प्रस्तावित २१ सदस्यीय पदाधिकारी (नामावलीसहित)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको हो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको हो ।
हुम्लाका लागि २३ हजार क्वीन्टल खाद्यन्न स्वीकृत
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले यस वर्ष हुम्लाका लागि २३ हजार क्वीन्टल खाद्यन्न ढुवानी अनुदानमा उपलब्ध गराउने गरी कोटा स्वीकृत गरेको छ । लिमिटेडले यो खाद्यन्न सिमकोट शाखादेखि डिपो र बिक्री केन्द्रका लागि पठाउन लागेको हो ।
अङ्कुरी महादेव मन्दिरमा साठी किलोको बसाहा
श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा शनिबार थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।
गुल्मीमा बेवारिसे शव फेला
गुल्मीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको बसेनी सामुदायीक वनमा महिलाको बेवारिसे शव फेला परेको हो ।
रोकिएका विधेयक धमाधम पारित हुँदै
लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न सङ्घीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ। बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ। तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ। सङ्घीय संसद्का दुवै सदनमा गरेर अहिले पनि ४९ वटा विधेयक विचाराधीन छन्। संसद्को चालू अधिवेशन नै अन्तिम हुने भएकाले तीमध्ये धेरै विधेयक कार्यकाल सकिएर निष्क्रिय हुने अवस्थामा छन्।
‘उम्मेदवारीसँगै सम्पत्ति विवरण अनिवार्य’
निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो।
रतिरागमा मर्छन् धेरै गैँडा
गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गर्नुभएका निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउनुहुन्छ। डा. श्रेष्ठका बुझाइमा जुधेर पोथी गैँडा मर्नु अपवाद हो। यस्तै अपवादमध्येको एक घटना यो पनि हो। जङ्गलमा पोथी गैँडालाई भालेले सहवासका लागि आग्रह गर्दा नमानेपछि रिसले भाले गैँडाले जबर्जस्ती गर्न खोज्छ र एकापसमा जुधाइ हुँदा सक्ने पोथी भाग्छ र नसक्नेले आत्मसमर्पण गर्छ। यो घटनामा पोथी गैँडाले सहवास गर्न नमान्दा भालेको जुधाइले थिलथिल भएको गैँडा अन्तिममा मृत अवस्थामा भेटिएको हो।
चट्याङ लाग्दा एकको मृत्यु, एक घाइते
छायाँनाथ रारा नगरपालिका ११ रोवा गाउँका अजबहादुर कुमाइको बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको छ । साँझ ५ बजेतिर पाटनको बागजलेमा भेडा चराउँदैगर्दा कुमाइलाई चट्याङ लागेको थियो । चट्याङ लागेर एक जना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयद्वारा श्रमदानमा अस्थायी पुल निर्माण
छत्रेश्वरी गाउँपालिका–२ कालाखोलामा श्रमदान गरी स्थानीयले पुल निर्माण गरेका छन् । बर्खाको समय आवतजावतमा समस्या हुने भएपछि स्थानीयले गाउँघरमै पाईने वाँसको प्रयोग गरेर पुल निर्माण गरेका हुन ।
एक महिनापछि खुल्यो दक्षिण जोड्ने सडक
बागलुङको दक्षिण भेग जोड्ने मुख्य सडक अवरुद्ध भएको एक महिनापछि पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङ गएको ठूलो पहिरोले रोकिएको बागलुङ मालढुङ्गा–कुश्मिसेरा सडकमा पहिरो हटाएर एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको हो ।
नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना
नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गर्नुभएको हो।
कक्षामा तीन जना विद्यार्थी, दुई शिक्षक
राजन रावतहुम्ला, भदौ ३ गते । जिल्लाको एक विद्यालयमा चौध जना विद्यार्थी भर्ना भए पनि तीन जना विद्यार्थी मात्र कक्षामा नियमित उपस्थित हुनेगरेका छन् । सिमकोट गाउँपालिका –३ को लाङ्दु गाउँको महाकाल प्राथमिक विद्यालयमा हाल नियमित पठनपाठनमा सहभागी हुने बिधार्थी सङ्ख्या तीन रहेको विद्यालयका शिक्षकले जनाएका छन् ।विद्यालयका प्रधानाध्यापक भिमकुमार राईले नियमित विद्यालय आउने बिद्यार्थी तीन जना रहेको बताउनुुभयो । भर्नाको बेला कक्षा ५ सम्म चौध जना बिद्यार्थी भर्ना भए पनि नियमित अध्ययनका लागि विद्यालय आउने बिद्यार्थी कम रहेको बताउनुुभयो । सो विद्यालयमा दुई जना दरबन्दीका शिक्षक रहनुभएको छ । विद्यालय आउने बिधार्थीमा कक्षा २ मा २ जना र कक्षा ४ मा एक जना रहेको प्रधानाध्यापक राईले बताउनुुभयो । कक्षामा एक जना शिक्षकले दुई बिधार्थी र अर्को शिक्षकले एक जना बिधार्थी राखेर अध्यापन गर्नुपर्ने बाध्यता रहेको बताउनुुभयो । विद्यालयको रेकर्डअनुसार कक्षा १ मा दुुई जना, कक्षा २ मा तीन जना, कक्षा ३ मा चार जना, कक्षा ४ मा दुुई जना र कक्षा ५ मा तीन जनाको उपस्थिति देखिन्छ । भर्ना भएका सबै बिधार्थी विद्यालयमा उपस्थिति नभएको प्राधानाध्यापक राईले बताउनुुभयो । विद्यालय रहेको गाउँमा लामा र दलित समुदायको बसोवास छ । लामा समुदायले सदरमुकाम सिमकोट र जिल्ला बाहिर बच्चा पढाउने गर्दैआउनुभएको छ । दलितका बालबालिका मात्र सो विद्यालयमा भर्ना भएका छन् । लामा बस्ती भए पनि चार जना मात्र लामाका बिधार्थी विद्यालयमा भर्ना भएका छन् ।नियमित विद्यालय आउने बिद्यार्थीलाई पढाउनै पर्ने बाध्यता भएको प्राधानाध्यापक राईले बताउनुभयो । गाउँपालिका शिक्षा शाखाका नायव सुब्वा कृष्णप्रसाद आचार्यका अनुसार विद्यालयमा विद्यार्थी संख्या कम भएपनि दिवाखाजाको सुविधा प्रदान गरिदैआएको बताउनुभयो । विद्यालयको अनुगमन गरी सो सुविधा दिने नदिनेबारेमा निर्णय लिइने उहाँले बताउनुभयो ।विद्यालयमा बिद्यार्थी तीन जना मात्र कक्षामा उपस्थित हुने भएपछि अब सो विद्यालयका एक जना शिक्षकलाई अन्यत्र काज सरुवा गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
अपराध अनुसन्धानमा क्षमता बढाउँदै प्रहरी
प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधका घटनामा बृद्धि हुन थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।
पदाधिकारी छनोट गर्न आज बैठक
पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिन बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुक्रबारका लागि सारिएको छ । प्रतिनिधि सभा बैठकका कारणले बिहीबारको बैठक स्थगित गरिएको भनिए पनि पदाधिकारी छान्न सकस परेपछि बैठक सारिएको बताइन्छ । पदाधिकारीका आकाङ्क्षी बढेसँगै पार्टीलाई यस मामिलामा निर्णय गर्न कठिन हुँदै आएको छ ।
विश्वविद्यालयमा फेरि तालाबन्दी
परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ । पछिल्लो समय नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको छ ।
फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहयोग
काठमाडौँ उपत्यकाको फोहोर सङ्कलन तथा व्यवस्थापनमा नेपाल टिप्पर तथा ट्रक व्यवसायी समिति र निर्माण कम्पनीले सवारीसाधन उपलब्ध गराएर सहयोग गरेको छ । काठमाडौँ महानगरका साधन सीमित रहेका कारण निजी क्षेत्रको व्यवस्थापन सहयोगमा २८४ टिप्पर फोहोर बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ ।
सर्वोच्चले व्याख्या गर्ने
निर्वाचनको घोषणा भएपछि प्रतिनिधि सभा र प्रदेश सभाले काम कारबाही गर्न पाउने वा नपाउने भन्ने विषयको निक्र्योल सर्वोच्च अदालतले गर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासले त्यस सम्बन्धमा संविधान र कानुनको व्याख्या इजलासबाटै हुने आदेश जारी गर्नुभएको छ ।
पानी र बिजुली साटासाट
नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन् । हालसम्म उक्त क्षेत्रमा तनाव पनि उत्पन्न भएको छैन ।
पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी
श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरबारस्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो मन्दिरमा दर्शनार्थी भक्तजनको भुइचो लाग्ने गर्दछ ।
अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा
पूर्बी नवलपरासीको कावासोती र विनयी त्रिवेणीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा परेका छन् । कावासोती ३ स्थित केरुङगे खोलाबाट लु ३ त ८१९० नम्बरको ट्याक्टर ढुङगा लोड गर्दैगर्दा सामुदायिक प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
राप्ती नदीमा डुङ्गा पल्टिँदा २५ विद्यार्थी घाइते
दाङको राप्ती नदीमा पटेला (डुङ्गा) पल्टिदा डुङ्गामा सवार २५ जना विद्यार्थी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भिर रहेको छ । बिहीवार विहान ९ बजे लमही नगरपालिका वडा ९ तरुलियाबाट राजपुर गाउँपालिका ७ मा.वि.सिक्टास्थित तरुलियाका २५ जना विद्यार्थी पटेलाबाट राप्ती नदी तरेर विद्यालय जाने क्रममा पटेला पल्टिएको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो ।
न्याय सुनिश्चित गर्न सकारात्मक सोच आवश्यक
प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतलाई सबै किसिमका दबाब, पूर्वाग्रह र विकृतिबाट मुक्त राख्दै स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने बताउनुभएको छ। मुलुकमा ऐन, नियमको सङ्ख्या पर्याप्त भएर मात्र जनताले न्याय पाउने कुरा सुनिश्चित हुन सक्दैन भन्नुहुँदै उहाँले जनताले न्याय पाउन न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुनु आवश्यक रहेको बताउनुभयो।