• १३ साउन २०८१, आइतबार

अङ्कुरी महादेव मन्दिरमा साठी किलोको बसाहा

blog

सप्तरी, भदौ ४ गते । श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसाहा स्थापना गरिएको छ । मन्दिर परिसरमा शनिबार थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।

तिलाठी कोइलाडी गाउँपालिका –६ का उपेन्द्र यादवले आमाको सङ्कल्प पूरा गर्न बसाहा स्थापना गर्नुभएको हो । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका –२ मा पर्छ ।

अङ्कुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताउनुभयो । अङ्कुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ ।