स्वामित्वको समस्याले पुनर्निर्माण रोकियो
जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा काठमाडौँको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन बेवारिसे बनेको छ। २०७२ सालको भूकम्पले नेसंविको पुरानो भवनलाई निकै क्षति पु-याएको थियो। २०४३ सालमा नेसंवि स्थापना भएपछि उक्त भवन र जग्गा भोगचलन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपलब्ध गराएको थियो। त्रिविले भोगचलन गर्न दिए पनि नेसंविमा नामसारी भएको छैन।
मेरो पहिचान नेपाली भाषी : पवन चाम्लिङ
साहित्यकार एवं सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ ‘किरण’ले नेपाली साहित्य संस्कृतिको विकासमा पारिजातको नाम र काम अमर रहेको बताउनुभएको छ। काठमाडौँस्थित पारिजात स्मृति केन्द्रले शनिबार आयोजना गरेको पारिजात विशिष्ट सम्मान कार्यक्रममा बोल्दै उहाँले पारिजातले नै नेपाली आधुनिक साहित्यको जग हालेको बताउनुभयो। उहाँले स्वार्थ र प्रलोभनमा लोभिने संस्कृतिसँग पारिजातको सिद्वान्त तथा साहित्य कहिले नझुकेको बताउँदै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विश्वभरका नेपाली भाषी पारिजातले देखाएको बाटोमा हिँड्नु पर्नेमा जोड दिनुभयो।
ढोरपाटनमा बँदेल सिकार गर्न अनुमति
किसानको बालीनाली नोक्सान पार्न थालेपछि ढोरपाटन क्षेत्रमा बँदेलको सिकार गरिने भएको छ। नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षमा यसअघि झारल र नाउरको सिकार गरिँदै आएको थियो। हरेक वर्ष खेतीबाली नोक्सानी पार्न थालेपछि स्थानीयवासीले बँदेलबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने र सङ्ख्या घटाउनुपर्ने माग राख्दै आएका थिए।
समितिको सम्पत्ति सीमित व्यक्तिका नाममा
सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन्। सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो। त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ।
बाँके गठबन्धनका लागि ‘ग्रिन जोन’ भएको दावी
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचनको माहोल देशभरि तात्दैगएको छ । विशेषगरी भिआइपी उम्मेदवार उठ्ने निर्वाचन क्षेत्रको चर्चा बढी हुनेगरेको छ ।
पम्प खुलेको १३ वर्षपछि पेट्रोल वितरण
बैतडीमा पम्प खुलेको १३ वर्षपछि शनिबारदेखि पम्पबाट पेट्रोल वितरण सुरु भएको छ । तापक्रम नमिल्दा घाटा हुने भन्दै तेल बिक्रेताले डिजेल मात्रै बिक्री गरेर पेट्रोल बिक्री बन्द गरेका थिए ।
मध्यपुरथिमिमा आज राति भव्यरूपमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा
‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला ।
साताका सात तस्बिर
जलमग्न माइतीघर मण्डलामा कष्टपूर्ण ढङ्गले बाटो काट्दै पैदलयात्रु र पानीमा फसेका सवारी साधन।
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला : मुख्यमन्त्री शाही
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सबै बालबालिकाले खोप प्राप्त गरेपछि बिहीबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहीले जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु भनेको स्वास्थ्य स्थितिमा सुधार आएको सन्देश दिएको बताउनुभयो ।
महिलालाई सशक्त बनाउँदै साप्ताहिक हाट बजार
गौशाला १ रामनर चिनिमिल टोलकी ३० वर्षिया उषाकुमारी बर्दिबासको साप्ताहिक हाट लागेका दिन हरियो तरकारी बेच्न आउनु हुन्छ । बुधबारे हाटमा उहाँले आज १ मन मुला (४० केजी) र ६ पसेरी (३० केजी) बेच्न ल्याउनु भएको छ ।
बजार अनुगमनलाई तीव्रता दिइने
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।
चार दशक बित्दा पनि बुधबारे बजार उस्तै
सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन ।
सस्तो लोकप्रियतालाई स्थान नदिइने
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित पार्टीको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नदिने बताउनुभएको छ। सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले जिम्मेवार सोच एवं भरोसा गर्न सकिने सङ्कल्प र अठोटलाई प्राथमिकता दिएर घोषणापत्र तयार गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्नेछ।”
खाली भयो टेकुको फोहोर स्टेसन
करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ। छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार चैत १५ गते त्यहाँको सबै फोहोरको व्यवस्थापन गरिएको थियो।
ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स
अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ। यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गर्नुभएमा मजाले लाइसेन्स हात पर्नेछ। बागमती प्रदेशमा आगामी असोज १ गतेबाट सवारी चालक अनुमतिपत्रको परीक्षामा नयाँ मापदण्ड लागू हुँदै छ। नयाँ मापदण्डअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ। यसबाट पटक–पटक अनुत्तीर्ण भई लाइसेन्स प्राप्त गर्न नसकेकाहरूका लागि राहत हुने भएको छ।
समानुपातिक मतपत्रको छपाइ आजदेखि
निर्वाचन आयोगले शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।
देउडा हेर्न गएकी बालिका बलात्कृत
कैलालीको घोडाघोडी नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखडले वडा १ को सुखड हेलिप्याडमा देउडा हेर्न गएकी १५ वर्षीया बालिकाको सामुहिक बलात्कारको जाहेरी परेपछि शुक्रबार उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।
गोरखापत्रकर्मी मिश्र पुरस्कृत
गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवकानन्द मिश्र पुरस्कृत हुनुभएको छ । उहाँलाई ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’ ले पुरस्कृत गरिएको हो ।
एक हजार पाँच सय मतदाताको नाम हटाइयो
ताप्लेजुङमा मतदाता नामावली अद्यावधिकको क्रममा एक हजार पाँच सय जनाको नाम हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मृत्यु भएका र दोहोरो नाम भएकाहरुको नामावली हटाइएको हो ।
हात्तीले घर भत्काएपछि परिवारको बिचल्ली
महोत्तरीको ग्रामीण भेगमा हात्ती पसेपछि स्थानीयवासी आतंकित भएका छन् । हात्तीको जोडीले बस्ती छाड्न नमान्दा गाउँमा त्रास कायमै छ । केही घर भत्काएर गएजस्तो गरे पनि फेरि फर्केर दुख दिनेगरेको पीडित गाउँलेले जनाएका छन् ।
जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान
थारू तथा मधेशी समुदायका महिलाले मनाइने जितिया पर्वको अवसरमा सप्तरी महिला समूहले शुक्रवार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। एक साताअघि नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सप्तरी महिला समूहको आयोजनामा गरिएको जितिया समारोहमा उपस्थित हुँदै अधिकारकर्मी, शिक्षिका, अधिवक्ता, राजनितीकर्मी, पत्रकार आदीबासी महिलाको सहभागिता थियो ।
दुर्गालाई व्यवसायी बन्न छेकेन अपाङ्गताले
शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन । तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो ।
महानगरपालिकाद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु
काठमाडौं महानगरपालिकाले शुक्रवार बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो ।
नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ ।