माओवादी केन्द्रको चुनाव चिह्नमा जाँदा सहज हुन्छ : वामदेव गौतम
नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा आगामी निर्वाचनमा जाँदा सहज हुने बताउनुभएको छ ।
रातभरि नचाइने नीलवाराही नाच
मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलवाराही नाच रातभरि नचाएको छ । बोडेमा राक्षसले दुःख दिएपछि नीलवाराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएर पठाएपछि वर्षौंदेखि सुरु भएको नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ ।
निर्वाचन सुरक्षा सेल गठन
आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षा सेल गठन गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनको सुरक्षा रणनीति र चुनौतीबारे छलफल गरी सेल गठन गर्ने र आवश्यक सुरक्षा रणनीति तय गर्ने निर्णयसमेत गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थापन, तयारी, सुरक्षा योजना र निर्वाचनको सुरक्षामा आवश्यक जनशक्ति परिचालन गर्नेबारे छलफल भएको छ ।
नेपाली र अमेरिकी सेनाको ३९औँ संस्करण संयुक्त तालिम सुरु
नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आज (मङ्गलबार)देखि सुरु भएको छ ।
‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक’
प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारतको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। भारतको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई सोमबार शुभकामना सन्देश पठाउँदै उहाँ र भारतका जनतालाई स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभएको हो। उहाँले सन्देशमा भन्नुभएको छ, “भारतको निरन्तर प्रगति र समृद्धिका लागि मेरो शुभकामना छ।’’ उहाँले छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्ध, सहयोग र मित्रताको भावना आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ।
सिट बाँडफाँटको खाका तयार गर्ने जिम्मा सिटौलालाई
पाँच दलीय गठबन्धनको निर्वाचन तयारी कार्यदलको बैठकले सिट बाँडफाँट आधारको खाका तयार गर्ने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ। आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारको सिट व्यवस्था मिलाउन गठित सो कार्यदलको सोमबार बसेको तेस्रो बैठकले आगामी बैठकमा सो खाका पेस गर्ने जिम्मा सिटौलालाई दिएको हो। २०७४ सालको आमनिर्वाचनमा राजनीतिक दलहरूले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडातहमा पाएको मतको आधारलाई लिएर बाँडफाँटको खाका तयार गरिने छ। यसअघिका बैठकमा सिट बाँडफाँट गर्दा लिनुपर्ने आधारका सबै विकल्प खुला राख्नुपर्ने र सम्भावित सबै विकल्पमा छलफल अघि बढाउने सहमति भएको थियो।
तातोपानीका मुहानै मुहान
रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन्। विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापनमा भने समस्या छ। पुथाउत्तरगङ्गा गाउँपालिकामा मात्र चार र सिस्ने गाउँपालिकामा एक गरी जिल्लामा पाँच तातोपानीका मुहान छन्। पुथाउत्तरगङ्गा वडा नम्बर २ को जार्लुङ, ३ को रन्मा, ६ को डिमुरगैरा तथा १२ र १३ को ओख्मामा तातोपानीका मुहान छन्। सिस्ने गाउँपालिकाको वडा नम्बर ४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि तातोपानीको मुहान छ। यी पाँच मुहानमध्ये हालसम्म सिस्ने ४ को धाउनेस्थित सानीभेरीको किनारमा रहेको र पुथाउत्तरगङ्गाको डिमुरगैरा र जार्लुङमा रहेका तातोपानी मुहानको मात्र केही संरक्षणको काम गरिएको छ । पुथाउत्तरगङ्गा–१२ र १३ को ओख्मा र पुथाउत्तरगङ्गा–३ को रन्माको तातोपानीमा संरक्षणको काम गरिएको छैन ।
चिकित्सकहरु दुर्गममा गएर सेवा दिन चाहँदैनन : स्वास्थ्यमन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गममा गएर सेवा दिन तयार नभएको बताउनुभएको छ । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सुदूरपश्चिमको पहाडी जिल्लामा पनि सवारी लाइसेन्स परीक्षा
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुराले पहिलो पटक लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेका हुन् ।
श्रीमानद्वारा जलाइएकी प्रमिलाको मृत्यु
श्रीमानले आगो लगाएर जलाइएकी प्रमिला सदाको मृत्यु भएको छ । आगोबाट शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते हुनुभएको सदाको आइतबार राति मृत्यु भएको हो ।
सूर्योदयमा सिसाको पुल निर्माण हुँदै
इलामको सूर्योदय नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सिसाको पुल (ग्लास ब्रिज)सहितको साइकल रुट निर्माण गर्ने भएको छ ।
‘गैरआवासीय नेपाली नागरिकताले विश्वभरका नेपालीलाई नेपालसँग जोडेको छ’
नेपालको संविधान बनेको सात वर्ष हुन लागिसक्दा पनि नागरिकता ऐन संशोधन नहुँदा मूल कानुनले योग्य मानेका देशका कैयौं नागरिकले नागरिकता पाउन सकेका थिएनन् । संविधानको भावनाअनुसार २०७५ सालमा संसदमा प्रस्तुत नागरिकतासम्बन्धी विधेयक त्यसै अल्झिरहेको थियो ।
राष्ट्रपतिमाथि नैतिक प्रश्न उठ्यो
संवैधानिक कानुनका ज्ञाताले संविधानतः आलङ्कारिक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मा पुनः छलफलका लागि पठाउन सक्ने बताउनुभएको छ । तथापि अघिल्लो सरकारले यस्तै अध्यादेश जारी गर्दा राष्ट्रपतिबाट तत्काल जारी भएकाले उहाँमा नैतिक प्रश्न भने रहेको उहाँहरूले बताउनुभएको छ । संविधानविद् डा. भीमार्जुन आचार्य र डा. युवराज सङ्ग्रौलाले संविधानको संरक्षकका रूपमा राष्ट्रपतिले विधेयक संसद्मै फिर्ता पठाउन सक्ने बताउनुभएको हो । डा. आचार्यले भन्नुभयो, “व्यवस्थापिका संसद् वा कार्यपालिकाले गरेको कुनै विषय राष्ट्रको अहित र संविधानको अनुकूल भएन कि भन्ने लाग्यो भने त्यसमा भिन्न मत दिने र त्यसलाई फेरि फिर्ता पठाउने कुरालाई अन्यथा मान्न मिल्दैन । त्यो अधिकार राष्ट्रपतिलाई छ ।”
नागरिकता विधेयक अब कसरी अघि बढ्छ ?
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता विधेयक अब उत्पति भएको सदन अर्थात् प्रतिनिधि सभामा जानेछ । प्रतिनिधि सभा नियमावलीको नियम १३६ अनुसार अब फिर्तापछिको प्रक्रिया अवलम्बन हुनेछ । नियमावलीले सदन चालू रहेको अवस्थामा र नरहेको अवस्थामा नियमावली फिर्ताका दुवै फरक व्यवस्था गरेको छ । अधिवेशन नरहेको अवस्थामा सूचना पत्रबाट जानकारी गराइनेछ । हाल अधिवेशन रहेकाले सदनमा जानकारी दिइनेछ ।
पानी नपर्दा बाँकेमा १५ प्रतिशत मात्र रोपाइँ
बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकासे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् ।
दागबत्ती प्रकरण : पीडित पक्षलाई पुनः धम्की
छोरा नभएका मृतक परिवारसँग दागबत्तीका लागि पाँच लाख रुपियाँ माग्नेले पीडित पक्षलाई पुनः धम्क्याएको छ । घटना सार्वजनिक गरेको भन्दै काजकिरियाको भोजभातमा आफूहरू सहभागी नहुने जानकारी गराएको पीडितले आरोप लगाएका छन् ।
राष्ट्रपतिको कदमप्रति दलहरूको फरक फरक प्रतिक्रिया
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई सभामुखले प्रमाणित गरेर पठाउनुभएको विधेयकमा १५ बुँदे सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाउनुभएको हो ।
प्रचार अवधि घटाउने पक्षमा आयोग
उम्मेदवारको चुनावी खर्चलाई कटौती गराउने उद्देश्यले प्रचार गर्न पाउने दिन घटाउने पक्षमा निर्वाचन आयोग सहमत रहेको छ । आयोगले आइतबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “निर्वाचन खर्च कम गर्न १५ दिन मात्र प्रचार गर्न पाइने कानुनी व्यवस्था गर्न दलहरूसँग छलफल गर्ने तयारीमा छौँ ।”
सहरी यातायात व्यवस्थापन गर्न छुट्टै प्राधिकरण
सहरी क्षेत्रको सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणमार्फत गर्नेगरी सङ्घीय संसद्ले विधेयक पारित गरेको छ । अघिल्लो बैठकमा गणपूरक सङ्ख्या अभावमा रोकिएको विधेयक प्रतिनिधि सभाले आइतबार पारित गरेको हो । राष्ट्रिय सभाले विधेयक २०७६ चैत २ गते पारित गरेको थियो । प्रमाणीकरणको ३१औँ दिनबाट कार्यान्वयनमा आउने व्यवस्था विधेयकमा छ । सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त जिम्मेवारीमा सवारी व्यवस्थापनको व्यवस्थासहित विधेयक दुवै सदनबाट पारित भएको हो । राष्ट्रिय सभामा पेस भएको विधेयक सम्बद्ध समितिले करिब पुनर्लेखन नै गरेको छ । सरकारले उपत्यकाको सवारी व्यवस्थापनका लागि ल्याएको विधेयकलाई सदनले सम्पूर्ण सहरी क्षेत्रसँग जोडेर विधेयकको नामसमेत परिमार्जन गरेको छ ।
घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकामा कार्यरत अधिकृतविरुद्ध मुद्दा
कैलालीको मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीमाथि ४४ हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।
मुगुका प्रजिअ महत सम्मानित
विकट हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित हुनुभएको छ ।
निर्वाचनपछि विशेष महाधिवेशन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाइने बताउनुभएको हो।
नौ वर्षपछि ‘बास्सा नाच’
शनिबार यहाँ निकालिएको बास्सा नाचमा प्रस्तुत शोकगीतको अंश हो, यो । बुवा सूर्यप्रसाद श्रेष्ठ ‘मिलन’ को स्मृतिमा छोरा सिद्धार्थ मिलनले यसलाई रच्नुभएको हो । गीतमा गायक शुभराम भारी, गायिका रेखा थापालगायतले स्वर दिएका छन् ।
निहारिकाको माग सम्बोधन हुन्छ : गृह
राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्नुभएकी ‘कुमारी आमा’ निहारिका राजपूतका माग सम्बोधनका लागि सरकारले पहल गरेको छ। गत असार ४ गते सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आमरण अनसनरत निहारिकासँग पाँच बुँदे सम्झौता गर्नुभएको थियो तर सरकारले आफूसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै निहारिकाले शुक्रबार आत्मदाहको प्रयास गर्नुभएको थियो।