शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डिलबहादुर सिंह
डोटी, फागुन २६ गते । डोटीको सायल गाउँपालिका –२ मा घर लिप्नका लागि माटो खनिरहेको समयमा माटोको ढिस्को खस्दा पुरिएर एक बालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान ९ बजेर ४८ मिनेटको समयमा सायल गाउँपालिका –२ ग्वानी गाउँ बस्ने शेरबहादुर सिंहको १५ बर्षीया छोरी एनिला सिंहको मााटोको ढिस्कोमा पुरिएर ज्यान गएको हो ।
गाउँनजिकै गौशिल भन्ने स्थानमा माटो खनिरहेको क्रममा माथिबाट आएको ढिस्को खसेर पुरिए पश्चात मृत्यु भइसकेको अवस्थामा स्थानीयले निकालेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय डोटीबाट टोली खटाइएको बताइएको छ ।