‘लोकतान्त्रिक सिद्धान्तलाई नेपालले मान्यता दिएको छ’
नेपालले लोकतान्त्रिक सिद्धान्तलाई अक्षरशः मान्यता दिएको धारणा संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरेको छ। राष्ट्रसङ्घको सदस्य मुलुकका हैसियतले सरकारको तर्फबाट प्रतिनिधित्व जनाउँदै परराष्ट्र सचिव भरतराज पौड्यालले ७७औँ महासभाको उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक समारोहमा नेपालको संविधानले सर्वस्वीकार्य लोकतान्त्रिक सिद्धान्तलाई अङ्गीकार गरेको बताउनुभयो ।
वीर अस्पतालअगाडिका औषधि पसल हटाउन निर्देशन
वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हट्ने भएका छन्। काठमाडौँ महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको छ तर फार्मेसी सञ्चालकले भने महानगरपालिकाले भने जस्तो २४ घण्टाभित्र औषधि पसल (फार्मेसी) हटाउन नसकिने बताएका छन्।
आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण
एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा आएको गिरावट, मुद्रास्फीति, आयात प्रतिबन्धजस्ता कारणले सन् २०२३ मा नेपालको वृद्धिदर केही घट्ने प्रक्षेपण गरेको जनाएको छ ।
गाउँका सिंहदरबारमा धेरै भ्रष्टाचार
सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको अधिकार स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य गतिविधि पनि उतै सरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०७८÷७९ को आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आयोगले सोही प्रतिवेदनको जानकारी पत्रकार सम्मेलन गरी गराएको हो ।
दशैं मनाउन दैनिक तीन हजार नेपाली घर फर्किंदै
हिन्दुहरुको महान पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं–तिहार मनाउन सो संख्यामा नेपाली स्वदेश फर्केका हुन् ।
बिहीबारदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने
निर्वाचन आयोगले भोलिदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नमावली संकलन तथा अद्यावधिक गर्नेभएको छ ।
ग्रामीण महिला आङ खस्ने समस्याबाट पीडित
महोत्तरीका ग्रामीण महिला यौन रोग तथा प्रजनन् स्वास्थ समस्याबाट लामो समयदेखि पीडित छन् । परीक्षणका क्रममा स्थानीय महिला पाठेघर मुखको क्यान्सर, आङ खस्ने, यौनजनित रोग तथा अनियमित महिनाबारीजस्ता समस्याबाट पीडित रहेको चिकित्सकको भनाइ छ ।
उपचारका लागि डा. केसी काठमाडौं प्रस्थान
स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. गोविन्द केसी थप उपचारका लागि बुधबार काठमाडौं प्रस्थान गर्नुभएको छ । आफ्नै खर्चमा उहाँ काठमाडौं जान तयार हुनु भएपछि उहाँलाई आज बुधबार काठमाडौं लगिएको हो ।
प्युठानका ८९० उम्मेदवारलाई जरिवाना
स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने प्युठानका जनप्रतिनिधि तथा उम्मेदवारलाई जरिवाना तोकिएको छ । उम्मेदवार बनेर तोकिएको समयमै निर्वाचन खर्च विवरण नबुझाएका ८ सय ९० जनालाई कारबाही स्वरुप जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देवीराम पाठकले जानकारी दिनुभयो ।
प्राधिकरणले जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण विस्तार गरिँदै
नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ ।
इण्डोनेसियामा ट्रेड एक्स्पो हुने
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो ।
साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ ।
चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुखविरुद्ध आरोपपत्र दायर
जुम्ला चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालत काठमाडौं आरोप पत्र दायर भएको छ ।
‘राष्ट्रपतिबाट सङ्घीय संसद्को घोर अपमान र अवमूल्यन भयो’
पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रपतिको गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको सङ्घीय संसदको अपमान र अवमूल्यन भएको निष्कर्ष निकालेको छ ।
निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्रमै
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमै रहने भएका छन्। यद्यपि सदरमुकाम नजिक र पायक रहेका कतिपय निर्वाचन क्षेत्रमा भने अधिकृतको कार्यालय सदरमुकाममा नै रहने निर्वाचन आयोगले निर्णय गरेको छ। यसअघिका निर्वाचनमा भने जिल्लाको सदरमुकाममा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएको थियो।
‘सन् २०२५ सम्म सबै सेवा डिजिटल’
सरकारले सन् २०२५ सम्म सबै किसिमका सरकारी गतिविधिलाई डिजिटल प्रणालीमार्फत सञ्चालन तथा कार्यान्वयन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत सुधार र नयाँ कानुन बनाएर सन् २०२५ सम्म सबै गतिविधिलाई डिजिटल रूपमा जोड्ने लक्ष्य राखेको बताउनुभएको हो।
राष्ट्रसङ्घ महासभामा उच्चस्तरीय सत्र सुरु
संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा मङ्गलबारदेखि उच्चस्तरीय सत्र सुरु भएको छ। यो सत्र एक साता चल्ने संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ। यस सत्रमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू नेपालसहितका मुलुकले भाग लिनेछन्। यस सत्रलाई विश्वका फरक धु्रव र देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखका लागि विभिन्न विषयमा बहस गर्ने महìवपूर्ण मञ्च मानिन्छ। कोभिड महामारी, रुस–युक्रेन युद्ध र शक्ति राष्ट्र मुलुकहरूबीचको बढ्दो द्वन्द्वका बीच हुन गइरहेको यस पटकको यो सत्र यस कारणले पनि विशेष मानिन्छ।
नेपाल–चीन सम्बन्ध नयाँ चरणमा पुर्याउने चाहना
चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँग चीनले मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारीको सम्बन्धलाई नयाँ चरणमा पु¥याउने चाहना व्यक्त गर्नुभएको छ। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासमा उच्च महत्व दिँदै एकअर्कासँग मिलेर विकास तथा समृद्धिउन्मुख युगौँयुगसम्म चल्ने मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारीलाई नयाँ चरणमा पु¥याउने इच्छा व्यक्त गर्नुभएको हो।
अठार सयको आँखा जाँच, दुई सय ५० जनाको शल्यक्रिया
राधा लुइटेलफिदिम, असोज ४ गते । पाँचथरको फिदिममा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ५० जनाको अप्रेसन गरिएको छ। मोतियाबिन्दु र आँखामा ऐजेरु पलाएका यत्तिका बिरामीको आँखा अप्रेसन गरिएको हो।शिविरमा १ हजार ८ सय ६ जनालाई आँखा जाँच गरेर औषधि वितरण गरिएको छ। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको परोपकारी संस्था जनसेवा समाजको आयोजनामा असोज १ गतेदेखि आँखा शिविर सुरु गरेको थियो। शिविरमा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक तथा नेपाली सेनाको रणशेर गणले स्वयंसेवी भूमिका निर्वाह गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।शल्यक्रिया गरिएका बिरामीका आँखाको पट्टी खोलेर अन्तिम परीक्षणसँगै असोज ५ गते बुधबार शिविरको औपचारिक समापन गरिने अधिकारीको भनाइ छ।
'प्रेमगीत–३’ बारे कलाकार पक्ष विपक्षमा
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत–३ लाई लिएर विवाद चर्किदैगएको छ । चलचित्र प्रेमगीत ३ को बारेमा चलचित्रकर्मी, कलाकारलगायत चलचित्र विकास बोर्डसमेत बहसमा तानिएको छ ।
जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।
रुखमा कार ठोक्किँदा २ को मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० स्थित सैनिक चौकमा मंगलवार बेलुका ४ ः १० बजे कार अनियन्त्रित भई दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ ।
काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन
चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ ।
नेपाली व्यवसायको प्रतिस्पर्धामा अमेरिकाको लगानी
अमेरिकाले मङ्गलवार युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापका लागि नेपालको निजी क्षेत्रमा लगानी गर्न सुरु गरेको छ ।