संविधान दिवस मनाउन स्थानीय तहलाई परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस तीन दिनसम्म मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ। असोज ३ गते मनाइने संविधान दिवसलाई असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो। स्थानीय पालिकास्थित सबै सरकारी कार्यालयहरूले राष्ट्रिय झन्डा एवं संविधान दिवसको ब्यानर सजाई कार्यालय परिसर सरसफाइ गर्ने, पालिकावासी सबैलाई आ–आफ्नो घर, टोल र सार्वजनिक स्थल सरसफाइ गर्न अनुरोध गर्ने, सबै पालिकावासीले सार्वजनिक स्थल र घरघरमा साँझ दीपावली गर्न मन्त्रालयले बुधबार परिपत्र गरेको हो।
नेपाल–भारत सहयोग समीक्षा
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले भारतका विदेशमन्त्री एस. जयशङ्करसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार भएको भेटवार्तामा नेपाल–भारतका द्विपक्षीय विषयमा कुराकानी भएको छ। यसअघि नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक भारतको राजधानी नयाँ दिल्लीमा मङ्गलबार भएको छ। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र भारतको विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच भएको बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल र समीक्षा भएको थियो।
एक चीन नीतिप्रति आभार व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको मैत्रीपूर्ण भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी तथा एकअर्काका शुभचिन्तक मुलुक रहेको धारणा व्यक्त गर्दै द्विपक्षीय र बहुपक्षीय सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले यसप्रकारका उच्चस्तरीय भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्ध अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो।
रसुवागढी–केरुङ नाका आजदेखि खुला
कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिनुभयो।
बालबालिकाको भविष्य सुनिश्चित गर्नु राज्यको दायित्व
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न परिवार, समाज र राज्यले सामूहिक दायित्व निर्वाह गर्नुपर्ने बताउनुभएको छ। ५८औँ बालदिवसको सन्दर्भमा मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा उहाँले प्रविधिको दुरूपयोग गरेका कारण धेरै बालबालिकालाई साइबर अपराधमा पीडित बनाइएको र यौन दुव्र्यवहार गरिएको बताउनुभयो। उहाँले बालबालिकालाई सही दिशा निर्देश गर्न विद्यालय र अभिभावकको विशेष भूमिका हुने चर्चा गर्दै राज्यले बालबालिकासम्बन्धी नीति पारित गर्न छलफल जारी रहेको बताउनुभयो।
बढ्यो पर्यटकीय गतिविधि
कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।
७५ जिल्लामा ११ हजार भन्दा बढीमा डेंगु पुष्टि, नौ जनाको मृत्यु
काठमाडौं, भदौ २९ गते। पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता नौ जनाको डेंगुले मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार दुई हप्तामा छ हजार ४७२ जनामा डेंगु पुष्टि भएको छ। प्रवक्त डा. ठाकुरका अनुसार सबै भन्दा बढी १० जिल्लाबाट पाँच हजार ४०३ जनामा डेंगु पुष्टि भएको छ। योसँगै हालसम्म ७५ जिल्लाबाट ११ हजार ६५ जनामा डेंगु पुष्टि भएको डा. ठाकुरले जानकारी दिनुभयो। डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा आठ हजार ३९० जनामा भएको छ। यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु पुष्टि भएको छ।जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर तीन हजार ७९३, काठमाडौंमा २५ सय ६९, मकवानपुरमा ११ सय १२, रुपन्देहीमा ५९८, दाङमा ३७८, भक्तपुरमा २२०, धादिङमा १४०, तेह्रथुममा ११२ काभ्रेमा ११२ र चितवनमा १७८ गरी १० जिल्लामा सबै भन्दा बढी नौ हजार २२६ जनामा डेंगु पुष्टि भएको छ। हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपका रुपमा देखा पर्ने गर्छ। यस अघि २०१९ मा प्रकोपका रुपमा फैलिएको थियो। सोही समयमा १७ हजार भन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो। भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने सचेत रहन चिकित्सकको सुझाव छ।सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
बन्द सूचीमा नाम भएका व्यक्तिको पद स्वतः रद्द हुने : प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरुको पद स्वतः रद्द हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
विदेशी लगानीकर्ताको एउटै धारणा : नेपाल लगानीमैत्री देशका रुपमा स्थापित
भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष लागेको अवसरमा दिगो लगानी पूर्वाधार फोरम–२०२२ को आयोजना गरियो ।
नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक
नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको हो ।
मोरङमा ३६ भूमिहीन दलित र सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरी गाउँपालिकामा भुमिहीन सुकुम्वासी र दलित गरेर ३६ वटा लालपूर्जा वितरण गर्नु भएको छ ।
अस्पताल ढिला आउने चिकित्सकलाई प्रवेशमा रोक
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ ।
चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थलको अवलोकन (फोटो फिचर)
चार दिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी कमिटीका अध्यक्ष ली चान्शु नेतृत्वको टोलीले आज बुधबार विहान भक्तपुरको ऐतहासिक दरबार स्थलको भ्रमण गरेको छ ।
हराउन लाग्यो सम्बन्ध जोड्ने ‘मित’ प्रचलन
म्याग्दीको राजनीतिक माहौलमा भीमप्रसाद गौचन र पदमबहादुर आचार्यबीच दुस्मनी थियो । पदमबहादुर पण्डित कृष्णप्रसाद आचार्यका दाजु हुनुहुन्थ्यो । कृष्णप्रसाद र पदमबहादुरका दुई आमा हुनुहुन्थ्यो । कृष्णप्रसादलाई प्रधानपञ्चको चुनावी मैदानमा पदमबहादुरकै बिरुद्ध उठाएर भीमप्रसादले हराइदिनुभयो । कृष्णप्रसादले भीमप्रसाद गौचनका भाइ जगतप्रसाद गौचनसँग पदमबहादुरको मित लाइदिएपछि उहाँहरुबीच मित्रता गाधा भयो ।
सन् २०२६ सम्म नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन्छ : प्रम देउवा
बुधवार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको हो ।
प्रतिनिधिसभाको बैठक १ बजे बस्ने
प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।
आज दुवै सदनको बैठक बस्दै
आज (बुधबार) संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता ली
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सुले शिष्टाचार भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामबारे छलफल भयो । परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय प्रतिनिधिमण्डलबीच दुई देशीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, नेपाली विद्यार्थीलाई चीन फिर्ता पठाउने, हवाई उडान पुनः सुरु गर्ने र बन्द रहेका नाका खुलाउनेलगायतका विषयमा छलफल भएको थियो ।
साढे चार करोड जरिवाना
विशेष अदालतले कृषि विकास बैङ्क मुख्य शाखा कार्यालय न्युरोडको टेलर सहायक दीपिका रेग्मीसहित दुई जनालाई दोषी ठहर गरेको छ। बैङ्कको रकम हिनामिनामा अदालतले रेग्मी तथा सेनाका अवकाश प्राप्त सहायक रथी रमेशराज विष्टलाई दोषी ठहर गरेको हो। अदालतले रेग्मीलाई आठ वर्ष कैद र बिगोअनुसार जरिवाना तोकेको छ। रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ७४७ रुपियाँ जरिवाना निर्धारण भएको छ भने विष्टलाई अदालतले चार वर्ष कैद र ३१ लाख ६८ हजार ८६४ रुपियाँ जरिवाना निर्धारण गरेको छ। बिगोको हकमा बैङ्किङ कसुरमा उच्च अदालत पाटनले यसअघि नै दुवैलाई दोषी ठहर गर्दा निर्धारण भइसकेको छ।
प्रधानन्यायाधीशको न्यायाधीश बन्न आग्रह
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रक्रियाको १२ घण्टाभन्दा लामो बयान सकिएको छ । मुख्य ४३ वटा र तीन दिनसम्म थप केही प्रतिप्रश्नसमेत गरेर उहाँले समितिमा १२ घण्टाभन्दा बढी समय जवाफ दिनुभयो । उहाँलाई समितिले पाँच दिन बयान लिएको छ । केही प्रतिप्रश्न आवश्यक भएमा उहाँलाई पुनः बोलाउने समितिको तयारी छ तर औपचारिक निर्णय भएको छैन । भदौ १५ गतेदेखि मङ्गलबारसम्म पाँच दिन उहाँसँग बयान लिइएको थियो ।
नेपालको ऊर्जा क्षेत्रमा हासिल प्रगतिको प्रशंसा
जलविद्युत्मार्फत हरित र उन्नत आधार निर्माणबारेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ऊर्जा क्षेत्रको विश्वव्यापी अवस्था र नेपालले अङ्गीकर गर्नुपर्ने भावी रणनीतिबारे बृहत् छलफल गर्दै सो सम्मेलन मङ्गलबार सम्पन्न भएको हो । दिगो नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनले सोमबारदेखि आयोजना गरेको सो सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रले हासिल गरेको प्रगतिको प्रसंशा गर्दै अबका दिनमा अख्तियार गर्नुपर्ने नीतिगत, कानुनी तथा व्यवस्थापका विभिन्न उपायसमेत सुझाइएको छ ।
रोग निवारणमा थुप्रै चुनौती विद्यमान छन् : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगहरूको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भएता पनि अझै थुप्रै चुनौती विद्यमान रहेको बताउनुभएको छ ।
प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते
धनुषा, भदौ २८ गते । धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो। प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो। पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ। ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो। रासस