• १४ असार २०८१, शुक्रबार

आफन्तबाटै जोखिममा पर्छन् बालिका

blog

फाइल तस्बिर

मुना हमाल

सुर्खेत, भदौ १८ गते । गत वर्ष कात्तिक २१ गते सुर्खेतकी सात वर्षीया बालिका सामूहिक बलात्कारको शिकार हुनुभयो । उहाँको बलात्कार मात्र होइन, निर्मम तरिकाले हत्या भयो । नाता पर्ने तीन जना दाजुभाइबाट उहाँ बलात्कृत हुनुभएको थियो । ती दाजुभाइले हत्या पछि बलात्कार गरेको प्रहरीको भनाइ छ ।  

बालिका र अभियुक्त दुई भाइका छोराछोरी हुन् । रक्षकबाट नै उहाँ निर्मम तरिकाले शिकार हुनुभयो । आमाबुबा घरमा नभएको मौकामा चाउचाउ किनिदिने प्रलोभनमा लिएर  बलात्कार र हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत जेठ महिनामा सुर्खेतमै सात वर्षीय बालिका जबर्जस्ती करणी पछि हत्या भयो । उहाँको एक जना छिमेकीले बलात्कारपछि हत्या गरे । 

अभियुक्त तीन जनामध्ये दुई जनालाई आजीवन काराबासको सजाय सुनाइयो । एक जना एक वर्ष बाल सुधार गृहमा रहनेगरी जिल्ला अदालतले फैसला सुनायो । दुई जनाले आजीवन काराबाससँगै चार–चार लाख रुपियाँ परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला आयो । 

एक जना नाबालक भएकाले उनलाई दुई लाख क्षतिपूर्ति र दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला थियो । यस्तै, गत जेठ महिनामा सुर्खेतमै सात वर्षीय बालिका जबर्जस्ती करणी पछि हत्या भयो । उहाँको एक जना छिमेकीले बलात्कारपछि हत्या गरे । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चार दिनदेखि हराइरहेकी बालिका जेठ २४ गते घर नजिकैको बारीमा मृत भेटिनुभएको थियो । प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार उनले बालिकालाई निर्मम रुपमा हत्या गरेका थिए । अभियुक्तलाई अहिले आजीवन काराबासको सजाय सुनाइएको छ । 

सुर्खेतमा मात्रै पछिल्लो एक वर्ष नपुग्दै दुई जना बालिकाको बलात्कार पछि हत्या भयो । महिला तथा बालिकामाथि हुने यौनहिंसाका घटनामा कमी आउन सकेको छैन ।

दैलेखका १७ वर्षीया बालिका आफ्नै बाबुबाट पटक पटक बलात्कृत हुनुभयो । १३ वर्षको उमेरदेखि १७ वर्षसम्म उहाँलाई बाबुले यौन शोषण गर्दैआएका थिए । आफ्नै बाबुबाट बलात्कृत भएको कुरा कसैलाई भन्न सक्नु भएन । मार्ने धम्की दिएपछि कुरा लुकाउँदै आउनुभयो । तीन वर्षपछि मात्रै उहाँले आफै बिद्रोह गरेर घरबाट निस्किनुभयो । अहिले उहाँका बाबुलाई जिल्ला अदालतले ३५ वर्षको जेल सजाय फैसला सुनाएको छ । 

उहाँले कानूनी रुपमा न्याय पाए पनि सामाजिक रुपमा भने पाउन सक्नुभएको छैन । यस्तो कुरा बाहिर ल्याएर सन्तानकै बेइज्जत गरेको भन्दै आफन्तका कारण गाउँबाटै उहाँको परिवार विस्थावित भयो । अहिले उहाँका तीन बहिनी र एक भाइ एक संस्थाको संरक्षणमा हुनुहुन्छ । 

सुर्खेतकी १३ वर्षीय बालिका गएको साउनमा छिमेकीबाट बलात्कृत हुनुभयो । साँझको समयमा घर पुर्‍याइदिन्छु भनेर ती व्यक्तिले उहाँलाई होटलमा लिएर जबर्जस्ती करणी गरे । कसैलाई भनेमा बेइज्जत गर्ने र मार्ने धम्की दिए । राती होटलबाट उहाँ भाग्न सफल हुनुभयो । एक महिनापछि मात्रै उहाँ बलात्कृत भएको परिवारले थाहा पायो । यस घटनाले उहाँ शारीरिक र मानसिक रुपमा विक्षिप्त हुनुभयो । एक्लै बस्ने, टोलाउने, रुने गरेपछि सोधिखोजि गर्दा बलात्कृत भएको थाहा भयो । 

समाजमा यस्ता अनेकन घटना दोहोरिदैआएका छन् । बलात्कारजस्तो जघन्य अपराधको शिकार बालिकाहरु जोखिममा पर्दैआएका छन् । पछिल्लो समय बालिकाहरु यौन हिंसाको शिकार बन्दैआएका छन् । चिनेजानेका र आफन्तबाट यस्ता घटना अझ बढी हुनेगरेको छ । प्रहरीको तथ्यांकमा बलात्कारको ग्राफ बढ्दो छ । 

सुर्खेतमा मात्रै पछिल्लो एक वर्ष नपुग्दै दुई जना बालिकाको बलात्कार पछि हत्या भयो । महिला तथा बालिकामाथि हुने यौनहिंसाका घटनामा कमी आउन सकेको छैन । हरेक वर्ष बलात्कारका घटना बढ्दै गएको देखिन्छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षको अवधिमा कर्णालीमा ३०५ जना महिला तथा बालिका बलात्कृत भएका छन् । त्यसमध्ये बलात्कृत हुनेमा ३२ प्रतिशत अर्थात ९८ जना १८ वर्ष मुनिका बालिका छन् । 

आर्थिक वर्ष २०७८–७९ मा १५५ महिला तथा बालिका बलात्कृत भए । त्यसमध्ये १८ वर्ष मुनिका ५५ जना छन् । प्रहरीले दिएको जानकारी अनुसार १९ देखि ३५ वर्षसम्म ६९ जना, ३६ देखि ५९ सम्म २७ जना, ६० वर्ष माथि सात जना बलात्कृत भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ कर्णालीमा बलात्कारका घटना बढेको बताउनुभयो । 

यस्तै, आर्थिक वर्ष २०७७–७८ मा १५० जना बलात्कृत भएका छन् । यसमध्ये ४६ जना बालिका छन् । प्रहरीका अनुसार १९ वर्षदेखि ३५ वर्षसम्म ६९ जना, ३६ देखि ५९ उमेर समूहका ३० जना, ६० वर्षमाथि उमेर समूहका पाँच जना बलात्कृत भएका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ कर्णालीमा बलात्कारका घटना बढेको बताउनुभयो । 

पछिल्लो समय सामाजिक सचेतना बढेकाले पनि यस्ता घटना बाहिर आउन थालेको उहाँको भनाइ छ । बलात्कारजस्तो जघन्य अपराध सामाजिक अपराध भएकाले न्यूनिकरणका लागि सबै लाग्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । बालिकाहरु सक्षम नहुने, शारीरिक, मानसिक रुपमा परिपक्व नहुने भएकाले यौन शोषणमा पर्नेगरेको उहाँले बताउनुभयो । 

अधिवक्ता तथा अधिकारकर्मी गीता कोइरालाका अनुसार बालिकाहरु कमजोर हुने, कसैलाई भन्न नसकक्ने हुँदा उनीहरु सजिलै बलात्कारको शिकार हुन्छन् । अपराधविरुद्ध सचेतना जगाउन आवश्यक रहेको उहाँको भनाइ छ । बलात्कृत भइसकेपछि आफन्त समाजबाट अपहेलित हुनु झन विडम्बनापूर्ण हो उहाँले भन्नुभयो ।