• १३ साउन २०८१, आइतबार

बैंकिङ कसुर मुद्दामा थापालाई जेल चलान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते । जिल्ला अदालत भक्तपुरको आदेशमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादीलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापा छन् । 

थापालाई बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट ५८ लाख ९६ हजार ५०० रुपियाँ जरिवाना र एक महिना १५ दिन कैद फैसला भए पनि हालसम्म फरार रहेकाले मंगलबार प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको थियो । 

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको थियो । तोकिएको कैद र जरिवाना भुक्तानका लागि अदालतले कैद पुर्जी जारी गरी थापालाई कारागार पठाएको भक्तपुर प्रहरीले जनाएको छ ।