• १३ साउन २०८१, आइतबार

देउडा हेर्न गएकी बालिका बलात्कृत

blog

फाइल तस्बिर

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), भदौ २४ गते । कैलालीको घोडाघोडी नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखडले वडा १ को सुखड हेलिप्याडमा देउडा हेर्न गएकी १५ वर्षीया बालिकाको सामुहिक बलात्कारको जाहेरी परेपछि शुक्रबार उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।  

भदौ २१ गते राति चार जनाले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा किटानी जाहेरी दर्ता गराएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख शाहीले बताउनुभयो ।   

“काम छ भन्दै एकान्तमा बोलाई जवरजस्ती करणी गरेको जाहेरीपत्रमा उल्लेख छ” प्रमुख शाहीले भन्नुभयो, “आरोपितमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।”  एक जना आरोपित फरार भएको प्रहरीले जनाएको छ ।