व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने
व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्त्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिनेछ ।
थारू अटवारी पर्व आइतबार मनाइँदै
थारू समुदायको व्रत बस्ने अटवारी पर्व तराईका थारू बहुल जिल्लामा आइतबार मनाइँदैछ । विशेषगरी थारू पुरुषले ब्रत बस्ने यस पर्व तराईको पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म मनाइने गरिन्छ । यद्यपि पूर्वका थारूले ‘रैव’ भनेर यसलाई मनाउँछन् ।
ट्राफिक प्रहरीको सडक संघर्ष (फोटो फिचर)
सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सझिलो र रमाइलो नै लाग्छ । तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ ।
प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
प्रधानमन्त्री शेरवहादुर देउवा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)को उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण गरिएको सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्नुभएको हो ।
लेखक दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक
लेखक तथा पत्रकार ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक गरिएको छ ।
बाढीपहिरोबाट विस्थापितलाई पुनःस्थापना गर्न सिफारिस
ताप्लेजुङस्थित जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई पुनःस्थापनाका लागि सिफारिस गरेको छ । समितिले सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका १५२ घरधुरीलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको हो ।
नागरिकता विधेयकसम्बन्धी भ्रम र वास्तविकता
‘नागरिकता’ नागरिक र राज्यबीचको सम्बन्धको आधार हो । राज्यले प्रत्याभूत गर्नुपर्ने मौलिक हक, आर्थिक, सामाजिक र राजनीतिक अधिकार एवं राज्यप्रति नागरिकहरूको कर्तव्य सुनिश्चित गर्न राज्यले आफ्ना नागरिकहरूलाई नागरिकको दर्जा दिएर वैधानिकता प्रदान गरेको हुन्छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार टन चिनी खरिद गर्दै
चाडपर्व नजिकिएसँगै अहिले पनि सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग चिनीको मौज्दात सकिएपछि १० हजार टन चिनी खरिद प्रक्रिया अघि बढाएको छ । दशैंको मुखमा चिनीको भाउ बढ्ने डर उपभोक्तामा भए पनि कर्पोरेशनले खरिद गर्ने भएपछि उपभोक्तामा राहत हुने देखिएको छ ।
सशस्त्र प्रहरीका व्यारकेमा अब विद्युतीय चुलो
संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवर्द्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ ।
निहारिकालाई कानुनी लडाइँ लड्न पाँच लाख सहयोग
मधेश प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार मधेश सरकार मन्त्रिपरिषद् बैठकले निहारिकालाई सो आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
कुर्था–जयनगर रेल सेवा : यात्रुको चाप उच्च
जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन ।
कमल चित्रकारबाट राजनीतिमा आकर्षित भएँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका नेता कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउनु भएको छ ।
सोफिया बन्नुभयो मिस युनिभर्स नेपाल २०२२ को विजेता
मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ ।
‘तीजमा माइती देशकै झल्को आउँछ बरिलै’
पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपर्थ्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ ।
कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकाले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
छेडागाड नगरपालिकाका सामुदायिक विद्यालय एक हप्ता बन्द
सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
माछाले धानिएको वेगनासको पिप्लेगाउँ
बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ ।
फुङ्लिङका होटलमा क्याबिन राख्न प्रतिबन्ध
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलमा क्याबिन राख्न प्रतिवन्ध गरिएको छ । जिल्लामा अवाञ्छित गतिविधि मौलाउँदै गएसँगै सुरक्षा चुनौती पनि बढ्दै गएको निस्कर्षसहित होटलहरुमा क्याविन राख्न प्रतिवन्ध गरिने भएको हो ।
मृतक खड्गविक्रमविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा
बीस वर्षअघि निधन भइसकेका कुमार खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उहाँविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। राजपरिवारका ज्वाइँसमेत रहनुभएका शाहको २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा निधन भएको थियो। कर्मचारीलाई प्रलोभनमा पारेर शाहले धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको जग्गा आफ्नो नाममा ल्याएको आयोगको आरोप छ।
अवैध संरचना भत्काउन बालेन मैदानमा
काठमाडौँ महानगरपालिकाले नक्सा पारितबिनाका संरचना भत्काउन थालेसँगै उपत्यकाका अन्य स्थानीय तहले समेत आफ्ना क्षेत्रभित्रका अनधिकृत संरचना हटाउन सुरु गरेका छन्। काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अनधिकृत संरचना हटाउने अभियान सुरु गरेकोमा कीर्तिपुर नगरपालिकाले पनि बिहीबार थालेको हो।
निर्वाचनमा सेनाका हतियार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आवश्यक हतियार नेपाली सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता गर्ने) सर्तमा साना हतियार लिने तयारी भइरहेको जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सेनासँग झन्डै दुई हजार पाँच सय साना हतियार मागिएको छ।
कर्णालीका नौ हजार बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार आठ सय ४७ मध्ये नौ हजार चार सय छ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
निर्वाचन खर्चमा १० अर्बको सीमा
अर्थ मन्त्रालयले आगामी निर्वाचनमा निर्वाचन आयोगबाट हुने खर्च १० अर्बभित्र राख्न सीमा तोकेको छ। निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आगामी चुनावका लागि १० अर्ब ९८ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले १० अर्बको सीमा तोक्दै बजेट स्वीकृत गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मन्त्रालयले स्वीकृत गरेबमोजिम आयोगले अब विभिन्न शीर्षकका लागि बजेट परिमार्जन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कुन शीर्षकमा कम गर्न सकिन्छ, मन्त्रालयले तय गरेको सीमाभित्र रहेर आयोगले परिमार्जन गर्नेछ।” निर्वाचनमा परिचालन हुने जनशक्तिको बीमा, निर्वाचन शिक्षा तथा मतदान सामग्री खरिद शीर्षकको बजेट मिलाउनेछ।
बन्द आँखाले सात छोरीको लालनपालन
दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उहाँकै काँधमा छ। त्यो पनि उहाँले करिब करिब पार लाउनुभएको छ। उहाँमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालनपालन र पठनपाठनको जिम्मा उहाँकै काँधमा आएको हो। चमेलीका आठ छोरीमध्ये जेठीको मात्र विवाह भएको छ। जुम्ल्याहा माइली र साइँली १२ कक्षामा पढ्छन्। काइँली ८ मा, ठाइँली ६ मा, अन्तरी ५ मा, जन्तरी ३ मा र कान्छी १ कक्षामा अध्ययनरत छिन्। यी सबैको जिम्मेवारीले उहाँलाई थिचेको छ।