• १३ असार २०८१, बिहिबार

मिडिया विधेयक सञ्चारमैत्री बनाउँ

blog

नविन शिशिर विक

बागलुङ, भदौ १८ गते । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संसदमा प्रस्तुत भएको मिडिया विधेयक सञ्चारमैत्री बनाउनुपर्ने बताउनुभएको छ । बागलुङबाट प्रकासन सुरु भएको हिडनखबर अनलाइनको भर्चुअल उद्घान गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । विधेयक सञ्चारमैत्री नरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष बस्नेतले मिडिया विद्येयक अधिनायकवादी सोच र विचारबाट प्रेणित रहेको बताउनुभयो । राज्यले सञ्चार माध्यमलाई नियन्त्रण र कार्वाहीभन्दा व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड थियो । 

‘प्रस्तुत मिडिया विद्येयक प्रेसमैत्री छैन’ उहाँले भन्नुभयो ‘सरोकारवाला पक्षसँग समन्वय र छलफल गरेर पुनरलेखन गर्नुपर्छ ।’ सञ्चार क्षेत्रमा अंकुश लगाएर विधिको शासन स्थापित हुन नसक्ने उहाँले बताउनुभयो । 

न्यु मिडियाको रुपमा चर्चित सञ्चार माध्यमको निगरानी र व्यवस्थापनमा काउन्सील गम्भिर रहेको उहाँले बताउनुभयो । फेसबुक, युट्यूवजस्ता सञ्चार माध्यमलाई जवाफदेही बनाउन सरकारसँग काउन्सीलले आवश्यक समन्वय र सहकार्य गरिरहेको उहाँको भनाइ छ । 

प्रतिनिधिसभा सांसद डा. सूर्य पाठकले नागरिकका आवाज नियन्त्रण गर्नेगरी कुनै पनि विधेयक पास नहुने बताउनुभयो । मिडिया काउन्सील विधेयक छलफलकै क्रममा रहेकाले त्यसलाई आवश्यक संसोधन गरिने उहाँको भनाइ छ ।  

नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले मोफलसलमा स्थापित स्वरोजगारमुलक सञ्चार माध्यमको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । स्थानीय तहले प्रदान गर्ने सूचना, विज्ञापनलाई व्यवस्थित र समानुपाति गर्न विशेष नीति अख्तियार गर्न सुझाव दिनुभयो ।