भूउपयोग अधिकारको गलत प्रयोग
स्थानीय सरकारलाई भूमिको भूउपयोगका आधारमा वर्गीकरण गर्ने अधिकार र जिम्मेवारी दिए पनि त्यसको गलत प्रयोग भएको पाइएको छ। स्थानीय सरकारलाई दिइएको जिम्मेवारी समयमा पूरा नहुँदा पनि जग्गाको कारोबार र व्यवस्थापनमा समेत अप्ठेरो परिरहेको छ। भूउपयोग नियमावलीले जग्गा वर्गीकरणको अधिकार स्थानीय तहलाई दिएको छ। नियमावलीले तीनै तहका सरकारमा भूउपयोग परिषद्को समेत व्यवस्था गरेको छ। स्थानीय तहमा भने कार्यपालिका नै स्वतः परिषद् हुने र जग्गाको वर्गीकरण गर्नुपर्ने भए पनि काम भने भएको छैन।
दबाबमा महाभियोग छानबिन समिति
महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ। समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु-याउन जोड दिएका छन्। बुधबार पहिलो बैठक बसेको मितिले तीन महिनासम्म समितिलाई काम गर्ने समय छ तर निर्वाचनको मिति घोषणा भइसकेको र मनोनयनपछि सदन नहुने भएकाले छिटो काम सक्नुपर्ने दबाबमा समिति छ। प्रतिनिधि सभाले साउन २२ गते प्रस्ताव समितिमा पठाएको थियो।
ठेक्का रद्द हुँदा बरु सडक बन्ने आशा
सामान्यतः ठेक्का लागेपछि काम हुन्छ भन्ने ढुक्क हुनुपर्ने हो तर काठमाडौँ उपत्यकाका लागि ज्यादै महत्त्वको एउटा सडकको ठेक्का रद्द हुँदा सडक बन्ने सङ्केत मिलेको छ। उपत्यकाको फोहोर व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु भञ्ज्याङदेखि तीनपिप्ले खण्डको निर्माण ठेक्का रद्द गर्ने सडक विभागको निर्णयलाई ललितपुर जिल्ला अदालतले मङ्गलबार सदर गरेको छ। यससँगै अब सडक बन्न मार्गप्रशस्त भएको हो।
मृतक पाँच जनाको सनाखत
दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।
कामु प्रधानन्यायाधीशबाट कानुनमन्त्री शर्माले लिनुभयो वरिष्ठ अधिवक्ताको प्रमाणपत्र
सर्वोच्च अदालतद्वारा बुधबार आयोजित वरिष्ठ अधिवक्ताको उपाधि वितरण कार्यक्रममा कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)लाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्रदान गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
ट्राफिक जाँचमा ५१ विद्यार्थीसहित ३२८ चालक कारबाहीमा
ट्राफिक प्रहरीको विशेष जाँचमा ५१ विद्यार्थीसहित ३२८ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आएको विशेष जाँचमा बुधबार ३२८ जना चालक कारबाहीमा परेको जानकारी दिनुभयो ।
जसपा नेता राईसहित नेताहरु एमाले प्रवेश
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य हेमराज राई नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनका पुराना नेता राई पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँसहित जसपाका केन्द्रीय सदस्यहरु शान्त्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सीना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा र शंकरबहादुर सार्की बुधबार एमालेमा प्रवेश गर्नुभएको हो ।
नेपालले सुरक्षा मापदण्ड पूरा गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं, भदौ १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ। नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभयो। नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्था देखिएको चर्चा गर्नुहुँदै उहाँले ईयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यन्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो। ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्वन्धि निर्णय पुनर्विचार गर्नेछ। (ईयू) को हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने बताउनुभयो। सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ। मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार जिम्मेवार हुनुपर्ने बताउनुभयो। हवाई उड्डयन क्षेत्र प्राविधिक र विशिष्ट प्रकृतिको भएकोले हवाई यातायात नियन्त्रकको भूमिका महत्वपूर्ण हुने मन्त्री श्रेष्ठको भनाइ छ। कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पुर्व महानिर्देशक त्रिरत्न मानन्धर लगायतलाई सम्मान गरिएको थियो।
वडा अध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयतामा वडा अध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार दिई शक्तिशाली बनाइएको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको छैठौँ जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
निर्वाचन लक्षित सुरक्षाप्रति नेपाल प्रहरी गम्भीर : प्रहरी महानिरीक्षक सिंह
मंसिर ४ मा हुने निर्वाचन लक्षित सुरक्षा अवस्थाप्रति नेपाल प्रहरीले चासो रहेको र त्यसका लागि राम्रो प्रबन्ध मिलाइने नेपाल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बताउनुभएको छ । चुनाव घोषणा भइसके पश्चात जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चनाका लागि बुधवार सप्तरी आउनुभएका महानिरीक्षक सिंहले जिल्लाका सञ्चारकर्मीहरुसँग औपचारिक भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । चुनावलक्षित सुरक्षा व्यवस्थाप्रति नेपाल प्रहरी गम्भीर रहेको उहाँको भनाइ छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र ४२ लाख रुपियाँ जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
बँदेलका लागि थापेकाे पासाेमा परेर चितुवा मर्याे
जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा परेकाे चितुवा समयमै उद्धार हुन नसक्दा मरेकाे छ ।
तस्करीको चिनीसहित गाडी बरामद
पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको दश कठ्ठाबाट प्रहरीले भन्सार छली गरी ल्याएको चिनीसहित पिकअप भ्यान समेत नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिकाको बैरगनाथ प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलवार दिउँसो रामग्राम नगरपालिका १८ को दश कठ्ठाबाट अबैध रुपमा भारतबाट ल्याएको १५ क्वीन्टल चिनीसहित लु १ ज ४४०९ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।
स्थानीय विकासको जिम्मा पालिकाको : उपाध्यक्ष डा. पौडेल
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको जिम्मेवारी पालिका सरकारको भएको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले सो कुरा बताउनुभएको हो ।
बँदेलका लागि थापेको पासोमा चितुवा फस्यो
जङ्गली बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४ बिनासौं गाउँमा स्थानीयले बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुव फसेको हो ।
सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ ।
स्वास्थ्य क्षेत्रमा अझै सुुधारको खाँचो : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूले नेपालीको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पु-याएको बताउनुभएको छ । विभिन्न माग राखी मङ्गलबार ज्ञापन बुझाउन गएका एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)का पदाधिकारीलाई उहाँले स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताउँदै आगामी दिनमा थप सेवा सुविधा प्रवाह गर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले स्वास्थ्य सुधारका सबै काममा सरकारले मात्र गर्न नसक्ने भएकाले निजी क्षेत्रका स्वास्थ्य संस्थाको पनि उत्तिकै आवश्यकता र भूमिका रहेको बताउनुभएको अफिनका महासचिव हेम सुवेदीले जानकारी दिनुभयो ।
आफन्तको सम्झनामा धर्मचौतारा
अचेल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जान थालेका छन् । भएका पाटीपौवा र चौतारा नासिँदै जान थालेका छन् तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई पाउद्वारका गाउँलेले जीवित राखेका छन् । आफन्तको सम्झनामा परिवारका सदस्यले चौतारा चिन्ने गरेका छन् ।
निर्वाचनपछि कम्युनिस्टको एउटै केन्द्र
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कम्युनिस्टहरूको एउटै केन्द्र बनाउने समझदारी भएको बताउनुभएको छ । उहाँले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने जानकारी दिनुभयो । मङ्गलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेतासँगको छलफलपछि प्रचण्डले भन्नुभयो, “चुनावअघि एकता सम्भव छैन तर चुनावपछि हुन सक्छ ।”
स्थानीय सरकार चलाउन सिकाउँदै कांग्रेस
रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । कुनै ठाउँमा कसैलाई केही पर्दा उहाँले नै अग्रसरता लिनुहुन्थ्यो । राजनीतिक आन्दोलन र सामाजिक कार्यको बलमा नगरपालिका उपप्रमुखमा निर्वाचित असगरी दुई दिनअघिसम्म आफूले जानेसम्म राम्रै गर्ने कोसिसमा रहनुहुन्थ्यो तर कतिपय अवस्थामा सोचेअनुसार काम गर्न सक्नुहुन्थ्यो । अहिले उहाँको सोच बदलिएको छ । अब उहाँ आफ्ना दृष्टिकोण र कार्यक्रम निर्धक्क राख्न सक्नुहुन्छ । उहाँले भन्नुभयो, “समाजका जुनसुकै समस्या र विकृतिविरुद्ध लड्न आँट आएको छ ।
टिपर दुर्घटनामा दुईको मृत्यु
उदयपुरको कटारी नगरपालिका ८ स्थित कुरिभन्ज्याङमा मंगलबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदैगरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।
व्यापारीले हडपेको जग्गा फिर्ता
हरिकृष्ण ऐडीमुगु, साउन ३१ गते। स्थानीय व्यापारीले हडपेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुको जग्गा फिर्ता लिइएको छ। २०७४ मा स्थानीय व्यापारीलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिइएको जग्गा उनीहरुले सम्झौता विपरीत जथाभावी प्रयोग गर्न थालेपछि सम्बन्धित निकायले टहरा भत्काएर जग्गा फिर्ता लिएको हो। खाद्यको आन्तरिक आम्दानीको लागि प्रति टहरा महिनाको तीन हजारका दरले भाडामा लगाएको जग्गा भाडामा लिएकै व्यापारीले जथाभावी हडपेपछि बल प्रयोग गर्नु परेको शाखा प्रमुख पुष्कर भामले जानकारी दिनुभयो।‘संस्थाको फाइदाको लागि जग्गा भाडामा दियौँ। तर, व्यापारीले सम्झौता विपरीत जग्गा हडपेर व्यक्तिगत जग्गा जस्तै प्रयोग गर्न लागे’, उहाँ भन्नुहुन्छ, ‘कार्यालयको जग्गा जोगाउन जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा टहरा हटायौँ।’ खाद्य केन्द्रीय कार्यालयका विभागीय प्रमुख भीमबहादुर थापाले कार्यालयले गरेको कामको प्रशंसा गर्नुभएको छ।
नेपाल प्रहरी प्रविधिमैत्री बन्नु पर्छ : मन्त्री साह
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आधुनिक युगमा परम्परागत अनुसन्धानले काम नचल्ने भन्दै प्रदेशको नेपाल प्रहरी प्रविधिमैत्री बन्नुपर्ने बताउनु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा मंगलबार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटनशत्रमा उहाँले सो कुरा बताउनुभयो ।
सामुदायिक भवन उदघाटन
संघीय शहरी बिकासमन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उदघाटन गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको पाँच कोठे सामुदायिक भवनको मन्त्री चौधरीले मंगलवार उदघाटन गर्नुभएको हो ।