• १३ साउन २०८१, आइतबार

जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान

blog

शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित जिल्लाका महिला । तस्वीर : ललिता साह

ललिता साह 

बोदेबसाईन (सप्तरी) भदौ २४ गते । थारु तथा मधेसी समुदायका महिलाले मनाइने जितिया पर्वको अवसरमा सप्तरी महिला समूहले शुक्रबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। एक साताअघि नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको सभाहलमा सप्तरी महिला समूहको आयोजनामा गरिएको जितिया समारोहमा उपस्थित हुँदै अधिकारकर्मी, शिक्षिका, अधिवक्ता, राजनीतिकर्मी, पत्रकार आदिवासी महिलाको सहभागिता थियो ।

कुनै एउटा समुदाय विशेषको सांस्कृतिक पहिचानको मात्रै सम्मान नगरी  बहुसांस्कृतिक र बहुजातीय नेपाली जनताको मनोभावनाको सम्मान गर्दै महिलाको आस्थाको पर्व जितियामा सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताउनुभयो । 

व्रतको पहिलो दिन महिला पोखरी, नदी, जलाशयमा नुहाएर घिरौँलाको पातमा पिना, तेल, मे हन्दी, सिन्दूर, माटोलगायत सामग्री चढाउँदै पूजागरी सो पूजासहितको पातलाई जलाशयमा बगाएर नुहाउने प्रचलन छ । व्रतको दोस्रो दिन आँगनमा घिरौँलाको पातमा दही, चिउरा, केरा, सक्खर चढाएपछि यो व्रतको विधिवत् रूपमा उपबास सुरु भएको मानिन्छ ।

पहिलादेखि नै कठोर मानिएका जितिया पर्वको उपबास यस वर्ष पनि कठिन भएकाले लामो समय निराहार बस्न नसक्ने महिलाले आइतबार बेलुकी नियम र श्रद्धापूर्वक फलहार वा जलहार गर्न सकिने शास्त्रमै उल्लेख रहेको अधिवक्ता पार्वती राउतले बताउनुभयो । 

पर्वमा सन्तानको दीर्घायु र परिवारको सुख शान्तिका निम्ति बस्ने विश्वास रहँदैआएको राजविराज वडा ३ कि मिना ठाकुरले बताउनुभयो। थारु महिला सभा सप्तरीका अध्यक्ष चन्द्रिका चौधरीका अनुसार जितियामा दाजुभाइले चेलीलाई माइती अनिवार्य बोलाउने गर्छन् । थारु जातीमा छुट्टै जातीय पहिचान र मौलिकता  झल्किने गरी अरू भन्दा विशेष रूपमा जितिया पर्व मनाइने उहाँले बताउनुभयो । 

जितियाको अवसरमा जिल्लाको सदरमुकाम  राजविराज, कठौना, करमनियालगायत ठाउँमा  विशेष महोत्सवको आयोजना हुनेभएको छ । तीन दिनसम्म चल्ने जितिया पर्व यो वर्ष असोज १ गते शनिबारदेखि ३ गते सोमबारसम्म चल्ने बताइएको छ । 

तराईका सबै जिल्लामा मनाइने जितिया पर्वमा मधेस प्रदेश सरकारले गत वर्ष सार्वजनिक बिदा दिएको थियो । यो वर्ष बिदाबारे अझै निर्णय भईनसकेको मधेस प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा गृहमन्त्री भरत साहले बताउनुभयो ।