छाप्रोको बासमा बादी समुदाय
खाँडाचक्र नगरपालिका–१ को सडक छेउमा माटोको छाप्रो भएको एक घर छ । त्यही घरमा बस्दै आउनुभएका गंगा बादी आफ्नो नामको पुर्जाको खोजिमा हुनुहुन्छ । बिना प्रमाण भाडाको जमिनमा माटोको सानो छाप्रो हालेर बस्न थालेको २१ वर्षभयो ।
पाल्पामा छ हजार छ सय मतदाता थपिए
पाल्पामा छ हजार ६ सय नयाँ मतदाता थपिएका छन् । असार १ गतेदेखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा छ हजार ६७० मतदाता थपिएका हुन् ।
तीन महिनादेखि इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द
उडान शुरु भएको छोटो समयमै इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको छ । पर्याप्त यात्रुको चाप हुँदाहुँदै तारा एयरले उडान भर्न छोडेपछि उडान शुरु भएको ६ महिना नपुग्दै सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको हो ।
काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनेका अनधिकृत संरचना भत्काइयो
काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।
नजिकिँदै तीज : टाढिदै मौलिकता, मौलाउँदै विकृति
नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।
राप्ती नदीमा नयाँ पुल निर्माण प्रक्रिया शुरु
बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई नेपालगञ्जसँग जोड्न राप्ती नदीमा नयाँ पुल निर्माण प्रक्रिया शुरु भएको छ ।
सभामुखको जवाफ एमालेको बटमलाइन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग छानबिन प्रक्रिया अघि बढाउनुअघि दुई प्रश्नको जवाफ सभामुखले नै स्पष्ट पार्नुपर्ने अडान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राखेको छ। उठाइएका प्रश्नमा सभामुखबाट जवाफ आएपछि मात्र बैठक सञ्चालनको कार्यविधि र कार्यतालिका निर्माणको कार्यसूचीमा प्रवेश गर्नुपर्ने अडान एमालेको छ। कार्यतालिका र कार्यविधि निर्माणसँग नै प्रश्न सम्बन्धित रहेको भन्दै एमालेले उक्त माग गरेको हो। एमालेको अडानका कारण महाभियोग सिफारिस समितिको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। कार्यविधि र कार्यतालिका निर्माण मङ्गलबारको बैठकको कार्यसूची थियो।
जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग
राष्ट्रिय विभूति तथा मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ। सिंहको १४६औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विचार गोष्ठीका वक्ताले यस्तो माग गर्नुभएको हो।
सत्य निरुपण विधेयक प्रस्तुत
बेपत्ता पारिएका व्यक्तिको सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक पेस गर्नुभएको हो। विधेयकको सैद्धान्तिक छलफललगायतका प्रक्रिया भदौ १३ गतेपछि मात्र अघि बढ्नेछन्। प्रमुख प्रतिपक्षी दलको आग्रहमा बैठक भदौ १३ गतेसम्म स्थगित गरिएको छ। सरकारले असार ३१ गते प्रतिनिधि सभा सचिवालयमा विधेयक दर्ता गरेको थियो। कायम रहेका दुई आयोगको कार्यकाल बाधा अड्काउ फुकाउबाट तीन महिना थप गर्दै नयाँ विधेयक पनि अघि बढाउने निर्णय गरिएको थियो। यसअघिका पदाधिकारीको कार्यकाललाई सरकारले निरन्तरता दिएको थिएन। नयाँ विधेयकमा सरकारले आयोगको कार्यकाल एक वर्ष थप गर्ने प्रस्ताव पनि गरेको छ।
निर्वाचन सुरक्षाका लागि करिब १६ अर्ब माग
आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ।
काठमाडौँ उपत्यकामा डेङ्गुको प्रकोप
गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा देखिन थालेको डेङ्गुले पछिल्ला दिनमा प्रकोपको रूप लिन थालेको छ। विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा महामारीको रूप लिने गरेको डेङ्गुले यो पटक भने उपत्यकामै महामारीको रूप लिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत तीन महिनादेखि हालसम्म देशभर एक हजार ९२३ जना व्यक्तिमा डेङ्गु पुष्टि भइसकेको छ। उक्त सङ्ख्यामा सबैभन्दा बढी केस उपत्यकामा रहेको छ।
समानुपातिकतर्फ निवेदन आह्वान
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फका लागि निवेदन आह्वान गरिएको हो। निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भदौ १० देखि १२ गतेसम्म राजनीतिक दललाई निवेदन दर्ता गर्न आह्वान गरिएको जानकारी दिनुभयो। आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए। दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चारवटा समूह बनाएका छन्। दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ।
डेढ वर्षपछि खुल्यो ट्रान्जिट
कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो। यसअघि अध्यागमन विभागले २०७८ वैशाख १५ गते रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको थियो। महामारी कम भएसँगै लागू गरिएका हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध भने यसअघि नै हटिसकेका थिए। प्रतिबन्ध हटेसँगै अब भने नेपाली विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी विदेशी नागरिक तेस्रो मुलुक जान पाउनेछन्। यसअघि विशेष गरी भारत, भुटान र बङ्गलादेशका नागरिक नेपाललाई ट्रान्जिट गरेर युरोप, अमेरिका, जापान, अस्टे«लिया, साउदीलगायतका मुलुक जाने गरेका थिए।
राष्ट्रिय विभूति घोषणा गरेकोमा खुसीयाली साटासाट
राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्बीबहादुर सिंहको १४६ औँ जन्म जयन्तीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी मनाइएको छ
महाअभियोग सिफारिस समिति बैठक : छलफलमा ढिलाइ गर्नुको कारण माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ ।
घडियाल उत्सव र डल्फिन जलचर सचेतना सप्ताह हुने
कैलालीको टीकापुर नगरपालिका-७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना हुने भएको छ।
एक वर्षमा सात अर्ब ६० करोड बढी राजस्व सङ्कलन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा सात अर्ब ६० करोड रुपियाँभन्दा बढी राजश्व सङ्कलन गरेको जनाएको छ ।
स्थानीय सरकारले प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयन गरेनन् : सभामुख भण्डारी
प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको बताउनुभएको छ । मङ्गलबार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्नुहुँदै सभामुख भण्डारीले सो कुरा बताउनुभएको हो ।
सरकारद्वारा उच्चस्तरीय तलब सुविधा आयोग गठन
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताउनुभएको छ ।
बीमा रकम दाबी गर्न टिपर धनीकै आग्रहमा आगजनी
बिमाको रकम दाबी गर्न दाङमा चालक र सहचालकले नै टिपरमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले टिपर धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले ट्रिपरमा आगजानी गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
सभामुख सापकोटासँगको भेटमा जिसिटिपिले भन्यो, नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छौँ
ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन् ।
फोहोर व्यवस्थापन सबैको दायित्व हो, मिलेर गरौ: मन्त्री चौधरी
काठमाडौं उपत्यका मात्र नभएर देसभरका मुख्य सहरको समस्याको रुपमा आएको फोहोरको व्यवस्थापन सबैको दायित्व भएको सहरी विकास मन्त्री मेटमणि चौधरीले बताउनु भएको छ । फोहोरको व्यवस्थापनमा सबै पक्ष मिल्नुको विकल्प नभएको बताउनुभयो ।
माओवादी केन्द्रका अन्तर्घातीलाई कारबाही गर्न सिफारिस
स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई निलम्बन र निष्कासन गर्न सिफारिस गरिएको छ । पार्टीले गठन गरेको छानबिन समितिले अन्तर्घात गर्नेलाई निष्कासन गर्नुपर्ने सिफारिस गरेको हो ।
अघि बढाइँदै ‘टीआरसी’ विधेयक
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संसदीय प्रक्रियामा अघि बढाइने भएको छ । सरोकारवालासँगको परामर्शपछि सरकारले विधेयकको प्रक्रिया अघि बढाउन लागेको हो । सरकारको तयारीअनुसार प्रतिनिधि सभाको सोमबारको बैठकमा विधेयक पेस गर्ने तयारी छ । विधेयक पेसलाई सोमबारको सम्भावित कार्यसूची बनाइएको छ ।