गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य, छ विधेयक पारित
गण्डकी प्रदेश सभाको सातौं अधिवेशनले छ वटा विधेयक पारित गरेको छ। माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ। यो अधिवेशनमा १६ दिनमा १६ वटा बैठक बसेका छन्।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ ।
अफगानिस्तान यु-१९ विरुद्ध नेपाल ८५ रनले विजयी
नेपाल यु–१९ क्रिकेट टिमले अफगानिस्तानलाई ८५ रनले हराएको छ। टस हारेर सुरुम ब्याटिङको निम्तो पाएको नेपालले डिएलएस पद्धतिबाट ८५ रनको शानदार जित निकालेको हो।
अर्घाखाँचीलाई देवभूमिको रूपमा परिभाषित गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताउनुभएको छ ।
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।
पुरिन थाल्यो नुन खानी
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, तेताङकी कुनसाङ गुरुङ गाउँबाट डेढ घण्टाको दुरीमा रहेको नर्साङखोलाको किनारस्थित नुन खानीबाट हिउँदको समयमा नुन ल्याएर प्रयोग गर्नुहुन्छ ।
दाउन्नेमा आजदेखि गाडी रोकेर काम, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ । आजदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
आगलागीबाट एउटा घर जल्यो
सर्लाहीको हरिवन नगरपालिका –८, पुरानो बजारमा मङ्गलबार साँझ आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नस्ट भएको छ ।
जयगढबजार आगलागी : सात करोड बढीको क्षति अनुमान
घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको जयगढ बजारमा ७ करोड रुपियाँभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा रहेका २७ वटा घरपसल, सामग्री गरेर ७ करोडभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
नेपाली स्वास्थ्य शिविरमा चाप
भूकम्पबाट क्षतिग्रस्त बनेको म्यानमारमा चिकित्सकसहित पुगेको नेपाली स्वास्थ्य शिविरमा बिरामीको चाप बढेको छ ।
चार फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा
भ्रष्टाचारको कसुरमा विशेष अदालत काठमाडौँले गरेका चार वटा फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान पुनरावेदनका लागि आयोग सर्वोच्च पुगेको छ ।
छत्तिस लाखको आँखा परीक्षण
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रोगको उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने सचेतना कार्यक्रममा जोड दिन सम्बन्धित सबैसँग आग्रह गर्नुभएको छ ।
कार्यक्षेत्र मिच्दा द्वन्द्व
केही समयअघि बर्दियाको बारबर्दिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले उपप्रमुखलाई अभद्र व्यवहार गरेपछि नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच केही दिनसम्म आन्तरिक द्वन्द्व बढ्दै गयो । आपसी सहमतिमा उक्त विवाद तत्कालका लागि टरेको दाबी गरिएको छ ।
ऋण भुक्तानका लागि पुराण !
बागलुङमा सहकारीप्रतिको नकारात्मक भ्रम चिरेर ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको छ ।
धनगढीमा ४२ दशमलव १० प्रतिशत विद्यार्थी कक्षा ८ उत्तीर्ण
कैलालीको धनगढी उपमहानगरपालिकामा सामुदायिक विद्यालयबाट कक्षा ८ को परीक्षा दिएका ४२.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
म्यानमार सहयोग पठाउँदै सरकार
गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको मंगलबार साँझ निरीक्षण गर्नुभएको छ।
जनताको जरासम्म फैलिएको एमालेलाई कसैले हल्लाउन सक्दैन : अध्यक्ष ओली
पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उहाँले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गर्नुभयो।
बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्धता : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तप्रति आफ्नो मुलुकको प्रतिबद्धता पुनः दोहोर्याएउनुभएको छ।उज्बेकिस्तानको ताशकन्दमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उहाँले नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।
सेतो मच्छिन्द्रनाथको रथ लगन टोलमा लगियो
हरेक वर्ष चैत शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सोमबार तेस्रो दिन हनुमानढोका दरबार क्षेत्रबाट लगन टोलमा तानेर मनाइएको छ ।
हिमालको मुद्दा प्रत्येक नेपालीको
नेपाल सरकारले आयोजना गर्न लागेको आसन्न सगरमाथा संवादले उठाउन खोजेको जलवायु परिवर्तनमा हिमाल र मानव जीवनको मुद्दा नेपालका हरेक नागरिकले आफ्नै स्तरबाट थप बल प्रदान गर्दै विश्वव्यापी एजेन्डाका रूपमा स्थापित गर्नुपर्नेमा विज्ञले जोड दिनुभएको छ ।
धरानमा खानेपानीको प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
पुनर्निर्माणलाई गति दिन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण र पुनस्र्थापना कार्यमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणको कामलाई द्रुत गति प्रदान गर्न निर्देशन दिनुभएको छ ।
वर्षाको सम्भावना
मङ्गलबारदेखि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
संसदीय निगरानीमा सांसद नै अनिच्छुक
सार्वजनिक सरोकारका विषयमा सरकार र मातहतका निकायलाई जवाफदेही बनाउन सांसद नै अनिच्छुक देखिएका छन् ।