• १३ साउन २०८१, आइतबार

मोहना नदीमा दुई जना बेपत्ता

blog

अविनाश चौधरी

धनगढी, भदौ १६ गते । कैलालीस्थित मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिका –३ का १० वर्षीय प्रिन्स राना र धनगढी उपमहानगरपालिका –९ खेदाका २७ वर्षीय रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएका हुन । 

बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रिसमान नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । बेपत्ताको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।