• १३ साउन २०८१, आइतबार

कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

blog

भवानीसिंह ऐर
गोदावरी (कैलाली), भदौ १० गते ।
सुदूरपश्चिम प्रदेश सरकाले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम सरकारले थारु समुदायको अटवारी पर्वका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषदको बिहीबारको निर्णय अनुसार १२ गते बिदा दिइएको हो । थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व गर्ने चलन रहिआएको छ ।