जलवायु वित्तसम्बन्धी ऋण नलिइने
वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु वित्तसम्बन्धी कुनै पनि संस्थाको ऋण नेपालले नलिने बताउनुभएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तयारीबारे बिहीबार गरिएको अन्तक्र्रियामा मन्त्री यादवले भन्नुभयो, “कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै न्यून छ। कार्बन उत्सर्जन गर्ने विश्वका ठुल्ठूला अर्थतन्त्र भएका मुलुकका कारणले नेपालजस्ता गरिब मुलुकले पीडा भोगिरहेका बेला जलवायु वित्तको ऋण लिनु हाम्रा लागि उपयुक्त छैन।” उहाँले भन्नुभयो, “नेपालले जलवायु ऋण कुनै हालतमा लिन मिल्दैन । न आज लिन्छ न भोलि लिन्छ। जलवायु परिवर्तनका कारणले पीडित भइरहेको मुलुकले ऋण लिने कुरा राम्रो हुँदैन। बरु जलवायु वित्तको अनुदान रकम नेपालले पाउनुपर्छ। त्यसको सदुपयोग गर्न सक्नुपर्छ।”
‘संलग्नलाई कडा कारबाही हुन्छ’
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचबिखनमा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभएको छ । मानव बेचबिखनविरुद्धको १६औँ राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित ‘मानव बेचबिखनविरुद्ध मेरो दलको प्रतिबद्धता’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव बेचबिखन कलङ्क भएको भन्दै यसमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताउनुभयो । प्रधानमन्त्री देउवाले मानव बेचबिखनजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कठघरामा ल्याउन आवश्यक परे सरकार कानुन परिमार्जन गर्नसमेत तयार रहेको बताउनुभयो । उहाँले यस्ता घटना नियन्त्रण गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन कानुन कार्यान्वयन गर्ने निकायलाई निर्देशनसमेत दिनुभयो ।
सेवा अनलाइनको सर्भर १० सेकेन्डमै बन्द
बिहीबार अनलाइन फाराम भर्न खुलेको राहदानी विभागको सर्भर १० सेकेन्ड जति मात्र चल्यो । १० सेकेन्डमा नै तोकिएको कोटा पूरा हुने सङ्ख्यामा आवेदन आएपछि सर्भर बन्द भएको हो । राहदानी लिनका लागि आवेदकले फाराम भर्न अनलाइनको सुविधा छ तर व्यवहारमा भने त्यस्तो अनलाइन दुःख दिने मात्र बनेको छ । विभागले राहदानी फाराम भर्न दैनिक एक हजार सात सय आवेदनको कोटा तोकेको छ । त्यो पनि बिहान ११ बजेभित्र भरिसक्नुपर्छ ।
महाभियोग समितिमाथि जबराको प्रश्न
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाउनुभएको छ। आफूमाथि लागेको आरोपबारे समितिमा दोस्रो दिन बयानका क्रममा जबराले महाभियोगका प्रस्तावक र छानबिन समितिमा एकै व्यक्ति रहेको जिकिर गर्दै समितिको औचित्यमा प्रश्न गर्नुभएको हो। आरोप लगाउने, छानबिन गर्ने र निष्कर्ष दिने व्यक्ति एकै हुन नहुने कानुनको मान्य सिद्धान्तमा आधारित भएर जबराले समितिमाथि प्रश्न गर्नुभएको हो। महाभियोग प्रस्ताव संसद्मा आएको सात महिनापछि उहाँमाथि छानबिन प्रक्रिया चलिरहेको छ।
हटाइँदै ‘डिजिटल होर्डिङ बोर्ड’
काठमाडौँ महानगरपालिकाले सहरका मुख्य ठाउँमा अव्यवस्थित रूपमा राखिएका डिजिटल होर्डिङ बोर्डबाट विज्ञापन प्रसारण बन्द गराउन थालेको छ । वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो अभियान थालेको हो । महानगरपालिकाले बिहीबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड टे«ड सेन्टर तथा कोटेश्वर चोकमा राखिएका बोर्ड बन्द गराएको छ । अन्य ठाउँमा राखिएका बोर्ड पनि बन्द गराइने र यसका लागि आवश्यक अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।
बिरामीलाई चर्को पार्किङ शुल्क
रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुग्नुभएका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुप-यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उहाँ अक्मकिनुभयो तर त्यति शुल्क नबुझाएर उम्किनै पाउनुभएन । सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्काे शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ ।
मोहना नदीमा दुई जना बेपत्ता
कैलालीस्थित मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिका –३ का १० वर्षीय प्रिन्स राना र धनगढी उपमहानगरपालिका –९ खेदाका २७ वर्षीय रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएका हुन ।
राष्ट्रपति भण्डारीद्वारा चिकित्सकलाई सम्मान
काठमाडौं, भदौ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकलाई सम्मान गर्नुभएको छ । बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरेर उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो ।नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो । संघले गत वर्षदेखि महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल अवार्ड’ दिन सुरु गरेको थियो । ‘वुमन इन मेडिसिन अवार्ड’ पाउनेमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह हुनुहुन्छ । त्यस्तै ‘वुमन इन मेडिसिन लाइफटाइम’ अवार्ड पाउने विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सक हुनुहुन्छ।
सिद्धार्थ राजमार्ग भाँसिदा सडक अबरुद्ध
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ –५, हिउँदे खोला नजिकै सडक भाँसिदा यातायात अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको हिउँदे खोला नजिकै ४० मिटर सडक भाँसिदा बिहीबार बेलुकी साढे ४ बजेदेखि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
झापामा जंगली हात्तीको आक्रमण बढ्दै
झापामा दैनिकजसो हुने जंगली हात्तीको आक्रमणका कारण स्थानीय समस्यामा परेका छन्।
पश्चिमसेतीः स्थानीय भन्छन्, ‘४२ वर्षपछि पुनः आशा पलायो’
विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सम्मानित
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही सम्मानित हुनुुभएको छ । लामा साँस्कति मञ्च हुुम्लाले मुख्यमन्त्री शाहीलाई सम्मानित गरेको हो । मञ्चका सदस्य राजबहादुुर लामाले मुख्यमन्त्री शाहीले सामाजिक विकासमा गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको बताउनुुभयो ।
बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार गौतमलाई प्रदान गरिने
यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो
नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर २९ केरावारीमा सडकमाथिबाट लेदो र ढुंगासहित खसेको पहिरोका कारण बिहीबार बिहानदेखि सडक आवत जावत पूर्णरुपमा अवरुद्ध छ ।
निलम्बित प्रधानन्यायाधीश जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।
रक्तदानले १७ जना सुत्केरीको ज्यान जोगियो
बैतडी अस्पतालमा शल्यक्रियासहितको प्रसुति सेवा भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा अत्यधिक रक्तस्राव भएका १७ जना सुत्केरीलाई नेपाली सेनाका जवानले रगत दिएर ज्यान बचाएका छन् ।
नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस
आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ ।
सत्ता गठबन्धनको बैठक शुरु, सिट बाँडफाँट टुङ्गिने
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको विषय सम्भवतः आजै टुङ्गीने राष्ट्रिय जनमोर्चाका सचिव हेमलाल पुरीले बताउनुभयो ।
तेह्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतमसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। धनुषा जिल्लाको तत्कालीन भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्वको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरणमा भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
सुशासन प्रवर्द्धन सामूहिक जिम्मेवारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन प्रवद्र्धन गर्ने कार्य सबै नियामक निकायको सामूहिक जिम्मेवारी भएको बताउनुभएको छ। नियामक निकायबाट हुने अनुगमन तथा सुपरीवेक्षणको कार्य कमजोर भएको बताउँदै उहाँले सुशासनका लागि सबै मिलेर समन्वय र सहकार्यसाथ अघि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो। आयोगमा उजुरी पर्दैमा त्रसित हुने र काम गर्न छोड्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ।
खण्डनभन्दा बढी प्रतिप्रश्न
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गर्नुभयो। आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उहाँले प्रतिप्रश्न गर्नुभएको छ। महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उहाँले जिकिर गर्नुभयो। निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको हैसियतमा जवाफ दिन आफू समितिसमक्ष उपस्थित भएको जबराको तर्क थियो। जबराको बयान बिहीबार पनि जारी रहनेछ।
अनावश्यक राजनीतीकरण दुःखद : प्रचण्ड
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाव दिनुभएको छ। बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्दै उहाँले राष्ट्रिय सहमति जुटाउने सवालमा चासो व्यक्त गर्नुभयो। राष्ट्रपति कार्यालयका प्रेसविज्ञ टीका ढकालका अनुसार नागरिकता विधेयकमा राष्ट्रिय सहमति जुटाउनेलगायत समसामयिक विषयमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रपति भण्डारीले नागरिकता विषय राष्ट्रियतासँग जोडिएको र संवेदनशील भएकाले दलहरूबीच सहमति हुनुपर्नेमा जोड दिनुभयो। अङ्गीकृत नागरिकताका बारेमा राष्ट्रपति भण्डारीले चासो व्यक्त गर्नुभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकमाथि संसद्मा राष्ट्रिय सहमति नबनेका कारण नयाँ व्यवस्था नगरिएको बताउनुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री
सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुग्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुग्नुभएको हो।
नियमविपरीतका संरचना भत्काउँदै नगरपालिका
काठमाडौँ महानगरपालिकाले नियमविपरीत निर्माण भएका भौतिक संरचना हटाउन सुरु गरेसँगै अन्य महानगर, उपमहानगर र नगरपालिकाले पनि त्यस्ता संरचना हटाउन थालेका छन्। कतिपय पालिकाले काठमाडौँ महानगरजस्तै भौतिक रूपमा नै अनधिकृत संरचना हटाउन सुरु गरिसकेका छन् भने कतिपयले सार्वजनिक सूचना जारी गरी सचेत गराउन थालेका छन्। सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरे अनधिकृत संरचना हटाउन भौतिक रूपमा नै उत्रने ती पालिकाले जनाएका छन्। खासगरी ठूला सहर र सहरउन्मुख पालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत लाभ लिने प्रवृत्ति बढ्दो छ।