ताला तोडेर परीक्षा सञ्चालन
कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन गरेको छ । शिक्षकहरु आन्दोलनमा रहेको र सरकारकाले माग पूरा गर्ने कुनै मनसाय नदेखाएकाले कक्षा ८ को ग्रेटबृद्धिको परीक्षा लिन नसक्ने शिक्षकको अडानपछि नगरपालिकाको शिक्षा शाखा प्रमुख खेमराज शाहीले कक्षा कोठाको ताला फोडेर परीक्षा सञ्चालन गर्नुभएको हो ।
सुतिरहेको मजदुर मृत फेला
गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका –६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो।
दुरा भाषाको संरक्षणमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अल्पसंख्यक दुरा जातिको भाषा संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गर्नुभएको हो ।
मेलाको खर्च सार्वजनिक
चैते दशैँका अवसरमा बागलुङमा आयोजना गरिएको धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला –२०८१ मा ४८ लाख रुपियाँ बढी खर्च भएको छ । आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरी मेलाको आयव्यय सार्वजनिक गरेको हो ।
मानव जीवनको अपरिहार्य क्षेत्र कृषि हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मानव जीवनको अत्यावश्यक र अपरिहार्य क्षेत्र भएको बताउनुभएको छ। दक्षिण एसियाली किसान फेडरेसनको दोस्रो सम्मेलनका अवसरमा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
ज्येष्ठ नागरिकलाई मह
सङ्घीय सरकारले ज्येष्ठ नागरिकको सम्मान स्वरूप मासिकरूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ । स्थानीय सरकारले ज्येष्ठ नागरिकका सम्मानका लागि तीर्थाटन, कपडा त कतै च्यवनप्रास र महत वितरण गर्नेगरेको छ ।
सार्वजनिक बिदामा सेवा प्रवाह गर्दै सरकारी कार्यालय
ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् ।
थिमीमा सिन्दूर जात्रा
भक्तपुरको मध्यपुर थिमीमा सिन्दूरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमीमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्राअन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा
काठमाडौँ, वैशाख २ गते । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ । यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन् ।
सिंहदरबार धाउँदै समायोजित कर्मचारी
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी समायोजन संशोधनका लागि सिंहदरबार धाउन थालेका छन् । आफूहरूलाई जबरजस्ती प्रदेश र स्थानीय तहमा समायोजन गरिएको गुनासो गर्दै समायोजित कर्मचारीले कानुनी व्यवस्था गरी अन्तरप्रदेश, अन्तरप्रदेश स्थानीय तहमा वा सङ्घमा नै फर्कन पाउने गरी कानुुनी व्यवस्थाका लागि सिंहदरबार धाउन थालेका हुुन् ।
सौराहाका होटेल भरिभराउ
नेपाली नयाँ वर्ष मनाउन आउनेहरू वृद्धि भएपछि सौराहाका होटेल चार दिनदेखि भरिएका छन् । अन्य समयमा सामान्य चहलपहल हुने सौराहा शुक्रबारदेखि आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।
एमालेले सात जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ ।
दाउन्ने क्षेत्रमा सोमबारदेखि दैनिक राती ६ घण्टा सडक बन्द
नारायणगढ बुटवल सडक खण्ड अन्तरगत सोमबारदेखि दाउन्ने क्षेत्रमा रातीमा सडक बन्द गरेर काम हुँदैछ ।
विद्यार्थी टिकाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।
मनै लोभ्याउने फूल (फोटो फिचर)
सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरीथरीका फूल ढकमक्क फुलेका छन् ।
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताउनुभएको छ ।
नेपाललाई पर्यटनको हव बनाउने सरकारको सपना : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई पर्यटनको हव बनाउनुपर्ने बताउनुभएको छ । पर्यटनबाटै नेपालको सम्वृद्धी सम्भव हुने उहाँले बताउनुभयो ।
वर्ष २०८१ मा सरकार: नीतिगत फड्को कार्यान्वयन आवश्यक
संविधान संशोधनको समेत एजेन्डा बनाएर संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता सहयात्रा गरेको नौ महिना पूरा भएको छ । स्थिर सरकारको राजनीतिक
प्रविधिमार्फत अदालती कारबाही
पाँचथर जिल्ला अदालतले प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई न्यायको पहुँचमा जोड्न थालेको छ । यो अदालतले पछिल्लो समय भौति
अबको आवश्यकता कृषिमा आधुनिकरण : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको आवश्यकता कृषिमा आधुनिकरण र व्यवसायीकरण भएको बताउनु भएको छ। आइतबार झापाको गौरादह र दमकमा भएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
नयाँ वर्ष २०८२ : कुन महिनामा कति सार्वजनिक बिदा
नयाँ वर्ष २०८२ सालमा ५२ वटा शनिबार बिदा परेको छ । मन्त्रिपरिषद्को बैठकले नयाँ वर्षको बिदा स्वीकृत गरेसँगै राजपत्रमा सार्वजनिक भएको छ ।
मानव बेचविबखन तथा ओसारपसार नियन्त्रण विधेयक बारे छलफल
मानव बेचविबखन तथा ओसारपसार(नियन्त्रण) ऐन, २०६४ लाई संसोधन गर्न बनेको विधेयकबारे छलफलको आयोजना गरिएको छ ।
फोनिज अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो।