नदीमा माछा मार्न गएका पुरुष बेपत्ता
पुथाउत्तरगङ्गा गाउँपालिका –८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता हुनुभएको छ । हिजो बिहीबार बिहान माछा मार्न गएका मल्ल साँझसम्म घर नफर्केपछि खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।
शिक्षक सोडारीमाथि अख्तियारको आरोपपत्र दायर
कैलालीको धनगढी उपमहानरपालिका –९, देवहरियास्थित शिव निम्न माध्यमिक विद्यालयमा कार्यरत राहत शिक्षक गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप–पत्र दायर गरेको छ ।
एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड
स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् ।
बजेट रकमान्तर निकासाबारे जवाफ दिन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन
निर्वाचन आयोागले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ ।
नागरिकता विधेयकमा सरकारको कमजोरी : नेता भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
प्रहरी तालिममा एकेडेमीले सहयोग पुग्नेछ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुने नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणले नेपाल प्रहरीका अधिकृतको तालिमलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
परिमार्जित पाठ्यक्रम लागू भएका विद्यालयको अनुगमन
अठ्ठाइस जिल्लामा परीक्षणका लागि लागू भएको कक्षा ५ को पाठ्क्रमको अनुगमन गर्न पाठ्क्रम विकास केन्द्रका निर्देशकसहितको टोली बैतडी पुगेको छ । शैक्षिकसत्र २०७९ बाट सुदूरपश्चिम प्रदेशको बैतडी र अन्य प्रदेशका हिमाल, पहाड र तराई गरी २८ वटा विद्यालयमा कक्षा ५ को परिमार्जित पाठ्क्रम लागू भएको छ ।
‘झुटा सूचनाको प्रसारण चुनौतीपूर्ण’
राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताउनुभएको छ। प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले विश्वव्यापी चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले पत्रकारिताको पेसागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका निर्वाह गरिरहने पनि बताउनुभयो।
घट्दै अख्तियारको पक्षमा फैसला
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दामा आयोगको पक्षमा फैसला हुने क्रम घट्दै गएको छ। आर्थिक वर्ष २०७५/७६ मा सो अदालतमा दायर गरिएका मुद्दामध्ये ८८.२४ प्रतिशत आयोगको पक्षमा फैसला भएको थियो तर आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा यो क्रम घटेर ३८.५१ प्रतिशतमा सीमित भएको छ। यो पछिल्लो १३ वर्षमा भएका फैसलाको सबैभन्दा कम हो।
मनास्लुमा प्याराग्लाइडिङ
विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ।
अनुमति नलिई कर्मचारी सरुवा नगर्न आयोगको निर्देशन
निर्वाचन आयोगले अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो निर्देशन गर्नुभएको हो ।
रुकुमपूर्वमा बस दुर्घटना : एकै घरका दुईसहित पाँच जनाको मृत्यु
जयमान बुढा मगररुकुमपूर्व, असोज ६ गते। रुकुमपूर्वमा बस दुर्घटना हुँदा एक घरका दुईसहित पाँच जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो। दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा दुई गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो। जिल्लाकै सिस्ने गाउँपालिका–६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका एक छोराको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिनुभयो। लक्ष्मीका दुई वर्षीय छोरा सिजन खड्काको मृत्यु भएको हो। यसैगरी बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको छ। काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ। चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो। घाइते सात जनाको रुकुमपूर्व रुकुमकोट अस्पतालमै उपचार भइरहेको छ। (यो समाचारमा यसअघि प्रकाशित विवरणमा त्रुटि भएकाले सच्याइएको छ । –सम्पादक)
सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षाको विषयमा छलफल
काठमाडौं, असोज ६ गते । निर्वाचन सुरक्षाका विषयमा सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ। बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच छलफल भएको हो। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन – २०७९ सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक गर्दै नेपाली सेनाले जानकारी गराएको छ। नेपाली सेनाका उच्च तहका अधिकृतको समेत सहभागिता रहेको छलफलमा समग्र सुरक्षा अवस्थाको समीक्षा भएको र आगामी निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे अन्तरक्रियात्मक छलफल भएको छ।यसका साथै सबै सुरक्षा निकायका प्रमुखबीच आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग : काम रोक्न निर्देशन
मध्य पहाडी पुष्पलाल राजमार्गको दैलेख–लोहोरे सडक खण्डको किमुगाउँमा लगाउन सुरु गरेको पलम कंक्रिटवालमा गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाउनुभएको छ ।
वीर अस्पताल आसपासका अनधिकृत संरचना महानगरले हटायो (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास बसेका अनधिकृत संरचना हटाएको छ ।
राम्दीको पुलसँगै जोडिएको महँगी
गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रुपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
यस वर्ष दशैँका लागि काठमाडौंबाट बढी यात्रु बाहिरिने
गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
संघीय व्यवस्थाको विरोध गर्नु हुँदैन : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शहर बजारका होटल तथा रेष्टुराँमा बसेर लोकतान्त्रिक संघीय ब्यवस्थाको बिरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ । बिहीबार धनगढीमा आयोजित मुख्यमन्त्रीसँग सिधाकुरा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
चार महिनापछि बेँसी झरे गोठाला
हिउँदमा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् ।
बन्दुक देखाएर लुटपाट
बुधवार राति १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित विरेन्द्रजंङ्ग शाहीको घरमा अज्ञात समूहले प्रवेश गरि बन्दुक देखाई घरका सबैलाई बन्धक बनाएर लुटपाट गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।
जाइकाले सोह्र अर्ब दिने
काठमाडौँ र पोखराको विद्युत् वितरण तथा प्रसारण पूर्वाधार निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १४ अर्ब २० करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । यसैगरी जाइकाले पूर्वी नेपालको चन्द्रनहर पुनस्र्थापना गर्न दुई अर्ब रुपियाँ अनुदानसमेत उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति : विवादित कामको शृङ्खला
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले जोगाउनुभएको राष्ट्रपति पदको साख र गरिमा वर्तमान राष्ट्रपति भण्डारीले रक्षा गर्न नसकेको टिप्पणी संविधानका ज्ञाता र राजनीतिक दलका प्रमुख नेताहरूबाट भइरहेको छ । सत्ता साझेदार दल, प्रतिपक्षीसहित विभिन्न राजनीतिक दलले राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भएको निष्कर्षसहित विरोध गरेका छन् । उपराष्ट्रपति र पूर्वराष्ट्रपतिबाट समेत विरोध भएको छ ।
‘संवैधानिक प्रावधान उल्लङ्घन’
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी संविधानको मर्म, भावना र प्रावधानको गम्भीर उल्लङ्घन गर्नुभएको धारणा प्रजातान्त्रिक विचार समाजले प्रस्तुत गरेको छ।