• ११ असोज २०८१, शुक्रबार

ओखलढुङ्गाका चार कैदीबन्दीको कैद मिनाहा

blog

फाइल तस्बिर

शेरबहादुर राई
ओखलढुङ्गा, असोज ३ गते । 
ओखलढुङ्गाका चार कैदीबन्दीको कैद मिनाहा गरिएको छ । आठौँ संविधान दिवसको अवसरमा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका चार जना कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा दश भरका ७०२ कैदीहरूलाई कैद छुट गर्नुभएकोमा जिल्लाका कारागार ओखलढुङ्गाका चार जना पर्नुभएको जेलर रेवन्त दाहालले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दाका दुई र बहुविवाह मुद्दाका दुई गरी चार जनाको कैद सजाय मिनाहा भएको जेलर दाहालको भनाइ छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिहरूको कैद सजाय मिनाहा गर्नुभएको छ ।