लिफ लागु गर्ने विषयमा नौबुँदे निर्णय
चितवन जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण (लिफ) कार्यक्रमका सन्दर्भमा बुधबार आयोजित सरोकारवाला समुदायबिच भएको छलफलले नौबुँदे निर्णय गरेको छ । नेपालका बागमती, लुम्बिनी
पार्कमा पर्यटकको घुइँचो
टीकापुर पार्कमा तिहारपछिको १५ दिनमा ५६ हजारभन्दा बढी पर्यटक आएका छन् ।
लोप हुँदै पानीघट्ट
बाजुरामा परम्परादेखि सञ्चालन हुँदै आएका ग्रामीण क्षेत्रका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएका छन् ।
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो ।
राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैैछ ।
सार्वजनिक जग्गा मिचेर चिया खेती, खाली गराउँदै नगरपालिका
झापाको एक चिया बगानले जबरजस्ती भोग चलन गर्दै आएको जमिन स्थानीय सरकारले खाली गराउन थालेको छ । झापाको मेचीनगर नगरपालिकाको विभिन्न वडामा नकलबन्दा चिया बगानले ओगटेको १० बिघा भन्दा बढी सरकारी जग्गामा नगरपालिकाले डोजर लगाएर सीमा कायम गर्दै खाली गराउन थालेको हो ।
वस्तु विनिमयको प्रचलन कायमै
कैलालीमा वस्तु विनिमय प्रचलन कायमै रहेको छ ।
रानीमहल जोखिममा
कालीगण्डकी नदीको धारले ऐतिहासिक रानीमहल दरबारको जगलाई निरन्तर कटान गरेको छ । कालीगण्डकी नदीको धार रानीमहल ठडिएको जगतर्फ सोझिँदा रानीमहल दरबार जोखिममा परेको सरोकारवालाको चिन्ता छ ।
सुपादेउरालीको भेटी सामाजिक काममा
सन्धिखर्क नगरपालिका–७ मा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरमा सङ्कलन भएको रकम सामाजिक कार्यमा पनि लगानी गरिएको छ ।
बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । असोज दोस्रो साता अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति भएको राजमार्गमा सडकको सतह मिलाउनुपर्ने भएकोले बिहीबार राति ९ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको हो ।
सामूहिक चौँरीपालन
डोल्पा, मङ्सिर ७ गते । डोल्पाको जगदुल्ला गाउँपालिका ४ स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीहरु। यस फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा पाँचसयभन्दा धेरै चौँरीपालन गरेका छन् । चौँरी फर्मले दुध, दही, माेही, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ। फर्म सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र कर्णाली प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ। तस्बिरः रासस
‘यो वर्षदेखि अस्पताल सञ्चालन हुन्छ’
हरिपुर्वा नगरपालिका २०७३ फागुनमा नेपाल सरकारको निर्णयानुसार साबिक गाविस हरिपुर्वा, वसन्तपुर र धनकौल पूर्व सम्मिलित गरी गठन गरिएको नगरपालिका हो । नगरपालिका सर्लाहीको दक्षिण–
बसाइँसराइले रित्तिँदै गाउँ
बसाइँसराइको लहर चल्दा गाउँघर नै रित्तिँदै जान थालेका छन् ।
कोरलामा अध्यागमन कार्यालय बन्द
चीनसँग सीमा जोडिएको मुस्ताङस्थित कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालय बन्द भएको छ ।
बाघ र गैँडाको आतङ्क
नवलपरासी पूर्वको विकट पहाडी बुलिङटार गाउँपालिकामा चार दिनदेखि बाघ गाउँमा पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।
तोरी फुलेर पहेँलै काउलेगाउँ
गढीलेकको काखमा अवस्थित करीव एक सय घरधुरीको बसोबास रहेको दाङको घोराही उपमहानगरपालिका(१ स्थित तोरी फुलेर पहेँलै देखिएको काउलेगाउँ ।
‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाका १७ टोलीले नाम दर्ता गरेका हुन् ।
सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।
दाङमा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
घोडामा चढेर राराको फन्को
सुर्खेत, मङ्सिर ७ गते । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा ताल क्षेत्रमा घोडामा चढेर यात्रा गर्दै आन्तरिक पर्यटकहरु। तस्बिरः रासस