एमालेसँग एक्लै भिड्ने कोही शक्ति छैन : नेता रायमाझी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नभएको दावी गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले कांग्रेससँग गठबन्धन गरेर अस्तित्व रक्षा गर्नमा लागेको बताउनुभयो ।
प्रयोगकर्ता सचेत नहुँदा डिजिटल ठगी
फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दै विभिन्न शारीरिक र मानसिक तनाव दिने गरेका घटनासमेत बढ्दै गएका छन्।
बस र ट्रक एक आपसमा ठोक्किँदा एकको मृत्यु, ४९ घाइते
कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।
बलात्कारपछि महिलाको हत्या
शुक्रबार दिउँसो घाँस काट्न निस्केकी महोत्तरी मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको शव हत्या गरिएको अवस्थामा भेटिएको छ।
बजारका अस्तव्यस्त तार व्यवस्थापन गरिँदै
झापा दमकको मुख्य चोक तथा बजार क्षेत्रमा अस्तव्यस्त राखिएका विभिन्न इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारसहित बिजुलीको तार व्यवस्थापनको काम सुरु भएको छ ।
दशैँका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौं ल्याइँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।
उपभोक्ता ठगीपछि बजार अनुगमन तीव्र
उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई रु. दुई लाख जरिवाना गर्यो ।
कवि कैलाशकुमार पाण्डेयको ‘आकाश छुने रहर’ बजारमा
कवि कैलासकुमार पाण्डेयको नवीनतम कविताकृति ‘आकाश छुने रहर’ बजारमा आएको छ । गीत, गजल र कवितामा यसअघि नै चार कृति प्रकाशित गरिसकेका पाण्डेयको आकाश छुने रहर पाचौँ कृति हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।
कृषिमा विद्यार्थीको आकर्षण बढ्दो
पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ ।
काठमाडौंका सडकको दुरवस्था (फोटो फिचर)
जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँ दिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ ।
लेक लाग्न थालेपछि खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा
बझाङको खप्तडछान्ना –५ कृष्णा जोशी गत शुक्रबार ओरालु (सैन डाँडामा) मेलाका लागि अघिल्लै दिन खप्तड जानुभयो ।
बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला
गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक ।
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
मृत्यु हुनेमा कनकाई नगरपालिका–४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका–४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेका छन् ।
बर्दिवासमा तस्करीका काठ बरामद, मिल सञ्चालक फरार
सव डिभिजन वन कार्यालय औरहीले रामगोपालपुर नगरपालिका–५ स्थित जय माँ काष्ठ उधोगमा शनिबार छापा मारेर साखु जातको करिव ३० क्युफिट काठ नियन्त्रणमा लिएको छ ।
गोरखापत्रमा विदेशी पत्रकारद्वारा अवलोकन
दक्षिण एसियाली पत्रकारका लागि एक सातादेखि काठमाडौँमा आयोजना भइरहेको कार्यशालाका सहभागी पत्रकारले शुक्रबार गोरखापत्र संस्थानको कार्यालयको अवलोकन गरेका छन्। अमेरिकास्थित इन्टरनेसनल सेन्टर फर जर्नालिज्मले आयोजना गरेको कार्यशालामा दक्षिण एसियाका ३८ जना पत्रकार सहभागी छन्। उनीहरूले गोरखापत्र र यसका सहप्रकाशनहरूको अवलोकन गर्दै छपाइ, वितरणलगायतका बारेमा जानकारी हासिल गरेका थिए।
डा. केसीका माग सम्बोधन गर्न आग्रह
२०औँ सत्याग्रहमा रहनुभएका प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न चिकित्सा क्षेत्र सम्बद्ध सङ्गठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। विभिन्न सङ्गठनले शुक्रबार विज्ञप्तिमार्फत स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सुधारका विविध माग राखेर प्रा.डा. केसी १२ दिनदेखि आमरण अनशनमाबसिरहनु भएको उल्लेख गर्दै गरिब, विपन्न जनतासँग जोडिएका उहाँका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग युरोपेली सङ्घको संसदीय प्रतिनिधिमण्डलले शुक्रबार भेटवार्ता गरेको छ । युरोपेली संसद्का उपाध्यक्ष इभलिन रेगनरको अध्यक्षतामा नेपाल भ्रमणमा रहेको सङ्घको प्रतिनिधिमण्डलले मन्त्री खड्कासँग भेट गरेको हो । भेटवार्तामा वातावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, व्यापार तथा लगानीका क्षेत्रमा भएका र सम्भावित सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रिटमा आइतबार सुनुवाइ हुने
नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणको आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सरेको छ । शुक्रबारका लागि तोकिएको पेसी हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ असोज ९ गतेका लागि तोकिएको छ । नागरिकता विधेयक प्रमाणीकरणको परमादेश माग गर्दै सर्वोच्चमा पाँचवटा रिट दर्ता भएका छन् । डा. सुनीलरञ्जन सिंह, सागर बराल, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले रिट दायर गर्नुभएको थियो ।
अख्तियारद्वारा २४ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा शुक्रबार विभिन्न जिल्लाका २४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेतको साबिकको घुमखहरे गाउँ विकास समिति (हाल गुर्भाकोट नगरपालिका)का सचिव खड्कबहादुर रोकायाले मोटर सिँचाइ आयोजनामा अनियमित तरिकाबाट उपभोक्ता समितिलाई पेस्की रकम दिएको आरोपमा आयोगले मुद्दा दायर गरेको छ। यस घटनामा संलग्न भएको आरोपमा सोही गाउँ विकास समितिका तत्कालीन सचिव देवीलाल सुनार, तत्कालीन प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध पनि मुद्दा दायर गरेको छ।
समकक्षता निर्धारणमा नयाँ व्यवस्था
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम ग्रेड नपुगी विदेशी शिक्षण संस्थामा अध्ययन गरेकाको पनि शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण हुने भएको छ। त्यसरी समकक्षता निर्धारण गरिदिन राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले निर्णय गरेको छ। परिषद्को अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ।
दशैँमा धरहरा चढ्न नपाइने
सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिनुभयो ।
'खोल्सीको सुन’ अलैँचीले मूल्य पाएन
महंगोमा बिक्न थालेसँगै खोल्सीको सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ।
सुविधा सम्पन्न आँखा अस्पताल उद्घाटन
धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको उदघाटन भएको छ । नवनिर्मित रेयुकाई एईको मसनागा आँखा अस्पतालको उदघाटन शुक्रबार एक समारोहबीच अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडका अध्यक्ष स्कट हेमिल्टनले गर्नुभएको हो ।