• १३ असार २०८१, बिहिबार

गुरुङको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस

blog

बेलिना थापा

लमजुङ, भदौ १८ गते । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको छ । एमाले लमजुङले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै प्रदेश ‘ख’ प्रत्यक्षतर्फ गुरुङलाई सिफारिस गरेको हो । 

गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचनमा बिजयी भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बन्नुभएको थियो । यसपटक पनि उहाँको उम्मेदवारी पक्का भएको नेताहरुको भनाइ छ । 

गुरुङसंगै प्रत्यक्षतर्फ नै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ । तर बलियो उम्मेदवार उपमहासचिव नै रहनुभएको एमालेजनको भनाइ छ । यस्तै, प्रदेश ‘क’ प्रत्यक्षतर्फ हालका प्रदेश सभा सदस्य, पार्टीका गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, एमाले उपसचिव जितबहादुर गुरुङ र बेंसीशहर नगर कमिटी अध्यक्ष राजकुमार विष्टको नाम सिफारिस भएको छ । 

प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमाले केन्द्रीय सदस्य, लमजुङ सह–इन्चार्ज, मनाङ इन्चार्ज एवं संविधानसभा सदस्य जमीन्द्रमान घले र जिल्ला सचिव शुभाष पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिनिनिधसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सह–इन्चार्ज एवम् संविधान सभा सदस्य टुकाभद्र हमाल, केन्द्रीय सदस्य कल्पना थापा र प्रेमबहादुर दुराको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभातर्फ समानुपातिकमा प्रेमबहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, फूलबहादुर थापा, गणेश पाण्डे, बमबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल र अमृत तामाङ रहनुभएको छ । प्रदेशसभामा समानुपातिकमा महिलातर्फ लक्ष्मीदेवी अधिकारी, यशोदा रिमाल, शान्ता भूजेल, लोका अधिकारी र राममाया राना मगरको नाम सिफारिस भएको जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । एमाले लमजुङको शनिबार बेसीशहरमा बसेको ५ औं पूर्ण बैठकले २५ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो ।