• १३ साउन २०८१, आइतबार

सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय

blog

काठमाडौं, भदौ १ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय थियो ।    

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २१० कायम रहेको महासङ्घले जनाएको छ ।