बाँकेमा डेङ्गु सङ्क्रमण बढ्दै
बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ ।
सत्य निरूपण विधेयक, पुनरावेदनको व्यवस्था राख्न माग
द्वन्द्वकालीन मुद्दाका सरोकारवाला पक्षले प्रतिनिधि सभामा विचाराधीन विधेयकलाई परिमार्जन गरेर मात्र पारित गर्न माग गरेका छन्। कानुन न्याय तथा मानव अधिकार समितिले बिहीबार गरेको छलफलमा यस्तो माग गरेका हुन्। समितिले घटनाका पीडित र कानुनका जानकारसँग परामर्श गरेको हो। सर्वपक्षीय परामर्शपछि समितिबाट विधेयक पारित गर्ने तयारी छ। समितिले विधेयकका संशोधनकर्तासँग भने बुधबार छलफल गरिसकेको छ।
बीपी जयन्ती आज
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वि.सं. १९७१ भदौ २४ गते जन्मिनुभएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्ने तय भएको छ।
किर्ते गर्ने लेखा अधिकृतलाई नौ वर्ष कैद
विशेष अदालतले विभिन्न तीन कार्यालयमा कार्यरत रहँदा सरकारी कोषको रकम दुरुपयोग गरेको अभियोग लागेका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई नौ वर्ष कैद सजाय सुनाएको छ। इलामको माई नगरपालिका, उदयपुरको कटारी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा सरकारको कोषको रकम अनियमितता गरेको कसुरमा अदालतले ढकाललाई कैद र बिगो जफतको फैसला गरेको हो।
धरानमा कोसीको पानी ल्याउन अध्ययन
धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि चतराबाट सप्तकोसीको पानी ल्याउन अध्ययन सुरु भएको छ। खानेपानी मन्त्रालयद्वारा नियुक्त परामर्शदाता तथा विज्ञ टोली धरान आएर काम सुरु गरेको हो। टोलीले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेललगायतको टोलीसँग परामर्श गरी काम थालेको छ। टोलीमा मन्त्रालयले देशका विभिन्न नगरको पूर्वाधार विकासका लागि नियुक्ति गरेका परामर्शदाता नेपाली कम्पनी सिम्याट र भारतीय कन्सल्टेन्ट वेभकसका तर्फबाट परिचालित भारतीय तथा नेपाली प्राविधिक तथा विज्ञ छन्। टोलीले धरानको खानेपानीको दीर्घकालीन समाधानका लागि सप्तकोसीबाट पानी ल्याउन सक्ने सम्भाव्यता अध्ययन, अनुसन्धान र सर्भे सुरु गरेको प्रमुख साम्पाङले बताउनुभयो।
भारतीय सेनाध्यक्ष पांडे स्वदेश फिर्ता
भारतका स्थल सेनाध्यक्ष मनोज पांडे पाँच दिने नेपाल भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किनुभएको छ ।
मधेश विश्वविद्यालयको उदघाटन
मधेश प्रदेश सरकारले वीरगञ्जमा मधेश विश्वविद्यालयको स्थापना गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्त रुपमा बिहीबार उदघाटन गर्नुभएको हो ।
पितृ बुझाउने र भूमि पूजा गर्ने चेपाङको न्वागी पर्व
नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरू मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ ।
भक्तपुरको राधे–राधेबाट नक्कली नगारिकता र प्रवेशपत्र बनाउने पाँच जना पक्राउ
उहाँहरुलाई मध्यपुरको ठिमी नगरपलिका–५ राधे राधेस्थित ‘ईजी वे ट्रायल सेन्टर’मा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाइ रहेका अन्य व्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले बिहीवार पक्राउ गरेको हो ।
सरकारी जागिरबाट बचेको समय ड्रागन खेतीमा
राति फुल्ने भएकाले ड्रागन फ्रुटलाई ‘रातकी रानी’ पनि भनिन्छ । पछिल्लो समय तराईदेखि पहाडसम्म ड्रागन खेतीबाट राम्रो उत्पादन हुन थालेपछि कृषकहरु यो खेतीप्रति आकर्षित हुन थालेका छन् ।
दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ
भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा. आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् ।
भेरी अस्पतालमा बिरामीको चाप बढ्यो
भेरी अस्पताल नेपालगञ्जमा आपतकालीन कक्षमा १६ शैया रहेकोमा बुधबार रातिदेखि बिहीबार मध्यान्हसम्म २५ शैयामा विरामी भरिएका छन् । १५० शैया रहेको अस्पतालमा सोभन्दा बढी विरामी उपचाररत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिनुभयो ।
ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस
नेकपा (एमाले) ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सविच योगेशकुमार भट्टराईसहितको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो
नेकपा (एमाले) ओखलढुङ्गाले उम्मेदवार छनौटको काम टुङ्ग्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि एमाले ओखलढुङ्गाबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
दुर्गममा सरुवा भएपछि गर्भवती कर्मचारीलाई सास्ती
शिवराज नगरपालिकामा कार्यरत अनमी सपना गिरीलाई बिहान ८ बजेदेखि कार्यालय पुग्न हतारो हुन्छ । २० किलोमिटर बसको यात्रापछि कार्यालय पुग्न १ घण्टा पैदल यात्रा गर्नुपर्छ । कार्यालय समयमा पुग्ने मात्र होइन उहाँलाई अझ अर्को चिन्ताले सताइरहेको हुन्छ । कतै कोखमा हुर्किएको चार महिनाको भ्रुण नासिने त होइन !
यो देशको दुर्गतिमा जिम्मेवार को ?
निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्षज्यू, माननीय मन्त्रीज्यू, संवैधानिक निकायका प्रमुखज्यूहरू, राष्ट्रसेवक कर्मचारीज्यूहरू र पत्रकार मित्रहरू, सर्वप्रथम आज सुरुमा बोल्ने मित्रहरूले जे प्रश्न उठाउनुभएको छ, त्यसमा मात्रै कुरा गर्न चाहन्छु । बेलायतमा एउटा सिरियल थियो कर्मचारीका सम्बन्धमा, एस मिनिस्टर भन्ने । ‘हस् मन्त्रीज्यू’ भन्ने, काम गर्दै नगर्ने । काम त गर्नुप-यो नि । जबसम्म कर्मचारीले सहयोग गर्दैनन्, तबसम्म काम हुँदैन । यो सत्य कुरा हो । स्थायी सरकार हो, कर्मचारी । आवधिक निर्वाचन हुन्छ । हामी अस्थायी हौँ । जनताले भोट दिए जित्छन्, नदिए हार्छन् ।
सुनुवाइका लागि पत्राचार
न्यायपरिषद्ले सर्वोच्च अदालतमा सिफारिस तीन प्रस्तावित न्यायाधीशको नाम संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ। परिषद्को पत्राचारअनुसार संसदीय सुनुवाइ समितिले अब प्रक्रिया अघि बढाउनेछ। समिति सचिवालयले सुनुवाइका लागि पत्र आएको तर प्रारम्भिक बैठकबाट कुनै निर्णय नभएको जनाएको छ। प्रतिनिधि सभाको कार्यकाल आउँदो असोज १ गतेसम्म मात्र कायम रहने अवस्थामा सुनुवाइको सम्पूर्ण कार्यविधि पूरा गरेर प्रक्रिया सम्पन्न हुने अवस्था न्यून छ।
जनता देशका मालिक हुन् : प्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएको र उनीहरूले नै सत्तामा कसलाई पु-याउने वा नपु-याउने भन्ने निर्णय गर्ने बताउनुभएको छ। नेपाल महिला सङ्घ केन्द्रीय समितिले बुधबारदेखि काठमाडौँमा सुरु गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टीभित्रका सक्रिय र सक्षम महिलालाई निर्वाचनमा नेपालको संविधानले तोकेअनुसारको अवसर प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “तर टिकट पाइसकेपछि जितेर देखाउनुहोस्। हार स्वीकार हुने छैन।”
मिडिया काउन्सिल विधेयक समितिमा
प्रतिनिधि सभाले नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ। बुधबारको बैठकले विधेयक समितिमा पठाएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा विधेयक समितिमा पठाइएको हो। विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भइसकेपछि समितिमा पठाइएको हो। सरकारले विधेयकमा स्वीकार गर्ने विषयसमेत प्रतिनिधि सभा सचिवालयलाई उपलब्ध गराइसकेको थियो तर सदनबाटै पारितको तयारी भएको विधेयक समितिमा पठाइएको हो।
१६ जिल्लामा भएन साक्षरता घोषणा
मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्। सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन्। प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिँदैछ। हालसम्म गण्डकी र बागमती प्रदेशमात्र साक्षर प्रदेश घोषणा भएका छन्।
४० जना निजामती कर्मचारी पुरस्कृत
सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन ।
लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता
डेङ्गु रोग नियन्त्रणका लागि उच्चस्तरीय बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने भएको छ । मुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको बैठकले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले लामखुट्टेले उसको जीवनमा विभिन्न स्थानमा गई आठ सयभन्दा बढी अन्डा पार्ने भएकाले लार्भालाई नष्ट गर्नुपर्ने बताउनुभयो । लामखुट्टेको लार्भा नष्ट गर्दा बढी प्रभावकारी हुने भन्दै प्रवक्ता ठाकुरले उच्चस्तरीय बैठकले लार्भा नष्ट गर्ने निर्णय गरेको बताउनुभयो ।
आश्रमको जग्गामा व्यक्तिको रजाइँ
दाङ जिल्लाको लमही बजारको पूर्वीक्षेत्र बाक्लो बस्ती र अग्ला घरले भरिएको छ । बाँकी रहेको खाली जग्गा पनि घरहरूले भरिँदै जान थालेको छ । यसरी घर तथा भवन निर्माण गर्न थालिएको जग्गा कसको हो ? कसले किनबेच गरिरहेको छ ? बन्दै गरेका घरको नक्सा पास कुन निकायले गरिरहेको छ ? यी कुराको मतलब न त घर बनाउनेलाई छ न त जग्गा बिक्री गर्नेलाई नै छ । यो जग्गा सरकारी वा व्यक्तिगत कोही कसैको होइन, प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी आश्रम गुठीको हो ।
न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की
सर्वाेच्च अदालतका कामय मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयप्रति आमजनताको भरोसा बढाउन आफूहरु सुधार अभियानमा लागिरहेको बताउनुभएको छ । बुधबार जिल्ला अदालत बझाङको नवनिर्मित भवनको यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।