• १३ साउन २०८१, आइतबार

राप्ती नदीमा डुङ्गा पल्टिँदा २५ विद्यार्थी घाइते

blog

डुङ्गा पल्टिदा घाइते भएका विद्यार्थी उपचारपछि घर पुगेर भिजेको पुस्तक घाममा सुकाउँदै । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, भदौ २ गते । दाङको राप्ती नदीमा पटेला (डुङ्गा) पल्टिँदा डुङ्गामा सवार २५ जना विद्यार्थी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । बिहीवार बिहान ९ बजे लमही नगरपालिका वडा ९ तरुलियाबाट राजपुर गाउँपालिका -७ मा.वि.सिक्टास्थित तरुलियाका २५ जना विद्यार्थी पटेलाबाट राप्ती नदी तरेर विद्यालय जाने क्रममा पटेला पल्टिएको हो ।

क्षमताभन्दा बढी विद्यार्थी बोक्दा डुङ्गा पल्टिएको स्थानीयको भनाइ छ । पटेला पल्टिँदा लमही नगरपालिका -९ तरुलिया निवासी मा.वि सिक्टा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनीष विक, १२ वर्षीय रिमा रामिजाल, कक्षा ९ मा अध्यनरत १६ वर्षीय संदीप विक गम्भीर घाइते भएका छन् । 

अन्य विद्यार्थीको अवस्था सामान्य रहेको माध्यमिक विद्यालय सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीले जानकारी दिनुभयो । घाइते विद्यार्थी मा.वि सिक्टामा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । डुङ्गा राजपुर गाउँपालिका ७ राताकाँस निवासी दिनाराम विकले राप्ती नदीमा सञ्चालन गर्दै आइरहनुभएकाे थियो । 

डुङ्गा पल्टेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । विद्यालयमा जान आउन विद्यार्थी काठबाट निर्मित डुङ्गा (पटेला) को प्रयोग गर्ने गरेका छन् ।