सुपथ मूल्यको पसल : ६० रुपियाँसम्म छुट पाइने
असोज १ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलमा सात रुपिँयादेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
पहिरोमा ज्यान गुमाएकाको तीन दिनपछि दाहसंस्कार
पहिरोमा पुरिएर मृत्यु भएका तुर्माखाँद गाउँपालिका –५ नाडाको काँडाकोटका नौ जनाको आज सोमबार कर्णाली नदीमा परम्पराअनुसार सामुहिक दाहसंस्कार गरिने भएको छ । मृत्यु भएको स्थानबाट तीन घण्टा पैदलमा शव लिएर कर्णाली नदी छेउमा दाहसंस्कार गरिने स्थानीय नरेशकुमार शाहीले जानकारी दिनुभयो ।
ओखलढुङ्गाका चार कैदीबन्दीको कैद मिनाहा
ओखलढुङ्गाका चार कैदीबन्दीको कैद मिनाहा गरिएको छ । आठौँ संविधान दिवसको अवसरमा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका चार जना कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।
वैयक्तिक स्वतन्त्रताको सम्मान गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले वैयक्तिक स्वतन्त्रता र गोपनीयताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । निलम्बनमा रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार अदालत जाने तयारीका क्रममा सुरक्षाकर्मीले घरबाट निस्कन नदिएको भन्दै आयोगले आवतजावत गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको हो ।
विराटनगर विमानस्थल विस्तारको काम स्थगित
सरकारले विराटनगर विमानस्थल विस्तारको काम तत्काल अघि नबढाउने भएको छ। गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सो विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको करिब १२७ बिघा जमिन अधिग्रहण नगर्ने निर्णय गरेपछि विस्तारको काम तत्काल रोकिने भएको छ। जग्गा अधिग्रहणको काम तत्काल नगर्ने भएको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार जानकारी दिनुभयो।
पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक
प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले तयार पारेको अध्ययन प्रतिवेदन आइतबार ग्रहण गर्नुहुँदै प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभएको हो।
दुई लाख ४६ हजार कर्मचारी आवश्यक
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिब दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिब ५० हजारले बढी हो। सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ।
अधिकांश दलले आज बन्दसूची पेस गर्ने
आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन्। निर्वाचन आयोगले असोज २ गते आइतबार र ३ गते सोमबार गरी दुई दिनभित्र बन्दसूची बुझाउन समय तोकेको छ। समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार प्रतिनिधि सभा सदस्यतर्फ दुईवटा दलले मात्रै बन्दसूची पेस गरेका छन्। समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले प्रतिनिधि सभातर्फ दुई र तीनवटा प्रदेशका लागि एक÷एक राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेको जानकारी दिनुभयो।
राष्ट्रपतिद्वारा संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित
नेपाल सरकार गृह मन्त्रालय सम्मानित राष्ट्रपतिबाट २०७९ असोज ३ गते संविधान दिवसका दिन देहायका महानुभावहरुलाई ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न होड
सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्। दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न सिंहदरबार आएका जनप्रतिनिधिले आफ्नो नीति, योजना, कार्यक्रम, कतिपय व्यक्तिगत र पार्टीगत काम सहज रूपमा गर्ने प्रतिबद्धता जनाएपछि मात्र कर्मचारी लैजाने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने पटक पटक सिंहदरबार धाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत पाउन सक्दैनन्।
सिसिटिभी क्यामेरा जडान नहुँदा चोरीका घटना बढ्दै
सैनामैना नगरपलिकाको पूर्व–पश्चिम राजमार्गको सुरक्षा व्यवस्था चुस्त बनाउने उद्देश्यले खरिद गरिएका सीसीटीभी क्यामरा ६ महिना बित्दा पनि अहिलेसम्म जडान भएको छैन ।
विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण नहुने
नेपाल सरकार भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने पूर्व निर्णय फिर्ता लिएको छ ।
सीमा नाकामा तस्करी रोकिएन
सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत भए पनि तस्करी रोकिएको छैन।
बैतडीमा एक हजार म्यादी प्रहरीको माग
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा एक हजार म्यादी प्रहरीको माग भएपछि भर्ना हुनेको भीड लागेको छ । निर्वाचन सुरक्षाका लागि बैतडीमा एक हजार ५१ जना म्यादी प्रहरी भर्ना गरिने बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
आवासको हक : ऐन प्रमाणीकरण भएको चार वर्षसम्म बनेन नियमावली
नेपालको संविधानमा उल्लेखित मौलिक हक तीन वर्षमै कार्यान्वयन भई सक्नुपर्नेमा अहिलेसम्म पनि कार्यान्वयन गराउने आधार अर्थात् आवश्यक नियमावली बनाउन सकिएको छैन ।
बाढी पहिरो प्रभावितलाई राहत कमी हुन दिन्नौं : मन्त्री रावल
सुदूरपश्चिम प्रदेश सरकारले अछामको पहिरो प्रभावित परिवारलाई चाँडै राहत वितरण गर्ने जनाएको छ । तुर्माखाँद, ढकारी गाउँपालिका र कमल बजार नगरपालिकामा गरी पहिरोमा परी अहिलेसम्म २२ जनाको ज्यान जानूका साथै केही बेपत्ता र घाइते भएको घटना अत्यन्त दुःखद् रहेको आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताउनुभयो ।
चिनियाँ कम्पनीको अनुपस्थितिमै चक्रपथ विस्तारको काम सुरु
चिनियाँ कम्पनीको अनुपस्थितिमा सरकारले चक्रपथ बिस्तार आयोजनाको दोस्रो चरणको काम अघि बढाएको छ । दोस्रो चरणको सडक विस्तारमा चिनियाँ पक्षको आनाकानीका कारण विस्तारले भने अझै गति लिन सकेको छैन ।
एकैदिन सात हजारले लिए , टिकट लिनेको घुँइचो
दशैँका लागि सङ्घीय राजधानी काठमाडौँबाट घर फर्किन टिकट बुकिङ खुलेको पहिलो दिन करिब सात हजार यात्रुले अग्रिम टिकट लिएका छन्। कोभिडपछिको उत्साहजनक हुने देखिएको दशैँमा यात्रुको चापलाई आधार मानेर यातायात व्यवसायीहरूले गन्तव्यअनुसार नियमित रुटबाहेक थप सवारीसाधनको व्यवस्था गर्ने भएका छन्।
सकियो कार्यकाल
सङ्घीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । एकैसाथ निर्वाचन भएका सातवटा प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि समाप्त भएको छ । आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएपछि २०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो । चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधि सभामा सुनाइएको छ ।
तीन दिनमा पर्ने पानी तीन घण्टामा
दुई दिनदेखिको अविरल वर्षापछि अछामका पाँचवटा पहाडी बस्तीमा शुक्रबार मध्यरात पहिरो खस्यो । सबैभन्दा ठूलो क्षति तुर्माखाँद गाउँमा भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले जानकारी दिनुभयो । तुर्माखाँद गाउँपालिका–५, ढकारी गाउँपालिका–५, नाडागाउँ, कमलबाजर नगरपालिका ६ र ८ का गरी पाँच बस्तीमा राति पहिरो खसेको अछाम जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनराज आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई दिनदेखि निरन्तरको वर्षा जारी थियो, शुक्रबार एकैचोटि ठूलो वर्षा भएकाले पहिरो गयो ।”
निर्वाचन प्रक्रिया आजदेखि
नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु हुँदै छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दै छ । प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले दुई महिना अगाडिदेखि नै सुरु गरिसकेको छ तर बन्दसूची पेस गर्ने समयदेखि मतदानसम्म आइतबारदेखि ६३ दिन बाँकी छ ।
जबरालाई महाभियोग सिफारिस
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित भएको छ । प्रस्तावकसमेत रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सदस्यले बहुमतका आधारमा महाभियोग लाग्ने प्रतिवेदन तयार पारेका छन् । प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका सदस्यले भने प्रमाण बुझ्ने र सङ्कलित तथ्यको विश्लेषण बाँकी रहेकाले निष्कर्षसहितको प्रतिवेदन तयारीको विपक्षमा मत राखेका छन् । सत्तापक्षका छ सांसदले नौबुँदे आधार र कारण तथा दुईबुँदे सुझावसहित प्रतिवेदन पेस गरेका हुन् । प्रतिपक्षले आठबुँदे फरक मत राखेको छ ।
सरकार–मिटरब्याजी सहमति
विगत डेढ महिनादेखि काठमाडौँ माइतीघरमा सङ्घर्षरत मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले आन्दोलन स्थगित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा शनिबार गृह मन्त्रालय र सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
दशभुजायुक्त भगवती देवीको मन्दिर
काठमाडौँ जिल्लाको हनुमान ढोका दरबार स्क्वाएर नजिक रहेको मरु टोलमा अवस्थित भगवती देवीको मन्दिर । यसलाई दशभुजायुक्त देवीको मन्दिर पनि भनिन्छ ।