• १० साउन २०८२, शनिबार

प्रधानमन्त्रीद्वारा तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन

blog

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गर्नुहुँदै । तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

महोत्तरी, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ । 

नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गर्नुभएको थियो । 

यसैगरी, प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।