सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ ।
बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्दै
बाजुराका विभिन्न गाउँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । पछिल्लो समयमा मौसम परिवर्तनसँग बाजुराका विभिन्न ठाउँमा भाइरल ज्वरोका बिरामीहरुको सङ्ख्या बढ्दै गएको हो ।
नयाँ नोट सटही भदौको अन्तिम साताबाट
राष्ट्र बैंकले यस वर्षको दसैं, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।
मधेस प्रदेश अध्यक्ष यादव रौतहट क्षेत्र नं.१ बाट सिफारिस
मधेस प्रदेशका सुचना तथा संचार विभागका प्रमुख नितेशकुमार गुप्ताले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सभापति यादवको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
इन्टरनेट यसरी आउँछ घर–घरमा .........
भाइबहिनीले इन्टरनेट प्रयोग गरेर गेम खेल्ने, युट्युबमा भिडियो हेर्ने, टिकटक अथवा फेसबुक चलाउने गरेको त पक्कै थाहा पाएको हुनुपर्छ । आफँै पनि इन्टरनेट प्रयोग गरेर यस्ता काम गरेको अनुभव पनि होला । कतिपयले मोबाइलमा इन्टरनेट चलाउनुभएका होला अनि कतिपयले ल्यापटप र कम्प्युटरमा । भाइबहिनीले कहिलै सोच्नुभएको छ, हामीले चलाउने यस्तो इन्टरनेट हाम्रो घरसम्म कसरी आइपुग्छ त ? झट्ट हेर्दा घरमा जोडिएको राउटरबाट नै इन्टरनेट आएजस्तो पनि लाग्न सक्छ । राउटरबाट आउने सिग्नललाई मोबाइलमा जोडेपछि इन्टरनेट चल्ने भएकोले पनि राउटर नै इन्टरनेट आउने ठाउँ जस्तो भान हुन सक्छ तर हामीले राउटरबाट पाउने इन्टरनेट सबैभन्दा अन्तिम चरण मात्र हो । त्यसअघि इन्टरनेटले धेरै लामो दूरी पार गरेपछि मात्र हाम्रो घरसम्म आइपुग्छ । यो लेखमा भाइबहिनीलाई इन्टरनेट हाम्रो घरसम्म आइपुग्ने तरिकाबारे जानकारी दिने जमर्को गरेका छौँ ।
भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै
तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो ।
भिजिट भिसा प्रकरण, मानव तस्करी रोक्न निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मानव तस्करी रोक्न दीर्घकालीन नीति तयार गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खुलेआम मानव तस्करी भइरहेकोप्रति आइतबार समितिको बैठक बसेको थियो। बैठकले मानव बेचबिखन मानवताविरुद्धको अपराध भएकाले नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो।
डेङ्गुको प्रकोप व्यापक
ललितपुर र काठमाडौँमा सबैभन्दा बढी सङ्क्रमित, सङ्कटकाल लगाउनेबारे अध्ययन काठमाडौँ, भदौ २० गते । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्।काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ। गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गुले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको बताउनुभयो। उहाँले स्वास्थ्य सङ्कटकाल (महामारी) घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने बताउनुभयो। गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ । डेङ्गु नियन्त्रण बाहिर गएको अवस्थामा सङ्कटकालका प्रावधान पूरा गरेको अवस्थामा महामारी घोषणा गरिने उहाँले बताउनुभयो। अस्पतालका प्रमुख, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसँग छलफल भइरहेको भन्दै प्रवक्ता डा. ठाकुरले पर्सि मङ्गलबार सरोकारवाला निकायसँग छलफल गरेर सङ्कटकाल लगाउने वा नलगाउने भन्ने विषयमा निष्कर्षमा पुग्न सकिने जानकारी गराउनुभयो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक गोकर्ण दाहालले महामारी घोषणा गर्न पाँच वर्षको डेङ्गुसम्बन्धी केसलाई विश्लेषण गर्नुपर्ने बताउनुभयो। उहाँले थप्नुभयो, “पाँच वर्षको डेङ्गुसम्बन्धी केसलाई विश्लेषण गरेर न्यूनतम सीमा (थ्रेस होल्ड) निकालिन्छ र त्यसभन्दा माथि गएको अवस्थामा आउटब्रेकका आधारमा महामारी घोषणा गरिन्छ।” डेङ्गुको पहिलो चरण सतर्कता, दोस्रो अनियन्त्रित र तेस्रोमा महामारीको चरण हुने भन्दै दाहालले त्यसको तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको जानकारी गराउनुभयो। अहिलेको स्थितिलाई हेर्ने हो भने महामारी घोषणा गर्न सकिने भए पनि पाँच वर्षअघिदेखिको तथ्याङ्कका आधारमा घोषणा गर्नुपर्ने भएकाले तथ्याङ्क हेर्ने काम भइरहेको बताउनुभयो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले कतिपय जिल्लामा डेङ्गु महामारीका रूपमा बढेको जानकारी दिँदै महामारी घोषणा गर्ने वा नगर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिनुभयो। तीव्र रूपमा यसैगरी डेङ्गुका बिरामी बढ्दै जाने हो भने डेङ्गु महामारी घोषणा गर्नुपर्ने हुन सक्छ । “सबैभन्दा बढी ललितपुरमा डेङ्गु बढेको छ, तीव्र रूपमा यसैगरी डेङ्गुका बिरामी बढ्दै जाने हो भने डेङ्गु महामारी घोषणा गर्नुपर्ने हुन सक्छ,” जनस्वास्थ्य प्रशासक दाहालले भन्नुभयो, “महामारी घोषणा गर्न तथ्याङ्कले अझै पनि सपोर्ट गरेको छैन।” जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले डेङ्गुको महामारीको अवस्था आइसकेको बताउनुभयो। उहाँले राष्ट्रिय स्वास्थ्य सङ्कटकाल लागू गर्ने समय आइसकेको भन्दै सङ्ख्या बढ्दै गए डेङ्गुबाट मृत्यु बढ्ने बताउनुभयो। उहाँले मुलुक सङ्घीय प्रणालीमा जानुअघि प्रत्येक जिल्लामा भेक्टर नियन्त्रण निरीक्षक र मलेरिया निरीक्षण हुने गरेकोमा अहिले उनीहरूलाई सामान्य स्वास्थ्यकर्मीमा रूपान्तरण गरिँदा समस्या बढेको बताउनुभयो। ती निरीक्षकले त्यही विषयमा अध्ययन गरेका हुन्थे भन्दै डा. मरासिनीले अहिले डाक्टरले कुन किसिमको डेङ्गु लाग्यो भनेर पत्ता लगाउन नसक्ने दाबी गर्नुभयो। भेक्टर कन्ट्रोलसम्बन्धी स्वास्थ्यकर्मी नभएका कारण डेङ्गुको महामारी फैलिएको उहाँको भनाइ छ। एडिस जातिको लामखुट्टेले सबैभन्दा मन पराउने टायर हो भन्दै उहाँले टायरलाई जथाभावी राख्न नहुने बताउनुभयो। त्यस्तै उक्त लामखुट्टे काटेका बाँसमा पनि बस्ने र फुल पार्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनुपर्ने बताउनुभयो।
ली नेपाल आउँदै
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा मित्रराष्ट्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झाङ्सु नेपाल आउनुहुने भएको छ। भदौ २१ देखि ३० गतेसम्म लीको नेपाल भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँहरूबीच द्विपक्षीय वार्ता हुने जनाइएको छ। अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्नुहुनेछ।
रञ्जन कोइरालाको मुद्दामा राणाद्वारा गल्ती स्वीकार
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताउनुभएको छ। फैसला पुनरवलोकन भई कोइराला पुनः थुनामै गइसकेको अवस्थामा कैद घटाउने राय त्रुटिपूर्ण रहेको स्वीकार जबराले गर्नुभएको हो। आफूविरुद्धको महाभियोग प्रस्तावमा महाभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा उहाँले रायकै आधारमा महाभियोग लगाइए कुनै आपत्ति नभएको समेत बताउनुभयो।
मतपत्र छपाइमा अन्योल
मतपत्र छपाइमा भएको ढिलाइले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका प्रभावित भएको छ। भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्ने आन्तरिक कार्यतालिका रहेकोमा मतपत्र छपाइमा ढिलाइ हुने भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आन्तरिक तयारीमा रहेकाले तालिकालाई पछ्याउन नसक्दा समयमै मतपत्र छाप्न नसकिने भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिह्नलाई लिएर मतपत्रको क्रम निर्धारण र डिजाइन हुन नसक्दा भदौ २० गते सोमबारबाट मतपत्र छपाइ सुरु हुन नसकेको हो।
काठमाडौं ७ मा मुक्ति प्रधान सिफारिस
नेकपा (माओवादी केन्द्र) को काठमाडौंको संघीय निर्वाचन क्षेत्र नम्बर ७ मा मुक्ति प्रधानको नाम सिफारिस भएको छ । माओवादीको काठमाडौं क्षेत्र नम्बर ७ का इन्चार्ज दीपक सिलवाल (रुपेश) ले आइतबार एक भेलागरी प्रत्यक्षतर्फ प्रधान र संघीय समानुपातिकमा धनलाल महर्जनको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो
गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् ।
सेती प्रादेशिक अस्पतालमै मिर्गौला प्रत्यारोपण हुने
सेती प्रादेशिक अस्पताल धनगढीमा आगामी एक वर्षभित्र मिर्गौला प्रत्यारोपण सेवा सुचारु हुनेभएको छ । बर्षभित्र मिर्गौला प्रत्यारोपण हुने व्यवस्था मिलाउन आइतबार एक कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र सेती प्रादेशिक अस्पतालबीच सम्झौता भएको हो ।
एमाले अछामबाट रावल र बोगटीको नाम सिफारिस
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) अछामले प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको अछाममा दुवै क्षेत्रबाट आगामी निर्वाचनको उम्मेदवार सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरेको छ । दलको सम्बन्धित क्षेत्र समन्वय समितिले प्रतिनिधिसभाको अछाम –१ मा डा. भीमबहादुर रावल र क्षेत्र नं. २ मा यज्ञबहादुर बोगटीको नाममा एकल रुपमा सिफारिस गरेको हो । रावल र बोगटी सोही क्षेत्रका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
निजामती ऐन रूपान्तरण गरेर ल्याउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाले सरकारी कार्यलयहरुमा अझै पनि नागरिक मैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको दैलेख लोहोरे सडकखण्डको सिमाडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
तुम्लिङटार र सुर्खेतको हवाई टिकट सकियो
दसैँलाई लक्षित गरेर एयरलाइन्सको धमाधम हवाई टिकट बिक्री भइरहेको छ । अहिले ६० देखि ७० प्रतिशत बुकिङ भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको विभिन्न गन्तव्यमा ७० प्रतिशत हाराहारी बुकिङ छ ।
निलम्बित प्रधानन्यायाधीशको तेस्रो दिन बयान सुरू
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आइतबार तेस्रो दिन बयान सुरू भएको छ । समितिले निलम्बित जबरासँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियो ।
सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार
जाजरकोटमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । नलगाड नगरपालिका ८ लुपानाकी २७ वर्षीया लक्ष्मी वलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
‘निष्पक्ष निर्वाचनको व्यवस्था मिलाइएको छ’
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस नेतृत्वको सरकारले आगामी निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्था मिलाइसकेको बताउनुुभएको छ । सङ्घीय तथा प्रदेशको निर्वाचनमा प्रजातन्त्रवादी चिकित्सकको भूमिका विषयमा शनिबार आयोजित अन्तक्र्रियामा प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य सेवालाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्नेगरी अघि बढाउन आगामी निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्व सरकार आवश्यक भएको बताउनुभयो ।
‘मिटरब्याजीलाई राजनीतिक संरक्षण’
मिटरब्याजीपीडितको समस्याको गाँठो निकै बल्झिएको पाइएको छ । मिटरब्याजीपीडितको समस्या समाधानको उपाय सुझाउन गृह मन्त्रालयअन्तर्गत गठन भएको कार्यदलले स्थलगत अध्ययन गर्दा यस्तो अनुभव गरेको हो । कार्यदलका संयोजक डा. भीष्मकुमार भुसाल नेतृत्वको छ सदस्यीय टोलीले मधेश प्रदेशका पाँच जिल्ला, प्रदेश १ को मोरङ, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीलगायत सात स्थानको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयारीमा जुटेको छ ।
सुनसान मालपोत कार्यालय
साउनअघिसम्म सेवाग्राहीको भीडभाड हुने काठमाडौँको डिल्लीबजार मालपोत कार्यालयमा अचेल दुई/चार जना सेवाग्राही पनि भेटिँदैनन्। यसअघि लाइन लागेर सेवा लिने कोठा, झ्याल खुला र खाली देखिन्छन्। मालपोत कार्यालय वरपरका कागजपत्र बनाउने र फोटोकपी गर्ने पसलमा ग्राहक आउन छाडेका छन्। दैनिक रूपमा जग्गा कारोबारसँग सम्बन्धित सयौँ लिखत बनाउने गरेका लेखापढी व्यवसायी गोविन्दप्रसाद तिमल्सिनाले अहिले काम ह्वात्तै घटेको बताउनुभयो। सेवाग्राही अहिले फाट्टफुट्ट मात्र आउने गरेको उहाँको भनाइ छ। उहाँले मालपोत कार्यालय डिल्लीबजारमा दैनिक रूपमा भीड लाग्ने गरेको प्रसङ्ग जोड्दै भन्नुभयो, “पहिले हिँड्नलाई बाटो पाइँदैनथ्यो, अहिले सुनसान छ।”