• १३ साउन २०८१, आइतबार

घट्यो सुनको मूल्य

blog

काठमाडौं, भदौ २ गते । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार सात सय थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।