बाँकेमा दुर्घटना रोक्न चाडपर्वलक्षित अभियान सुरु
नजिकिंदै गरेको दशैं–तिहार लगायतका चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी बाँकेले दैनिक चेकजाँचलाई तिव्र पारेको छ । जिल्लामा दुर्घटना हुन नदिन बाँके ट्राफिक प्रहरीले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमता जाँच लगायतमा ध्यान दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले बताउनुभयो ।
विद्यालयमा तालाबन्दी, विद्यार्थीलाई तनाव
त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा तालाबन्दी गरिएको छ । विद्यालय हाताभित्र रहेका सटरहरू व्यवसाय प्रयोजनमा दिनेगरेको टेन्डरमा कानुनी प्रक्रियाअनुसार सम्झौता गरेको ६ महिना पुग्दा समेत सुनुवाइ नभएको भन्दै विद्यालय प्रशासनमा व्यवसायीले तालाबन्दी गरेका हुन् ।
बाँकेका क्रसर उद्योगको छड्के, दुई ट्याक्टर नियन्त्रणमा
बाँकेका विभिन्न नदी र खोलाबाट व्यापक रुपमा अवैध तरिकाले नदीजन्य पदार्थ सङ्कलन र ओसारपसार भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति बाँकेले मंगलबार बाँकेका नदी, खोला र क्रसर उद्योगको छ्ड्के अनुगमन गर्दा त्यस्तो पाइएको समितिले जनाएको छ।
काभ्रेको साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गरिने
छिमेकी देश भारतमा रहेको अर्ध नारेश्वरधामको प्रतिमा नेपालमा पनि स्थापना गरिने भएको छ । काभ्रेको नेपाल प्रहरी स्कुल साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्न लागिएको अर्ध नारेश्वरधामकी नेपाली प्रतिनिधि प्रमुख राज्यलक्ष्मी शाक्यले बताउनुभयो ।
अस्थायी मतदाता नामावली सङ्कलन गर्दै आयोग
मङ्गलवार आयोगले सार्वजनिक गरेको अस्थायी मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यक्रममा असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन हुने छ ।
सञ्चालनमा आउन सकेन चिस्यान केन्द्र
खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) का रुपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन् । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण भई उदघाटन गरेको ६ महिना बित्दा पनि सञ्चालनमा आउन नसकेको हो ।
एक हजार सात सयभन्दा बढी नयाँ सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र
भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० बढी नयाँ साना ठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र अवस्थामा रहेका छन् ।
“आकाश हेरेर सुत्ने समय यकिन हुन्छ”
खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नै हुन्न तर्सिहाल्नुहुन्छ । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहनुहुन्छ ।
विपद्को पूर्वतयारी र प्रतिकार्यमा ड्रोन प्रयोग
विपद्को पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन)को प्रयोग गर्न विपद् व्यवस्थापनमा खटिने निकायहरु तालिम लिन लागेका छन् ।
डेढ दशकपछि पाल्पाको निस्दीमा बिजुली
निस्दी–४, मित्याल लामेदमारका बासिन्दाले बिजुली बत्ती बाल्ने रहरले १५ वर्षअघि पाँच हजारदेखि १० हजारसम्म रकम सामुदायिक विद्युतीकरण योजनाका लागि बुझाएका थिए ।
विद्युत् निर्यातबाट भदौमा दुई अर्ब ४२ करोड आम्दानी
देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपियाँ आर्जन गरेको हो ।
निर्वाचन अधिकृत सिफारिस
न्याय परिषद्ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ ।
तथ्याङ्क प्रणाली स्थापना गरिने
सरकारले अबदेखि सबै निकायले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत रूपमा राख्ने भएको छ। अहिले मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय, वित्तीय संस्थालगायत निकाय र विभिन्न गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गर्दै आएका छन्। सरकारले राष्ट्रिय तथ्याङ्क ऐन जारी गरेसँगै उक्त निकायले सङ्कलन गरेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क प्रणाली स्थापना गरी एकीकृत गर्न लागेको हो। राष्ट्रियस्तरको तथ्याङ्क सङ्कलन गर्नका लागि भने राष्ट्रिय तथ्याङ्क प्रणालीको कार्यालयबाट अनुमति लिनुपर्नेछ।
कर तिर्न थाले भृकुटीमण्डपका व्यवसायी
वर्षौंदेखि घर बहाल र व्यवसाय कर नतिरेका काठमाडौँको भृकुटीमण्डपभित्रका व्यवसायीले कर तिर्न थालेका छन्। स्टल र खुला स्थान ओगटेर व्यापार गर्दै आएकालाई काठमाडौँ महानगरपालिकाले कर तिर्न १५ दिने सूचना दिएपछि कर तिर्न थालेका हुन्। अहिले समाज कल्याण परिषद्अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन कार्यालयले पनि कर तिर्नका लागि उनीहरूलाई ताकेता गर्न थालेको छ। कार्यालय प्रमुख दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपभित्र व्यापार व्यवसाय गर्दै आएकाले कर तिर्न थालेको बताउँदै भन्नुभयो, “भृकुटीमण्डपभित्रका सानादेखि ठूला व्यवसायीलाई कर तिर्न ताकेता गर्न थालेका छौँ। कतिपयले राजीखुसीले तिर्न थालेका छन्। कोहीले भने केही समय माग गरेर विभिन्न निकायबाट मिनाहा गराउने मेसो पनि खोजिरहेका छन्।”
सुध्रिँदै सामुदायिक विद्यालय
चरम राजनीति र अनुत्तरदायी हुँदा विद्यालय रित्तो हुने अवस्था सिर्जना भएपछि सामुदायिक विद्यालय बल्ल सचेत हुन थालेका छन्। पछिल्ला केही वर्षयता गुणस्तर र सिकाइमा सुधार गर्न विद्यालयबीच प्रतिस्पर्धा सुरु भएको छ। विद्यार्थी आकर्षित गर्न र शिक्षकलाई कक्षाकोठाभित्र टिकाउन अनेक प्रयत्न थालिएका छन्। नयाँ–नयाँ योजना अगाडि सारिएका छन्।
चाहिनेभन्दा दोब्बर नुन उपभोग
नेपाली उपभोक्ताले शरीरलाई आवश्यक पर्नेभन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्ययनबाट आयोडिनयुक्त नुन उपभोग धेरै भइरहेको देखाएको हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्छ तर सन् २०२० मा प्रकाशित स्वास्थ्य परिषद्को अध्ययनले नेपालीले दैनिक औसतमा ९.१ ग्राम उपभोग गर्ने गरेको पाइएको छ। परिषद्ले सात प्रदेशका ६६ जिल्लाका १५ देखि ६९ उमेर समूहका चार हजार ३६१ जनालाई सहभागी गराएर यो अध्ययन गरेको थियो।
मन्त्री खड्का महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी
परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुनुभएको छ ।
उपत्यका प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना तयार
उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।
तमोर करिडोरमा सवारी चल्दा स्थानीयलाई सहज
केही बर्ष अघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायात सुबिधा लिन मुस्कील थियो । यातायात चढ्नै पर्ने अबस्था आएमा घण्टौ लगाएर मेची तथा कोशी राजमार्ग पुग्नुपर्थो । यी क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टौ बोकेर जोहो गर्नेगरेका थिए । अहिले तमोर करिडोर सडकमा सवारी साधन सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।
विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा
विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताउनुभयो । विसं २०७० बाट शिक्षण पेशामा लाग्नुभएका ३९ वर्षीय घले करिब आठ महिना अगाडि घर नजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आउनुभएको हो ।
समानुपातिकतर्फ बन्दसूची बुझाउन नेताहरू निर्वाचन आयोगमा
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन दलका नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ ।
सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक
कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन् । यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था भने सुध्रिएको छैन ।
समानुपातिक बन्द सूची आजै बुझाई सक्न प्रमुख आयुक्त थपलियाको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।
बैतडीमा बन्द हवाई सेवा पुनः सञ्चालनको तयारी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो ।