एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
नेकपा (एकीकृत समाजवादी) ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।
‘नोबेल पुरस्कार’सम्मै पुगेका गिरिजाबाबुका लागि कांग्रेसले के गर्यो, अब के गर्ने ?
विसं २०६६ मा तत्कालीन नेपाल सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको थियो ।
सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई सरकारको उमोलेट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिले भेटवार्ता भएको छ ।
क्रसरले खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु
क्रसरले खनेको खाल्डोमा डुबेर बुधबार अपराह्न एक बालिकाका मृत्यु भएको छ । गौशाला नपा-१०, बटौवा गाउँकी १० वर्षीया करिना मण्डलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
लमजुङको मध्यनेपाल नगरपालिका–४, तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कर्मचारी विधेयकमा दुई वर्षे कुलिङ पिरियड राख्न लगाउने समितिको निर्णय
राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दुई वर्ष अवधिको कुलिङ पिरियडका विषयमा समितिको प्रतिवेदनको व्यवस्था र भावना आवश्यक संशोधन गर्ने व्यवस्थाका लागि राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कर्णाली विकास बैँकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ
कर्णाली विकास बैँकको घोटाला प्रकरणमा प्रहरीले सो बैँकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको छ । उहाँ विसं २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैङ्कको अध्यक्ष हुनुहुन्थ्यो ।
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
बाराको कलैया उपमहानगरपालिका-१०, मटिअर्वा टोलमा बुधबार दिउँसो श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बच्चा मियाँले २३ वर्षीया श्रीमती सहिना खातुनको टाउको र घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सुकुटे र खाडी चौरका पेट्रोल पम्पहरूबाट उपभोक्ता ठगीको आरोप
सिन्धुपाल्चोकका विभिन्न स्थानमा सञ्चालित आयल स्टोरहरूले उपभोक्ता ठगी र तेलमा अनियमितता गरेको गुनासो बढेपछि बुधबार सरकारी संयन्त्रले अनुगमन गरेको छ ।
क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ
क्रिप्टो कारोबारमा संलग्न रहेका ६ चिनियाँ नागरिक सहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको गाङदोङ प्रान्तका झाङ लुन, चेन जीहाओ, लिन डे, सु झेङ, लिउ झेउन र झु लिङहु रहेका छन् ।
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अङ्कले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो ।
तीन सय विपन्न परिवारको स्वास्थ्य बिमा
धनुषाको सहिदनगर नगरपालिकाले तीन सय विपन्न परिवारका एक हजार पाँच सय जनाको स्वास्थ्य बिमा गरेको छ ।
५८ जना कृषकलाई मिनी टिलर वितरण
धादिङको ज्वालामुखी गाउँपालिकाले कृषकहरूलाई अनुदानमा मिनी टिलिर वितरण गरेको छ ।
इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी
रामपुर नगरपालिका –५ बेझाँडमा एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो साढे १ बजेको समयमा दाजुभाइ इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
कुलिङ पिरियडको चलखेलले सांसदको स्तर घटायो : सांसद पाण्डे
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताउनुभएको छ । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
शिक्षा क्षेत्रको बजेट सङ्घीय संरचना अनुकूल छ : मन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकुल रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताउनुभएको हो ।
‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’
राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेकाले शीघ्र आउने स्पष्ट पार्नुभएको छ ।
कुलिङ पिरियड चलखेल घृणित छ, सभापति र सचिवले राजीनामा दिनुपर्छ : एमाले
कुलिङ पिरियडमा भएको चलखेलबारे नेकपा (एमाले) ले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेको छ।
पर्यटककाे पर्खाइमा म्याग्दीको टिकोट
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको सङ्गम हो । पुन थरका मगर समुदायको बाहूल्य बसोबास रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ ।
११ वर्षे पवन कुमाल फलामे खोरमा जीवनका खुसी खोज्दै
सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा हुनुहुन्छ, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहनुभएको छ ।
नेपाल एयरलाइन्सको क्षमता विस्तार गर्न जरुरी : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी रहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उमाकुण्डका किसानलाई आलु खन्न भ्याइनभ्याइ
आलु उत्पादनमा ठुलो सम्भावना बोकेको रामेछापको उत्तरी भेगस्थित उमाकुण्ड गाउँपालिकाका किसान यतिबेला आलु खन्न, भित्र्याउन र बजारसम्म पुर्याउन व्यस्त छन् ।
मर्स्याङ्दी जलविद्युत् केन्द्रद्वारा पूर्ण क्षमतामा विद्युत् उत्पादन
निरन्तर वर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ ।
सुरक्षाकर्मीको सेवा-सुविधामा वृद्धि गर्न सकिएन : रक्षामन्त्री राई
रक्षामन्त्री मानवीर राईले सुरक्षाकर्मीहरूको सेवा-सुविधा न्यून रहेको स्वीकार गर्दै आगामी दिनमा राज्यको आर्थिक अवस्था मजबुत हुँदै गएपछि वृद्धि गर्ने कुरामा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।