• १४ असार २०८१, शुक्रबार

काठमाडौं ७ मा मुक्ति प्रधान सिफारिस

blog

मुक्ति प्रधान । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १९ गते । नेकपा (माओवादी केन्द्र) को काठमाडौंको संघीय निर्वाचन क्षेत्र नम्बर ७ मा मुक्ति प्रधानको नाम सिफारिस भएको छ । माओवादीको काठमाडौं क्षेत्र नम्बर ७ का इन्चार्ज दीपक सिलवाल (रुपेश) ले आइतबार एक भेलागरी प्रत्यक्षतर्फ प्रधान र संघीय समानुपातिकमा धनलाल महर्जनको नाम सिफारिस भएको जानकारी दिनुभयो ।

प्रदेश (‘क) को प्रत्यक्षतर्फ कुलबहादुर महर्जन र समानुपातितर्फ दिलीपराज वन्त सिफारिस हुनुभएको छ । यसैगरी, प्रदेश (‘ख) को प्रत्यक्षतर्फ शिव कोइराला र समानुपातिकतर्फ कोपिला कुँवरको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको उहाँले बताउनुभयो ।