प्रहरी हौं भन्दै लुटपाट गर्ने तीन पक्राउ
प्रहरी हौं भन्दै नगद लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३० लाख २३ हजार २०८ रुपियाँ लुटपाट गरेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
साल्मे सिस्नेरी पहिरोका कारण यात्रा कष्टकर
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडकखण्डमा गएको पहिरोका कारण यात्रा कष्टकर बनेको छ ।
कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य
कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवाद्वारा नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने उद्घोष
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो ।
सडक छेउका संरचना १० दिनभित्र हटाउन सियारी गाउँपालिकाको निर्देशन
सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय सरकारले धमाधम अभियान थालेका छन् । बुटवल, तिलोत्तमा र सियारीले सूचना नै जारी गरेर संरचना हटाउन आग्रह गरेको हो ।
सेवा शुल्क घटाउन प्रशासनको निर्देशन
पासपोर्ट र राष्ट्रिय परिचयपत्रको सेवा शुल्क घटाउन र गुणस्तर बढाउन सम्बन्धित साइवर व्याबसायी, सेवा केन्द्रका जिम्मेवार सञ्चालकलाई जिल्ला प्रशाासन कार्यालय धादिङले निर्देशन दिएको छ ।
नागढुङ्गा–नौबिसे सुरुङमार्ग : मुआब्जा अझै बाँकी
नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन। पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ ।
सामाजिक उत्थानका आयोग सक्रिय
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले सबै नेपालीको हक, अधिकार समान हुने बताउँदै दलित, मधेशी, अपाङ्गता, पिछडिएको वर्गको उत्थानका लागि आयोगले माध्यमका रूपमा काम गर्ने बताउनुभएको छ।
प्रतिनिधि सभाबाट पारित नहुने
नियमावली निलम्बन गरेर विधेयक पारित प्रक्रियामा सहमति नभएपछि केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको बाँकी अवधिमा फिर्ता नहुने निश्चित भएको छ। कार्यकाल अन्योलता जारी रहेकै बेला विधेयक नियमित प्रक्रियाबाट अघि बढाइएको हो। नियम निलम्बनको प्रस्तावमा कार्यव्यवस्था परामर्श समितिमा सहमति नभएको हो । उत्पत्ति भएको सदनमा फिर्ता भई प्रमाणित गरेर नपठाएसम्म प्रमाणीकरणको प्रक्रिया अघि बढ्न सक्दैन। असोज १ सम्म विधेयक प्रतिनिधि सभामा फिर्ताको अवस्था छैन। यसअघि धेरै विधेयकमा नियम निलम्बन गर्ने सरकारको प्रस्ताव मानेको माथिल्लो सभाले यो पटक सरकारको प्रस्ताव अस्वीकार गरेको हो।
जग्गा वितरण गर्न रोक
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ।
भेटियो सिनेमाघरले छोपेको टुकुचा
दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि टुकुचा खोला भेटिएको छ । प्राकृतिक टुकुचालाई छोपे पनि टुकुचाको पानी बग्ने सानो नाला निर्माण गरी जग्गा भोगचलनमा रहेको छ । काठमाडौँ महानगरपालिकाले बिहीबार सो सिनेमाघरको कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार हुँदै बग्ने गरेको टुकुचा खोला मिचेर सिनेमाघरले जग्गा भोगचलन गरेको भेटिएको छ ।
म्यादी प्रहरी भर्ना सुरु
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको छ। गृह मन्त्रालयले गत आइतबार निर्वाचन विशेष सुरक्षा योजना पारित गरेसँगै निर्वाचन सुरक्षा तयारी अघि बढेको हो। जसअनुसार बिहीबारदेखि निर्वाचन सुरक्षाका लागि आवश्यक एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ।
उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप
बाँकेको नरैनापुर गाउँपालिकाले २६ जना उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । विद्यालयले उत्कृष्ट काम गरेकालाई सम्मान र पुरस्कृत गरिएको पालिकाले जनाएको छ ।
उखुको अनुदान रकम व्यवस्था, कृषकहरू खुसी
सर्लाहीको चिनी उद्योगमा गएको वर्ष उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ ।
१२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।
गठबन्धनका उम्मेदवारबारे एक सातामा टुङ्गिन्छ : पूर्वप्रम खनाल
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अबको एक साता भित्रमा पाँच दलीय गठबन्धन टुङ्गो लाग्ने बताउनुभएको छ ।
म्यादी प्रहरीमा भर्ना हुनेको घुँइचो (फोटो फिचर)
म्यादीमा भर्ना हुन आवेदन दिन प्रहरी प्रधान कार्यालय टेकुमा ठूलो सङ्ख्यामा युवकयुवतीको भीड लागेको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना लागू, लापरबाही नगर्न आग्रह
नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार चाडपर्व लक्षित १९ बुँदे सुरक्षा योजना बुधबारदेखि लागू भएको हो । चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्न निर्देशन मात्रै होइन मनिटरिङ्ग पनि हो उहाँले भन्नुभयो ।
नेपाललाई समृद्ध मुलुकको रूपमा दक्षिण एसियामा चिनाउने प्रतिबद्धता
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
तीन दिन भारी वर्षा हुने, सुदूरपश्चिमका जिल्ला बाढीको जोखिममा
वर्षाका कारण सुदूरपश्चिम प्रदेशका बैतडीसहित सात जिल्लाका नदीमा बिहीबारदेखि तीन दिन पानीको जल सतह उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन सूचना जारी गरेको छ ।
तनहुँको विपन्न समुदायलाई २८६ वटा सुरक्षित घर
तनहुँको भानु नगरपालिका–४ निवासी गोरे सार्की दुई कोठे पक्की घर पाएपछि खुसी हुनुहुन्छ । पक्की घर बनेपछि बस्ती वरपर घरिघरी चितुवा आइरहने छाप्रोमा बस्नु पर्दा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डर हटेको उहाँ बताउनुहुन्छ ।
सुशासन र पारदर्शितामा चुक्दै गैरसरकारी संस्था
गैरसरकारी संस्थाहरुले नियमित रुपमा सार्वजनिक सुनुवाई नगरेको पाइएको छ । समुदायका हकहितका लागि र विकास निर्माणसम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका संस्थाहरुले सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ तथा सम्बन्धित नियमावली –२०६५ मा सार्वजनिक सुनवाइको कार्यविधिअनुसार जिल्लामा सार्वजनिक सुनवाइ नगरेको पाइएको हो ।
कर्मचारीकाे छैन काम गर्ने जाँगर, चल्छ प्रशासन प्राविधिककाे भर
जिल्लाको केही स्थानीय तहहरूले प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा लगाएका छन् । पशु प्राविधिक, स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारी तथा कृषि प्राविधिकलाई प्रशासनिक काममा लगाएको बताइकाे छ ।
मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा भौतिक प्रगति न्यून
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ ।