• ७ मंसिर २०८१, शुक्रबार

उच्च सम्मानका साथ नेता गिरीको अन्तिम बिदाइ [फोटो फिचर]

blog

कांग्रेस नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन आर्यघाटमा पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालगायत। तस्बिर : मनोजरत्न शाही

काठमाडौं, भदौ ५ गते ।  नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको उच्च सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उहाँको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो। 

स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तित्व आर्यघाटमा पुग्नुभएको छ । 

उहाँहरुले स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँप्रति श्रद्धा व्यक्त गर्न संघीय सरकारका मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नेता गिरीका आफन्त तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति आर्यघाटमा रहेको छ। 

नेता गिरीको पार्थिव शरीरमा उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिनुभएको छ। अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न उहाँकी श्रीमती भारती सिल्वाल गिरी पनि आर्यघाट पुग्नुभएको थियो।

समाजवादी चिन्तक गिरीको शनिबार राति क्यान्सर रोगका कारण ७५ वर्षको उमेरमा निधन भएको थियो। 

कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीलाई श्रद्धाञ्जलि दिनुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओली । तस्बिर : मनोजरत्न शाही 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।