देउताको डरले घरै विरानो
महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् ।
भेटी चढाइएका सुनचाँदी सार्वजनिक
कालिका भगवती मन्दिर बागलुङमा डेढ वर्षको अवधिमा एक तोला सुन र एक सय एक तोला चाँदी भेटीको रुपमा चढेको छ ।
‘मिटरब्याज लिएर जनता ठग्नेहरुलाई कारबाही गरिने’
गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ ।
रक्तदानले गर्भवती महिलालाई जीवनदान
जिल्ला अस्पताल मुगुमा चार दिनदेखि उपचाररत गर्भवती महिलालाई जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले रगत दिएर जीवनदान गर्नुभएको छ । रगतको कमी भएर उपचारमा समस्या भएपछि सोरु गाउँपालिका २ की तुथा शाहीलाई गौतमले रगत दिनुभएको हो ।
परराष्ट्र सम्बन्धबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
मिटर ब्याजी अनुरुदको ससुरालीबाट ७१ लाख बढीको कपाली तमसुक बरामद
महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ ।
अवैध लागूऔषधसहित तीनजना पक्राउ
चन्द्रागिरी नगरपालिका–३ थानकोटबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहाको विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिराकुमार सदा र २२ वर्षीय लक्ष्मीकुमार सदा रहेका छन् ।
निर्वाचन प्रचारमा २५ जना बढी सहभागी हुन नपाइने
निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो प्रस्ताव अघि सारिएको बताउनुभयो ।
तीनदिने पाथीभरा पर्यटन महोत्सवको तयारी
ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको तयारी थालिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी असोज दोस्रो साता महोत्सव आयोजना गर्नेगरी तयारी थालिएको हो ।
महिलालाई जीवित बनाएको भ्रम फैलाउने पास्टर पक्राउ
बुटवलका एक मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक व्यक्ति पक्राउ परेका छन् । बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।
हवाई उद्धारले सुत्केरीको ज्यान जोगियो, शिशुको मृत्यु
बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेतको प्रादेशिक अस्पताल पु¥याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृत्यु भएको छ । डाक्टरले शिशुको गर्भमै मृत्यु भएको जानकारी दिएको सुत्केरी महिलाका श्रीमान दिपेन्द्र धामीले जानकारी दिनुभयो ।
एक हप्ताभित्र सबै फोहोर व्यवस्थापन गर्न निर्देशन
काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।
गिरीका अधुरा सपना
समाजवादी चिन्तक प्रदीप गिरीको निधनसँगै उहाँका केही सपना अधुरा रहेका छन्। त्यस्ता कतिपय सपना र अठोट उहाँ सिकिस्त बिरामी हुँदा पनि व्यक्त भएका थिए। गिरीलाई रोगले च्यापेर दुःसाध्य अवस्थामा पु-याउँदा पनि आफ्नो वैचारिक व्यक्तित्व संसद्मार्फत जनसमक्ष प्रस्तुत गर्ने अठोट गर्नुभएको थियो। त्यसका लागि उहाँले चिकित्सकसँग झगडा पनि गर्नुभएको थियो।
असारे विकास अन्त्य गर्न सुझाव
स्थानीय शासन विज्ञहरूले असारे विकासको अन्त्य गर्न स्थानीय तहमा कार्यतालिकाअनुसार अब धमाधम काम थाल्न सुझाव दिनुभएको छ। आगामी २०८० सालको जेठसम्म कार्यतालिका बनाएर काम गर्दा स्थानीय तहमा असारे विकास रोक्न सकिने सुझाव उहाँहरूको छ।
देवनागरी लिपिमा इम्बोस्ड नम्बर लेख्न सकिने
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ। त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ। कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो। सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो।
स्थानीय तहमा आफूखुसी स्वकीय सचिव
आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफूखुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरेबापत ठूलो रकम बेरुजु देखाएको थियो। बेरुजु देखाए पनि यो प्रवृत्तिलाई स्थानीय तहका पदाधिकारीले निरन्तरता दिएको पाइएको छ।
नहरमा नुहाउँदै गरेका किशोर
महाकाली सिँचाइको नहरको डिलबाट नुहाउनका लागि हाम फाल्दै गरेका किशोर
भालुको आक्रमणबाट राई गम्भीर घाइते
जिल्लाको सिलिचोङ गाउँपालिका –३ मा एक जना भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । सो गाउँपालिकाको साप्तेल गाउँका ७० बर्षीय जुद्धमाया राईलाई आइतबार विहान भालुले आक्रमण गरेको थियो ।
उत्तेजक नृत्य गर्ने भारतीय नर्तकीसहित १४ पक्राउ
कृष्ण अष्टमीकाबेला उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिक प्रदुषण फैलाएको आरोपमा प्रहरीले भारतीय आरकेष्ट्रा समुहलाई नियंत्रणमा लिएको छ । प्रहरीले समूहका ९ नर्तकीसहित १२ जनालाई पक्राउ गरेको हो ।
उच्च सम्मानका साथ नेता गिरीको अन्तिम बिदाइ [फोटो फिचर]
नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको उच्च सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उहाँको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।
कान्छीमायालाई ७२ वर्षमा नागरिकता
बलेफी गाउँपालिका –७ का कान्छीमाया तामाङलाई ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त भएको छ । वडा अध्यक्ष गृबिन्द्र चौलागाइँले वडा मुचुल्का गरेर तामाङलाई नागरिकता दिलाउनु भएको हो । अबिवाहित कान्छीमाया आफ्नो दिदीको छोरा रामबहादुर तामाङको आश्रयमा बस्दै आउनुभएको छ । बलेफी गापा –७ चिम्लिङबाट खाडीचौरस्थित वडा कार्यालय हुँदै सदरमुकाम चौतारा पु¥याई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएको वडा अध्यक्ष चौलागाइँले जानकारी दिनुभयो ।
आजदेखि ५० जिल्लाका बालबालिकालाई खोप अभियान सुरु
सरकारले आजबाट दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गरेको छ।
न्यून सञ्चालनमा चोभार बन्दरगाह
काठमाडौँको चोभारमा सञ्चालनमा ल्याइएको चोभार सुक्खा बन्दरगाह (ड्राइपोर्ट) प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन ।सञ्चालनमा आएको चार महिना हुँदा पनि न्यून सङ्ख्यामा मात्र सामान बोकेका कन्टेनर भित्रिएका छन् । इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सुक्खा बन्दरगाहमा चार महिनाको अवधिमा आयातित सामान लिएर १८ वटा कन्टेनर भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएको छ । गत असार २८ गते दुई कन्टेनर सामान यो बन्दरगाहबाट निर्यात भए पनि त्यसपछि निर्यात हुन सकेको छैन ।
कार्यालयको ताला छ वर्षपछि फोडियो
महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो ।