ ।
नश्ल सुधारका लागि उन्नत जातका बोका वितरण
ऐरावती गाउँपालिकाका किसानलाई नश्ल सुधारका लागि उन्नत जातका व्याड बोका वितरण गरिएको छ ।
एमालेको ११ औं महाधिवेशन भोलि उद्घाटन हुने
शनिबार उद्घाटन हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र सल्लाघारीमा हुनेभएको हो ।
बागलुङ महोत्सवको तयारी तीव्र
खस्कँदै गरेको व्यापार बढाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले बागलुङकै सबैभन्दा ठुलो मेलाको रुपमा लिएको बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव गर्न थालेको छ ।
मुख्यमन्त्री शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ : नेता राई
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी र जनताबिच फर्किसकेको बताउनुभएको छ।
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित
स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले स्वयं सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका खेलिरहेका छन् ।
बागलुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।
दाउन्नेमा काम तीव्र, यात्रुलाई सास्ती उस्तै (फोटो फिचर)
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तीव्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा असुविधा भए पनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।
थपिए गण्डकीमा चौध मतदान स्थल
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा १४ वटा मतदान स्थल थपिएका छन् । मतदाताको सङ्ख्या थप, पायक स्थल र निर्वाचनको सहजताका लागि मतदान स्थल थप गरिएको हो ।
सडक नाटक ‘आह्वान’ प्रदर्शन
लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सार्थक तुल्याउने क्रममा नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ ।
प्रदेश सभामा ‘प्रश्नोत्तर’ निष्क्रिय
लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने उद्देश्यले ‘प्रश्नोत्तर’ कार्यक्रमको स्पष्ट व्यवस्था छ । यो व्यवस्था प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएर तीन वर्ष पुग्न लाग्दा पनि प्रयोगमा आएको छैन ।
लागुऔषध नियन्त्रणमा विशेष अपरेसन
पछिल्ला केही वर्षयता बाँकेको नेपालगन्ज र कोहलपुरलाई लागुऔषधको ट्रान्जिट बनाएर विभिन्न जिल्लामा सप्लाईसमेत गर्न थालिएपछि प्रहरीले लागुऔषध कारोबारलाई निस्तेज पार्न विशेष अप्रेसन नै सञ्चालन गरेको छ ।
मतदान स्थल अनुगमन तीव्र
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा मतदान स्थल र सुरक्षाका लागि अनुगमन कार्य तीव्र बनाइएको छ ।
मानव अधिकार संरक्षणमा हातेमालो आवश्यक
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मानव अधिकार संरक्षण र प्रवर्धनमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । मानव अधिकारका लागि महिला एकल महिला, समूह कर्णाली प्रदेशले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘लोकतन्त्र र मानव अधिकार, कानुनको शासन र अन्तरपुस्ता न्यायको समर्थन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि आवश्यक नीति, कानुन तथा संस्थागत सुधारमा सबैको हातेमालो जरुरी रहेको बताउनुभयो ।
दैनिक एघार घण्टा लोडसेडिङ
हुम्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राहीले हाल दैनिक ११ घण्टा लोडसेडिङको मार खेपिरहेका छन् । हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् घट्दै गएपछि स्थानीय लोडसेडिङको मारमा परेका हुन् ।
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू ।
पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बस्नुभएका करनबहादुर ऐर । पैसठ्ठी वर्ष नाघ्नै लाग्नुभएका उहाँका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ ।
नागढुङ्गा–मलेखु सडक विस्तार तीव्र
नागढुङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ । कालोपत्रेसहितको स्तरोन्नति गर्न नागढुङ्गा–मुग्लिङ सडक आयोजनाले बुधबारदेखि पुस १ सम्म दैनिक पाँच घण्टा यातायात बन्द गरेर कामलाई गति दिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा