आयोग पदाधिकारीको सुविधासम्बन्धी विधेयक प्रमाणीकरण
कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पमरिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुुधबार सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।
नेपाल–जापानबीच सहकार्यको नयाँ शुरुवात : अध्यक्ष दाहाल
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको उहाँले बताउनुभयो ।
एकै परिवारका तीन जनाको शंकास्पद मृत्यु
बझाङको बुंगल नगरपालिका –९ रारुमा एकै परिवारका तीन जनाको गएराति शंकास्पद मृत्यु भएको छ । एकै परिवारका २३ बर्षीय गीता पार्की, छोरी ५ बर्षीया भुमिका पार्की र छोरा ३ बर्षे महेश पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अबस्थीले बताउनुभयो ।
सीमानाकामा कर्मचारीमाथि भएको कुटपिटप्रति निजामति कर्मचारीको ध्यानाकर्षण
वीरगञ्जमा कार्यालय सहयोगीमाथि भएको कुटपिटका सम्बन्धमा नेपाल निजामति कर्मचारी संगठनको ध्यानाकर्षण भएको जनाएको छ । सोमबार राति नेपाल–भारतबीचको सीमानाका कार्यालय सहयोगी बमबहादुर बिशंखेमाथि कुटपिट भएको थियो ।
नेपाल बैंक र त्रिवि विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस
दुइटै मिर्गौला फेल भई दुई महिना अघि डाकनेश्वरी –१ का २४ वर्षिय अनवरको मृत्यु भयो । उहाँको मृत्युपछि २२ वर्षको कलिलो उमेरमै एकल हुन पुग्नुभएकी रुपनी –५ कि ऐसा खातुन अनवरको परिवारका सदस्यबाटै कुटपिटपछि घर निकालामा पर्नुभयो ।
छोरीसँग प्रेम गर्नेलाई शिक्षकले कुटे
दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादव लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री देउवाद्वारा कार्कीको निधनप्रति दु:ख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका डा. बच्चुराम कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
छ अर्बको स्याउ आयात : मुस्ताङको स्याउलाई ‘कोल्डस्टोर’
रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।
जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)
काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।
फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’
उमेरले ९७ औं वसन्त पार गरे पनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो ।
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना
स्वास्थ्यमा समस्या भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनुभएको छ । सेती प्रादेशिक अस्पतालमा आज उहाँ भर्ना हुनु भएको हो ।
बाइपासस्थित जुत्ता चप्पल कारखानामा आगलागी (फोटो फिचर)
काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो ।
पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिँदै
वर्षाका कारण पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । वडा अध्यक्ष दिपकुमार तामाङले हेलम्बु गाउँपालिका–५ का पहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा टेण्ट हालेर सार्न थालिएको जानकारी दिनुभयो ।
‘कानुनभन्दा राजनीतिक इच्छाशक्ति आवश्यक’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनका लागि अवरोध भएमा कानुन परिमार्जनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ। प्रतिनिधि सभामा ध्यानाकर्षण र सार्वजनिक महìवको प्रस्तावको छलफलपछि जवाफ दिँदै मन्त्री कोइरालाले समावेशी सिद्धान्त कार्यान्वयनका लागि कानुनभन्दा इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो।
कांग्रेसले अभिमुखीकरण गर्ने
नेपाली कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही साउन ३० र ३१ गते ललितपुरमा सो कार्यक्रम हुनेभएको हो।
सवारी लाइसेन्स प्रदेशमै छापिने
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशहरूबाट पनि छापिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातवटै प्रदेशका यातायात मन्त्रीको अन्तर तह समन्वय बैठकमा सो निर्णय भएको हो। प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स छपाइका लागि सङ्घीय सरकारले मेसिन उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।
विद्यार्थीलाई ज्वरो आएपछि विद्यालय बन्द
लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ।
आदिवासी संस्कृति संरक्षण गर्नु राज्यको दायित्त्व हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ।
पहिरो जोखिममा कपुरकोट
कपुरकोट बजार पहिरोको जोखिममा परेको छ । खारा पहिरोको कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार, राप्ती लोकमार्ग वर्षेनि भासिँदै गएको छ ।
फोहोरले सामुदायिक वन क्षेत्र दुर्गन्धित
‘ग्रीन क्लिन धनगढी’ अभियान सञ्चालन हुँदै आएको धनगढीको सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको छ । धनगढी बजारसँग जोडिएको वडा नम्बर ७ स्थित देवहरिया र मनहेरा सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको हो । बजारका फोहोर जथाभावी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको छ ।
गुल्मीका नायब सुब्बा धर्नामा
असमान रुपमा भएको तलब वृद्धिको विरोधमा गुल्मीका विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बाहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
पहिचान समेटिएको आदिवासी जनजाति सङ्ग्रहालय
आज मङ्गलबार (साउन २४ गते) २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्षेनि भव्य रुपमा मनाउँदै आएका छन् । सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । यी जातिहरुको पहिचान झल्कने गरी सरकारले आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गरेको छ ।
बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका– ४ का स्वास्थ्यकर्मी १९ वर्षीय जीवन बोगटी मृत भेटिएका छन् । स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिनुभयो ।