प्रधानमन्त्री देउवासँग अध्यक्ष लीको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता सुरु भएको छ ।
व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल
तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ ।
ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा
पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा
हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधैँ ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौँरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् ।
पशुकोे मोहभङ्ग, चाहिन्छ मानव अङ्ग
नरभक्षी चितुवालाई स्थानान्तरणका लागि तल्लो स्वराड क्षेत्रका वन जङ्गलमा राखिएका फलामे पिँजडा अलपत्र परेका छन् । बैतडीमा चितुवाले ११ वर्षमा २५ जनाको ज्यान लिइसकेको छ ।
विश्व बैंकबाट प्राप्त ३५ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय
सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
खप्तडको सौन्दर्य (फोटो फिचर)
सुदूरपश्चि प्रदेशका चार जिल्ला अछाम, बझाङ्ग, डोटी र बाजुराको संगमस्थलको रुपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । खप्तड क्षेत्र फराकिला पाटन, रङ्गीचङ्गी फूल र सुन्दर भू–बनोटमा अवस्थित छ ।
नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली २९ खेलमा सहभागी हुने
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ ।
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोग सम्झौता
नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कङ्ग्रेस)बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच द्विपक्षीय वार्तामा भएको सहमतिका आधारमा सोमबार छबँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो। सम्झौतापत्र अनुसार दुवैपक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूलभूत हित र महìवपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्।
सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल जारी
सत्ता साझेदार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका तर्फबाट उम्मेदवारीको सिट विभाजनबारे सोमबार पनि छलफल जारी रह्यो। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको शीर्ष नेताको बैठक दिउँसो २ बजेसम्म निरन्तर छलफल जारी रह्यो तर केही क्षेत्रमा सहमति नजुट्दा औपचारिक निर्णय हुन सकेन। दिउँसो ३ बजेपछि सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरूको बैठक बसे पनि निष्कर्ष आएन। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबीच सिट बाँडफाँटको विषयमा छलफल भइरहेको छ।
गणतन्त्रवादी नेता सिंहको स्मृति
गणतन्त्रवादी नेता स्वर्गीय रामराजाप्रसाद सिंहलाई स्मरण गरिएको छ । रामराजाप्रसाद सिंह स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार लैनचौर बैङ्क्वेटमा आयोजित १०औँ स्मृतिमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलगायतले स्व. सिंहको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।
विकास आयोजना सञ्चालनमा अलमल
सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य नहुँदा विकासका योजनामा दोहोरोपन हुने गरेको छ। समन्वय अभावमा सङ्घीय सरकारले सञ्चालन गरेका एउटै प्रकृतिको विकास योजना प्रदेश र स्थानीय तहले पनि सञ्चालन गर्दा योजनामा दोहोरोपना हुने गरेको हो। काठमाडौँ जिल्ला समन्वय समितिले सोमबार काठमाडौँ जिल्लाभित्रका तीनै तहका गत आर्थिक वर्षमा सञ्चालित योजनाको समीक्षा कार्यक्रममा तीनै तहका प्रतिनिधिले समन्वय अभावमा योजनामा दोहोरोपना हुने गरेको बताउनुभयो। सहभागी प्रतिनिधिले सङ्घीय र प्रदेश सरकारले आ
राष्ट्रपतिद्धारा स्रष्टाहरु सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सांस्कृतिक वैभव विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा सोमबार यहाँ आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव २०७९ पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो, “नेपाली भूमि ज्ञानभूमि हो। यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभव बाहिर निकालेर विश्वसामु चिनाउन अझ धेरै काम गर्न बाँकी छ। यसै भूमिमा अनादिकालदेखि सिर्जना भएका अनेकौँ दर्शन, ज्ञानग्रन्थ र औषधिविज्ञानको महìव उद्घाटन गर्नुपर्नेछ ।”
सत्य निरूपण विधेयकमा जुटेन सहमति
सशस्त्र द्वन्द्वका क्रममा निःशस्त्र व्यक्ति वा समुदायविरुद्ध लक्षित हत्यालाई मानव अधिकार उल्लङ्घनको गम्भीर सूचीमा राख्ने वा नराख्ने विषयमा विवाद भएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सहमति हुन सकेन। अनौपचारिक छलफल र परामर्शपछि सोमबार विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भए पनि प्रक्रिया टुङ्गिन नसकेको हो। विधेयक प्रस्ताव गर्ने विभागीय मन्त्री हत्यालाई गम्भीर मानव अधिकार उल्लङ्घनको सूचीमा राख्न सहमत भए पनि नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको अडानका कारण सहमति नभएको हो। अन्य दलहरूले भने हत्यालाई गम्भीर सूचीमा राख्न विधेयकमाथि संशोधन नै दर्ता गरेका छन्।
तालाबन्दी हुँदा तलब पनि बन्द
त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खुलाउन विश्वविद्यालयका विभिन्न ११ वटा महाशाखा प्रमुखले आन्दोलनकारीलाई आग्रह गरेका छन्। उहाँहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर वार्ताको माध्यमबाट समस्या समाधान गर्न पनि दुवै पक्षलाई अनुरोध गरेका छन्। विश्वविद्यालय प्रशासनसँग विभिन्न माग राखेर नेपाल विद्यार्थी सङ्घले त्रिविमा गत असार २७ गतेदेखि ताला लगाएको छ।
उनन्साठी मिटरब्याजीपीडित मुक्त
सरकारले ५९ जना मिटरब्याजीपीडित व्यक्तिलाई मिटरब्याजीबाट मुक्त गराएको छ। सात जना मिटरब्याजीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। सरकारद्वारा गठित मिटरब्याजी समस्या समाधान अध्ययन कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालका अनुसार सात जना मिटरब्याजी व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। अध्ययनमा एक सामान्य व्यक्तिले २३ जना मिटरब्याजीबाट पीडित भएको भन्दै कारबाहीका लागि उजुरी हालेका छन्। सरकारले मिटरब्याजीको विषयमा अध्ययन टोली गठन गरेपछि जिल्ला प्रशासनमार्फत यस्ता खालका उजुरी आएको फेला परेका छन् । सरकारले मिटरब्याजीको अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा कम्तीमा चार वा सोभन्दा बढी उजुरी परेका आरोपितहरूको सङ्ख्या ३३ जना रहेको उल्लेख छ।
नेपालको संघीय संसद र चीनबीच भएको समझदारीपत्र (पूर्णपाठ)
नेपालको संघीय संसदको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
‘महामारीले मानव प्रगतिलाई मेटाउने आँधीबेहरी ल्यायो’
युएनडीपीका अनुसार विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रुपले उल्ट्याउने काम गरेको छ ।
खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती
रुपन्देही सैनामैनाको ईगुरिया खोलामा पुल नबन्दा मानवीय क्षति भइरहेको छ । सो खोला तर्नेक्रमा पन्ध्र वर्षमा १० जनाको ज्यान गएको स्थानीयको भनाई छ । गत चार बर्षअघि रुपन्देही सैनामैना नगरपालिका ४५ वर्षिय हरिहर मल्लाह ७ बर्षिया छोरी लिएुर घर फर्किदा सो खोलाले बाउछोरीलाई बगाएको थियो । खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुको बिकल्प नरहेको स्थानीयले बताएका छन् ।
नेपालले पाकिस्तानलाई दुई करोड रुपियाँ सहायता दिने
सरकारले मित्रराष्ट्र पाकिस्तानलाई दुई करोड रुपियाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ ।
पाल्पा र स्याङ्जाको सङ्गम राम्दीमा नयाँ पुल बन्दै
पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ पुल बन्ने भएको छ । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्गका रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी धाममा नयाँ पक्की पुल बन्न लागेको हो ।
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढे
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढ्न थालेका छन् । यहाँ १३ जनामा डेङ्गु र ४१ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बैतडीले डेङ्गुको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त) बीच चुनावी तालमेल गर्ने सहमति
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)बीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।
अध्यक्ष ली चार दिने औपचारिक भ्रमणका लागि काठमाडौंमा
छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउनुभएकाे छ ।