कोभिड देखाएर म्याद थप
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका प्रमुख रमेश दिष्टीले गत साउनको २३ गतेदेखि लागू हुनेगरी ३८६ दिनका लागि आयोजनाको म्याद थपिएको जानकारी दिनुभयो । गत साउन २२ गते सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति १८ प्रतिशतमात्र छ ।
हिमाली कुखुरा अर्थात च्याखुरा
च्च हिमाली क्षेत्रमा पाइने हिमालयन जङ्गली कुखुरा (च्याखुरा
गुरुङको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको छ । एमाले लमजुङले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै प्रदेश ‘ख’ प्रत्यक्षतर्फ गुरुङलाई सिफारिस गरेको हो ।
बेगनासतालका डुङ्गा व्यावसायीमा पलाउँदै आशा
सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ । कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो ।
आफन्तबाटै जोखिममा पर्छन् बालिका
गत वर्ष कात्तिक २१ गते सुर्खेतकी सात वर्षीया बालिका सामूहिक बलात्कारको शिकार हुनुभयो । उहाँको बलात्कार मात्र होइन, निर्मम तरिकाले हत्या भयो । नाता पर्ने तीन जना दाजुभाइबाट उहाँ बलात्कृत हुनुभएको थियो । ती दाजुभाइले हत्या पछि बलात्कार गरेको प्रहरीको भनाइ छ ।
मिडिया विधेयक सञ्चारमैत्री बनाउँ
प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संसदमा प्रस्तुत भएको मिडिया विधेयक सञ्चारमैत्री बनाउनुपर्ने बताउनुभएको छ । बागलुङबाट प्रकासन सुरु भएको हिडनखबर अनलाइनको भर्चुअल उद्घान गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । विधेयक सञ्चारमैत्री नरहेको उहाँले बताउनुभयो ।
विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउँदै सिद्धबाबा
रमेश विश्वकर्मा गुल्मी, भदौ १८ गते। गुल्मी जिल्लाको सदमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउँदै आएको छ। तत्कालीन तम्घास गाविस खानीगाउँ टुनीखोलामा रहेको सानो बचत घरबाट ०४३ सालमा शैक्षिक यात्रा सुरु गरेको यस विद्यालयले विद्यार्थीलाई अध्ययनसँगै सिकाईमा सक्रिय बनाउन नियमित पठनपाठनका अतिरिक्त विभिन्न कार्यक्रम गर्दै आएको हो। शैक्षिक क्षेत्रमा जिल्ला तथा देशकै नमूना एवम् अधिकत्तम विद्यार्थी भएको प्रविधियुक्त सुविधा सम्पन्न सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयले विद्यार्थीलाई सिकाईप्रति आकर्षित गर्न युग सुहाउँदो प्रविधिमैत्री शिक्षण पद्धति अंगाल्दै आएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीलाई अध्ययनसँगै सकारात्मक सोचका लागि “ज्ञानीसँग हाम्रा नानी” र “बुक टक” लगायतका विभिन्न महत्वपूर्ण कार्यक्रम गर्दै आएको हो। त्यस्तै, विद्यालयले विद्यार्थीको सिकाइप्रतिको परम्परागत मान्यतालाई चिर्न नियमित पठनपाठनको अतिरिक्त विगत पाँच वर्षदेखि “ज्ञानीसँग हाम्रा नानी” कार्यक्रम सञ्चालन गर्दै आएको छ। ज्ञानी भन्नाले कुनै क्षेत्रमा विज्ञता हाँसिल गरेर लामो अनुभव प्राप्त गरेका र नानी भन्नाले विद्यार्थी भएका प्रधानाध्यापक श्रीसले उल्लेख गर्नुभयो। उहाँले यस कार्यक्रममार्फत् विभिन्न क्षेत्रका विशेषज्ञ ल्याएर विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिने प्रयास गरिएको बताउनुभयो। “विद्यार्थीलाई अध्ययनमा आकर्षित गर्न अहिले विभिन्न रचनात्मक र सिर्जनात्मक पद्धतिद्वारा पठनपाठन सञ्चालन गर्दै आएका छौं,” उहाँले भन्नुभयो, “कक्षा कोठा बाहिर, शिक्षक बेगर र किताब बाहिर पनि विद्यार्थीको सिकाइ क्षेत्र बृह्त्तर हुन्छ।” यस विद्यालयमा प्ले ग्रुपदेखि बाह्र कक्षासम्म पढाइ हुने गर्दछ। विशेषगरी कक्षा पाँचदेखि बाह्र कक्षासम्मका विद्यार्थीहरु कार्यक्रममा समावेश भइरहेका छन्। साना बालबालिकाको लागि विशेषज्ञ यस कार्यक्रममा सहभागी गराउने प्रधानाध्यापक श्रीसले बताउनुभयो। सबै खालका व्यक्तिलाई समावेश गरेर विद्यार्थी माझ उनीहरुका अनुभव सुनाउने गरिएको विद्यालयले जनाएको छ। समय–समयमा विद्यालयले राजनीतिक एवम् प्रशासनिक व्यक्ति, शिक्षाविद, लेखक, साहित्यकार, इन्जिनियर, डाक्टर, कृषक सबैलाई आमन्त्रण गर्ने गरेको छ। उनीहरुले प्राप्त गरेको सम्पूर्ण विज्ञता, अनुभव र सफलता विद्यार्थी माझ प्रस्तुत गर्ने गरेको प्रधानाध्यापक श्रीसले बताउनुभयो।विद्यालयमा गरिने विभिन्न कायक्रमले विद्यार्थीको लक्ष्य हाँसिल गर्न सहि प्रकारको दिशाबोध हुने उहाँले बताउनुभयो। विज्ञका अनुभव सुन्दा विद्यार्थीलाई सही प्रकारको उत्प्रेरणा मिल्छ। जसले विद्यार्थीमा व्यवहारिक ज्ञान आर्जन र सिकाईलाई मजबुत बनाउन सहयोग पुग्ने श्रीसको भनाइ छ। कुशल व्यवहार र उचित ज्ञान–सिपको विकास गर्न पनि विद्यालयमा महत्त्वपूर्ण कार्यक्रम गरिदैं आएको प्रधानाध्यापक श्रीसले बताउनुभयो। आफ्नो ठाउँ, माटो र परिवेशका बारेमा जानकारी लिंदा विद्यार्थीमा ज्ञानको भण्डार बढ्छ। विद्यालयले गर्ने हरेक कार्यक्रम विद्यार्थी केन्द्रित भएको हुँदा विद्यार्थीसँगै अभिभावक पनि उत्साहित भएका छन्।त्यस्तै, यस विद्यालयले विगत केही वर्षअघिदेखि ब्रिटिस काउन्सिलसँगको सहकार्यमा आइएसए प्रोग्राम अन्तर्गत प्रोजेक्ट बेस लर्निङ्गको माध्यमबाट शिक्षण सिकाई कार्यलाई थप प्रभावकारी एवम् व्यवहारिक बनाउने प्रयासमा लागेको छ। फलस्वरुप विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड २०२०/२३ समेत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक श्रीसले बताउनुभयो।जिल्लामा शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको यस विद्यालयले साधारण र प्राविधिक गरेर दुई धारको शिक्षा सञ्चालन गर्दै आएको छ। प्राविधिक धारतर्फ कम्युटर इञ्जिनियरिङ्ग कक्षा नौदेखि बाह्रसम्म सञ्चालन गर्दै आएको श्रीसले बताउनुभयो। कक्षा ११–१२ मा शिक्षा, व्यवस्थापन, विज्ञान र कानुन विषयको पठनपाठन हुने विद्यालयले जनाएको छ।
गुणस्तरीय स्वास्थ्य सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले शनिबार लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताउनुभयो ।
मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै
कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आउनुभएको छ । चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो ।
सत्ता गठबन्धन : अब उत्साह र ऊर्जाका साथ निर्वाचनमा जाँदै
सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्नका लागि आन्तरिक र बहुपक्षीय छलफलमा व्यस्त छन् ।
प्रत्यक्षमा महिला उम्मेदवारीको माग
आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक सहभागितासहितको उम्मेदवारी माग गरिएको छ । दलित महिला केन्द्र नेपाल र माण्डवीद्वारा शुक्रबार आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदवारीबारे राजनीतिक दलसँगको अन्तक्र्रियामा यस्तो माग गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सचेतक मीन विश्वकर्माले प्रत्यक्षतर्फ पनि महिलाको उल्लेख्य उम्मेदवारी दिनुपर्ने विषय पार्टीभित्र उठिरहेको जानकारी दिनुभयो । प्रत्यक्षमा पुरुष उम्मेदवार मात्र हुँदा समानुपातिकमा महिला मात्र जाने अवस्था सिर्जना भएकाले प्रत्यक्षबाट पनि महिला ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विपत् कोषको रकम सदुपयोग गर्न निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले विपत् जोखिम कोषको रकम सही काममा सदुपयोग गर्न निर्देशन दिनुभएको छ। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गठित कार्यकारी समितिको बैठकमा शुक्रबार बोल्दै उहाँले विपत्का लागि छुट्याइएको रकम पूर्ण रूपमा सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो। त्यसका लागि विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अन्य सम्बन्धित निकायको उहाँले ध्यानाकर्षण गराउनुभयो।
अघि बढ्यो मिडिया काउन्सिल विधेयक
राष्ट्रिय सभाले पारित गरेको साढे दुई वर्षपछि नेपाल मिडिया काउन्सिल विधेयकले प्रतिनिधि सभाको प्रक्रियामा गति लिएको छ। २०७६ माघ २३ गते माथिल्लो सभाले पारित गरेको विधेयकको सन्देश प्रतिनिधि सभामा २०७६ फागुन ६ गते पेस भएको थियो। अढाई वर्षसम्म विधेयक प्रतिनिधि सभामा अघि बढ्न सकेको थिएन। शुक्रबार प्रतिनिधि सभाले विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृत भएको हो।
स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा: मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेकाले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको बताउनुभएको छ ।
चार महिनापछि फोहोर व्यवस्थापन
काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो। वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो।
उदयपुरमा एकै परिवारका तीन जनाको हत्या
भक्तिविलास पोखरेलगाईघाट, भदौ १७ गते । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको हत्या भएको छ । शुक्रबार बिहान एकै परिवारका बाबु, आमा र छोराको शव भेटिएपछि हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश पोदारका अनुसार बेलका नगरपालिका ७ को मैनामैनीमा भएको घटनामा बाबु, आमा र छोराको शव भेटिएको हो । प्रहरी उपरीक्षक पोदारका अनुसार ३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीया सुजन बस्नेतको शव भेटिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा उहाँको भनाइ छ । घटनाको अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पोदारले जानकारी दिनुभयो । विभत्स हत्यापछि शव खेत र खोला किनारमा फालेको अवस्थामा संकलन गरिएको उहाँले बताउनुभयो ।
सञ्चारमाध्यमलाई व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की
‘‘कुनै पनि आम सञ्चारलाई स्वस्थ, प्रतिस्पर्धी, व्यावसायिक, स्वतन्त्र, मर्यादित र उत्तरदायी बनाउन पत्रकारिताको विकास तथा सम्बर्द्धन गर्न र पत्रकारितामा पेशागत आचरण कायम राख्नका लागि विस्तृत कार्य क्षेत्रसहितको मिडिया काउन्सिलको आवश्यकता महसुस गरी यो विधेयक प्रस्तुत गरिएको हो ।’’
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको जानकारी दिनुभयो ।
फरार प्रतिवादी तुल्सीब्याखा पक्राउ
बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–११ क्वाछे बस्ने ४० वर्षीय दिपक तुल्सीब्याखा रहेका छन् ।
रित्तिएको गाउँका भरिएका मन
यस गाउँमा दुई सयको हारहारीमा घर छन् । आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको भने वर्षैं भएको छ । देशमा सशस्त्र द्वन्द्वमा फस्नु अघिसम्म गाउँको रौनक नै बेग्लै थियो ।
नेताको स्मृतिमा देवीनगरमा पार्क निर्माण हुँदै
नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख सूर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण हुने भएको छ ।
गर्भवती महिलालाई गाउँमै भिडियो एक्स-रे सेवा
गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।
पर्यटन मन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको हनुमान ढोका दरबार स्क्वास क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गर्नुभएको छ । सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
नागरिकता विधेयकमाथि छलफल लम्बियो
राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफल लम्बिएको छ। बिहीबार नै विधेयक पारित गर्ने तयारी रहेको थियो। बैठकमा समयसीमा नतोकिएका कारण लम्बिएको छलफल शुक्रबारसम्म जारी रहने देखिएको छ।