प्रभावकारी उपचारबाट धेरैले पाए नयाँ जीवन
आइएनएफ साइनिङ अस्पताल सुर्खेतले पश्चिम नेपालमा सञ्चालन गरेको कुष्ठरोग, फिस्टुला र सामान्य अपाङ्गताको प्रभावकारी उपचार सेवाबाट धेरैले नयाँ जीवन पाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आइएनएफ साइनिङ अस्पतालले कुष्ठरोग, फिस्टुला र अपाङ्गताका क्षेत्रमा गरेका काम र प्राप्त उपलब्धिका आधारमा सेवा प्रभावकारी रहेको र बिरामीले नयाँ जीवन पाएका हुन् ।
अधिकांश उम्मेदवारको जमानत जफत
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सकिएपछि धेरै जसो उम्मेदवारको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्वले गर्दा पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारको जमानत बचे पनि अन्य उम्मेदवारले तोकेको मत नकटाउँदा जमानत जफत भएको हो । १२ निर्वाचन क्षेत्रको कर्णालीमा १३८ जनाले उम्मेदवारी दिएका थिए ।
रास्वपालाई समानुपातिकमा बढी मत
कैलाली क्षेत्र नम्बर १ मा रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकतर्फ चार हजार ३७८ मत बढी प्राप्त गरेको छ । समानुपातिकतर्फको अन्तिम मत परिणाम अनुसार रास्वपाको २२ हजार २०४ मत प्राप्त गरेको छ ।
चार पूर्वमन्त्री पराजित
कैलालीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका चार पूर्वमन्त्री पराजित भएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री पराजित भएका हुन् । कैलालीका चार वटा निर्वाचन क्षेत्रमा एक/एक जना पूर्वमन्त्री उम्मेदवार बनेका थिए ।
कैलालीमा ५९ उम्मेदवारको धरौटी जफत
कैलालीमा पाँच निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका ५९ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशतसम्म मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो । जमानत जफत हुनेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) तीन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना उम्मेदवार छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भएको छ ।
तुसारपानी–तिङ्कर सडक निर्माण बन्द
नेपालीले निर्माण गरिरहेको दार्चुलास्थित निर्माणाधीन तुसारपानी–तिङ्कर सडक निर्माण एक महिनादेखि बन्द रहेको छ । सडक निर्माणका लागि छुट्याइएको बजेट सकिएपछि सडक निर्माण बन्द भएको नेपाली सेनाको दार्चुला–तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख एवं प्रमुख सेनानी राजेश कटवालले जानकारी दिनुभयो ।
आयोगको प्रतिवेदनप्रति अपेक्षा
नेपालमा ठुला राजनीतिक परिवर्तनका क्रममा शासनमा बस्नेबाट सत्ताको दुरुपयोग चरम हुने गरेको लामै शृङ्खला छ । जनबलका आधारमा राजनीतिक परिवर्तन हुँदै जाँदा देशले संवैधानिक रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ । यो अभ्यासका क्रममा देश भने नागरिकले चाहेको दिशामा अगाडि बढ्न सकेन । चाहेको आर्थिक तथा सामाजिक विकास हुन सकेन । सुशासन कायम भएन । भ्रष्टाचार न्यूनीकरणमा काम कम र बढी गफ भएको भन्दै आलोचना हुन थाल्यो । अर्थतन्त्र चाहेको दिशामा अगाडि बढ्न नसक्दा आय, उत्पादन
वित्तीय सङ्घीयताका आयाम
विसं २०७२ मा नेपालको संविधान जारी भएसँगै सङ्घीयता कार्यान्वयनमा आएको हो । सङ्घीयताका मुख्य तीन आयाम हुन्छन्, राजनीतिक, प्रशासनिक र वित्तीय । सामान्यतया राजनीतिक सङ्घीयताले पालिकाहरूको भौगोलिक सीमा निर्धारण र निर्वाचित पदाधिकारीलाई बुझाउँछ भने प्रशासनिक सङ्घीयताले कर्मचारीतन्त्रीय व्यवस्थापकीय पक्षलाई जनाउँछ । राजनीतिक सङ्घीयताले नीति तथा योजना तर्जुमा गर्छ भने प्रशासनिक सङ्घीयताले ती योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्छ । यसरी कार्य र कार्यसम्पादनको व्यवस्थापनपछि आवश्यक प
लोकतन्त्रमा चुनावी संस्कार
लोकतन्त्र केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो सहिष्णुता, अनुशासन र सभ्य राजनीतिक संस्कारको अभ्यास पनि हो । चुनाव लोकतन्त्रको महत्वपूर्ण उत्सव हो; जहाँ विचार, नीति र नेतृत्वबिच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा सकिएपछि परिणामलाई कसरी स्वीकार गरिन्छ भन्ने कुराले लोकतन्त्रको वास्तविक चरित्र प्रकट गर्छ । जितपछि उन्माद देखाउने र हारपछि आव्रmोश पोख्ने प्रवृत्ति लोकतान्त्रिक संस्का
‘सिप अर्थतन्त्र’ को आधार
विश्वव्यापी श्रम बजारमा तीव्र परिवर्तन आइरहेको छ । कृत्रिम बुद्धि (एआई) को उदय, अटोमेसन र प्रविधिको द्रुत विकासले रोजगारीका परम्परागत स्वरूपलाई बदलिदिएको छ । हिजोका कतिपय पेसा आज लोप हुँदै छन् भने भोलिका लागि नितान्त नयाँ सिप र दक्षताको माग भइरहेको छ । यस्तो सङ्व्रmमणकालीन परिवेशमा व्यक्तिलाई उसको रुचि, अन्तर्निहित क्षमता र बजारको माग अनुसा
उत्पादनमुखी नीति
राजनीतिक प्रणाली अनुसार विभिन्न अर्थतन्त्र प्रचलनमा रहे पनि आर्थिक प्रणालीका आधारमा भने मूलतः उपभोगमुखी र उत्पादनमुखी अर्थतन्त्र बढी प्रचलनमा आएका देखिन्छन् । उपभोगमुखी अर्थतन्त्र भन्नाले जनताको अधिकांश आम्दानीको हिस्सा उपभोगमा खर्च गरिन्छ । वस्तु तथा सेवालाई प्राथमिकतामा राखी खर्च गरिने प्रणालीको विकास हुँदा अर्थतन्त्रले गति लिन सक्दैन । जति नै
आज दिनभर साधारणतया बादल लाग्ने
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
मानन्धर समुदायको स्वयम्भू भोज
केन्द्रीय मानन्धर सङ्घले देशभरका मानन्धर समुदायलाई समेटेर हरेक वर्ष स्वयम्भू भ्वय् (भोज) गर्ने गर्दछ । स्वयम्भू भोज पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर गर्दै आएको परम्परा हो । हजारौँको सङ्ख्यामा सहभागी हुने मानन्धरलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौँस्थित तँलाछि टोलले लिएको थियो । चस्वांद्वँ मानन्धर सनाःगु खलःले अर्को वर्ष भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी पाएको छ ।
समाजलाई प्रश्न गर्ने ‘प्रिमा फसी’
लेखक सुजी मिलरद्वारा लिखित नाटक ‘प्रिमा फसी’ को एउटा चर्चित भनाइ छ, “आफूलाई जे लाग्छ, त्यो सत्य नहुन पनि सक्छ ।” व्यावसायिक मर्यादा, जटिल प्रश्नमाथि खुला बहस र संवाद, बाहिर भनिएको र भित्री सत्यलाई केन्द्रमा राखेर बनाइएको नाटक ‘प्रिमा फसी’ मा जीवनका अनेक आयामलाई प्रस्तुत गरिएको छ । कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘प्रिमा फसी’ मा सामाजिक जागरणका पक्षमा महत्वपूर्ण प्रश्न उठाइएको छ । काननुकर्मीको व्यावसायिक चरित्र, आफूमाथि भएको अन्याय र त्यसपछिको सङ्घर्षलाई नाटकमा मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ
‘जीवनका भोगाइहरू’ सार्वजनिक
साहित्यकार किरणकुमार शर्मा पौडेलद्वारा लिखित ‘जीवनका भोगाइहरू’ लोकार्पण गरिएको छ । संस्कृतिविद् नयनाथ पौडेलले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । सो कायक्रममा डा. पौडेलले पुस्तकभित्र आममानिसको कथाव्यथा समेटिएको बताउनुभयो ।
छ हजार आठ सयभन्दा बढी उजुरी
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को माघसम्म छ हजार ८५० वटा उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन ।
पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार पूर्वअर्थमन्त्री पुन रोल्पाबाट २७ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसका सुदनकुमार वलीले १२ हजार आठ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।
इरानको नयाँ सर्वोच्च नेतामा मोजतबा
इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन हुनुभएको छ । ५६ वर्षीय उहाँ अमेरिका र इजरायली सैन्य कारबाहीमा हालै मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुनुहुन्छ । देशको विशेषज्ञ सभाले नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवालाई त्यहाँको रिभोलुसनरी गाड्र्सले तत्काल बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
यसरी हुन्छ समानुपातिक सिट बाँडफाँट
सुविधाजनक संसदीय अङ्कगणितसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरिसकेको रास्वपा समानुपातिकको जारी गणनामा पनि निकै अघि छ । रास्वपाले समानुपातिकमा सदर मतको झन्डै आधा मत पाएको छ । सोमबार साँझसम्म रास्वपाले कुल सदर मतको ४८ प्रतिशतभन्दा बढी मत होल्ड गरेको छ । अघिल्लो संसद्का ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलको उपस्थिति प्रतिनिधि सभामा यस पटक निकै कमजोर बनेको छ ।
आर्थिक सुधारको अपेक्षामा सेयर बजारमा उभार
प्रतिनिधि सभा निर्वाचनपछि खुलेको नेपालको सेयर बजारमा ऐतिहासिक उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै लगातार तीन पटक सर्किट ब्रेक लाग्दै नेप्से परिसूचक छ प्रतिशतले उकालो लागेर २९ सयको नजिक पुगेपछि सोमबारका लागि कारोबार बन्द गरिएको छ । करिब एक सातापछि खुलेको बजारमा लगानीकर्ताको उच्च उत्साह देखिँदा नेप्से
जेनजी आन्दोलन छानबिन आयोगको निष्कर्ष,दोषी तत्कालीन नेतृत्व
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिबारे छानबिनका लागि गठित आयोगले उक्त घटनाको दोषी तत्कालीन नेतृत्व देखिएको ठहरसहित छानबिन प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले तत्कालीन अवस्थामा सरकारको नेतृत्वमा रहेका व्यक्ति र फिल्डमा रहेका अधिकारीको गम्भीर त्रुटि औँल्याउँदै फौजदारी तथा कानुनी कारबाहीको सिफारिस गरेको छ ।
उपत्यकाको सहरी सौन्दर्य विस्तार
काठमाडौँ उपत्यकामा ससाना, पार्क, उद्यान, हरियाली प्रवर्धन र सार्वजनिक खुला स्थानको संरक्षणले उपत्यकामा सहरी सौन्दर्य वृद्वि हुँदै गएको छ । विगत केही वर्षअगाडिसम्म उपत्यकाका सडकपेटीमा हुने फोहोर, धुलो र अव्यवस्थित सामानले सहरी सौन्दर्यता कुुरूप भए पनि अहिले भने हरियाली प्रवर्धन र पार्क निर्माणले काठमाडौँ उपत्यकाको प्राकृतिक सौन्दर्यता वृद्वि हुँदै गएको हो ।