पौडेलको ‘यात्राको धुन’ लोकार्पण
समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ को लोकार्पणसँगै पाठकमैत्री भेटघाट आयोजना गरिएको छ ।
‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक
गीतकार लोकराज अधिकारीको लेखन रहेकोे ‘गर्न मन छ कुरा पियारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘परालको आगो’ मा थापा अनुबन्धित
चलचित्र ‘परालको आगो’ मा अभिनेतृ सुहाना थापा अनुबन्धित हुनुभएको छ ।
फिल्म सोसाइटीको अध्यक्षमा पुनः मल्ल
नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।
एन्जल्सलाई लोकनृत्यको उपाधि
नेपालगन्जमा आयोजना गरिएको तेस्रो प्याब्सन अन्तरविद्यालय जिल्लास्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि नेपालगन्जस्थित एन्जल्स माविले हाँसिल गरेको छ ।
जनमत पार्टीको इच्छामा सभामुखको रोक
प्रतिनिधि सभा सदस्य गोमा लाभ सापकोटालाई पदबाट हटाउने जनमत पार्टीको तेस्रो प्रयासलाई पनि संसद् सचिवालयले रोक लगाइदिएको छ ।
महानगरले हटाउन सकेन काउन्टर
काठमाडौँ महानगरले नयाँ बसपार्कभन्दा बाहिर रहेका लामो तथा छोटो दुरीका बसको टिकट काउन्टर हटाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
ठेकेदारको काम उपभोक्ता समितिबाट !
आर्थिक वर्ष २०७९/८० मा ७५३ स्थानीय तहमध्ये २०३ वटा स्थानीय तहले सार्वजनिक खरिद नियमावलीविपरीत विकास निर्माणका जटिल संरचना निर्माण गरेका छन् ।
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो ।
एक्काइस लाखले गरे विदेश यात्रा
सन् २०२४ को १० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २१ लाखभन्दा बढी यात्रुले बाह्य मुलुकको यात्रा गरेका छन् ।
‘मानव अधिकार रक्षामा सहकार्य आवश्यक’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाको मानव अधिकार रक्षाका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
‘घुस आरोपले भारतीय धनाढ्य अदानी समूहलाई धक्का’
विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाढ्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ ।
तिरेनन् स्थानीय तहले सडकबत्तीको शुल्क
सहरी क्षेत्रमा झिलिमिली हुने गरी सडकबत्ती बले पनि स्थानीय तहले सडकबत्तीबापतको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छैनन् ।
चिकित्सा शिक्षा आयोगको बैठक आज
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आइतबार चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ ।
राहदानी सेवा ठप्प
विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो ।
काम खोज्दै आए, मालिक नै बने
विसं २०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसामा पुग्नुभएका टङ्कलाल श्रेष्ठको अहिले बेनी नगरपालिका–९, गलेश्वरमा होटल ताजमहल लज एन्ड रेस्टुरेन्ट चलिरहेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
देशका अधिकांश भागमा मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
टरिगाउँलाई चौथो हिरा डाँगी कप उपाधि
तुलसीपुरमा भएको चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८१ को उपाधि टरिगाउँ युथ क्लब तुलसीपुर १२ ले जितेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर –५ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा ब्रिगेड ब्वाइज ललितपुर काठमाडौलाई २–१ गोलले पराजित गर्दै टरिगाँउ युथ क्लबले उपाधिसँगै ट्रफी उचालेको हो ।
संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्ने बताउनुभएको छ ।
वसन्तपुरमा बिक्रीका लागि राखिएको हस्तकला सामग्री
काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा शनिबार घुम्न आएका आन्तरिक पर्यटक बिक्रीका लागि राखेका हस्तकला सामग्री हेर्दै ।
स्कुल बस दुर्घटनामा २८ जना घाइते
चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका –४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस आज साँझ ५ बजे कालिका नगरपालिका –९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बाल अधिकार रक्षकको राष्ट्रिय भेला सुरु
बाल अधिकार रक्षकको तीन दिने राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ६ वटा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो।
३४ बिरामीको घुँडाको शल्यक्रिया
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ। अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो।