वस्तु विनिमयको प्रचलन कायमै
कैलालीमा वस्तु विनिमय प्रचलन कायमै रहेको छ ।
रानीमहल जोखिममा
कालीगण्डकी नदीको धारले ऐतिहासिक रानीमहल दरबारको जगलाई निरन्तर कटान गरेको छ । कालीगण्डकी नदीको धार रानीमहल ठडिएको जगतर्फ सोझिँदा रानीमहल दरबार जोखिममा परेको सरोकारवालाको चिन्ता छ ।
सुपादेउरालीको भेटी सामाजिक काममा
सन्धिखर्क नगरपालिका–७ मा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरमा सङ्कलन भएको रकम सामाजिक कार्यमा पनि लगानी गरिएको छ ।
बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । असोज दोस्रो साता अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति भएको राजमार्गमा सडकको सतह मिलाउनुपर्ने भएकोले बिहीबार राति ९ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको हो ।
सामूहिक चौँरीपालन
डोल्पा, मङ्सिर ७ गते । डोल्पाको जगदुल्ला गाउँपालिका ४ स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीहरु। यस फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा पाँचसयभन्दा धेरै चौँरीपालन गरेका छन् । चौँरी फर्मले दुध, दही, माेही, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ। फर्म सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र कर्णाली प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ। तस्बिरः रासस
‘यो वर्षदेखि अस्पताल सञ्चालन हुन्छ’
हरिपुर्वा नगरपालिका २०७३ फागुनमा नेपाल सरकारको निर्णयानुसार साबिक गाविस हरिपुर्वा, वसन्तपुर र धनकौल पूर्व सम्मिलित गरी गठन गरिएको नगरपालिका हो । नगरपालिका सर्लाहीको दक्षिण–
बसाइँसराइले रित्तिँदै गाउँ
बसाइँसराइको लहर चल्दा गाउँघर नै रित्तिँदै जान थालेका छन् ।
कोरलामा अध्यागमन कार्यालय बन्द
चीनसँग सीमा जोडिएको मुस्ताङस्थित कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालय बन्द भएको छ ।
बाघ र गैँडाको आतङ्क
नवलपरासी पूर्वको विकट पहाडी बुलिङटार गाउँपालिकामा चार दिनदेखि बाघ गाउँमा पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।
तोरी फुलेर पहेँलै काउलेगाउँ
गढीलेकको काखमा अवस्थित करीव एक सय घरधुरीको बसोबास रहेको दाङको घोराही उपमहानगरपालिका(१ स्थित तोरी फुलेर पहेँलै देखिएको काउलेगाउँ ।
‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाका १७ टोलीले नाम दर्ता गरेका हुन् ।
सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।
दाङमा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
घोडामा चढेर राराको फन्को
सुर्खेत, मङ्सिर ७ गते । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा ताल क्षेत्रमा घोडामा चढेर यात्रा गर्दै आन्तरिक पर्यटकहरु। तस्बिरः रासस
हवाई भाडामा कडाइ
नेपालको मुख्य विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य उडानको भाडा चर्को वृद्धि भएसँगै यसको बहुआयामिक दुष्प्रभाव परेको छ ।
उपलब्धि रक्षाको चुनौती
दस वर्षसम्म सशस्त्र युद्ध गरेको तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन थालिएको शान्ति प्रक्रियाका २० वर्ष बितिसकेका छन् ।
स्थानीय तहको सेवा प्रवाह
अधिकांश स्थानीय तहमा कर्मचारीको नेतृत्वमा भएका नियमित कामबाहेक जनताले अनुभूत गर्ने खास काम भएको देखिँदैन ।
रसुवागढीले विद्युत उत्पादन थाल्यो, वार्षिक तीन अर्ब २५ करोड कमाउने
लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।
दाङमा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समृद्धिमा कालीगण्डकी कोरिडोर
नेपालको भौगोलिक अवस्थिति भूपरिवेष्टित रहेता पनि अति सुन्दर र सहज व्यापारिक रणनीतिक स्थितिमा यो विराजमान छ ।