राप्रपाका अध्यक्ष लिङ्देन, नेता तामाङ र शाही पक्राउ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ पर्नुभएको छ । उहाँहरू निषेधित क्षेत्रमा प्रदर्शनका गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
माइक्रो बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, १० घाइते
डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१०, नेपालीडाँडामा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
मदन भण्डारी राजमार्ग विस्तार,पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे
मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।
एक सय साठी खर्ब तरलता प्रशोचन
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १६० खर्ब चार अर्ब १५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको छ ।
पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार १६९ मेट्रिक टन मल आयात भएको हो ।
संविधान र गणतन्त्रको रक्षामा प्रमुख तीन दल एकमत
सत्ता साझेदार दुई दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठकमा विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधान रक्षाका लागि उपयुक्त वातावरण निर्माण गरेरै अघि बढ्ने समझदारी भएको छ ।
हीरक महोत्सव मनाएको विद्यालय, विद्यार्थी टिकाउनै सकस
ढुङ्गाकै गारो, ढुङ्गाकै छानो । कमेरो र रातो माटोले पोतिएको गाउँकै पुरानो घरको झल्को दिन्छ भार्से जनसहयोग माध्यमिक विद्यालयले । विद्यालय भवनसहित छात्रावास, अतिथिगृहलगायतका पुराना संरचना पनि थिए तर ती संरचना समयसँगै भत्किएर गए ।
एक झर पानीमै भागाभाग
असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासीको एक झर सिमसिमे पानीमै भागाभाग भएको छ । बर्खाभरि पनौतीमा डेरा खोजेर
संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा शीर्ष नेताको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताबिच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ।
बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताको छलफल
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताको छलफल जारी छ। प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता छलफलमा सहभागी हुनुहुन्छ।
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताउनुभएको छ।
हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ । स्रोतको चाप, शिथिल अर्थतन्त्र, खस्कँदो निजी क्षेत्रको मनोबल तथा लगानी, नतिजामुखी बन्न नसकेको कर्मचारी प्रशासन, न्यून विकास खर्चलगायत समस्या मुलुकले खेपिरहेको वर्तमान अवस्थामा कस्तो बजेट सरकारले ल्याउँदैछ भन्ने चासो स्वाभाविक हो ।
अब जनताले महसुस गर्नेगरी विकास गर्नुपर्छ : सांसद के.सी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् काठमाडौँ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार (राजन) के.सी.ले अब जनताले महसुस गर्नेगरी देश विकास गर्नुपर्ने बताउनुभएको छ।
पाँच मुद्दामा पुनरावेदन
विगतमा आफूले दायर गरेको पाँच मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । पहिलो मुद्दामा कृषि विकास निर्देश
मेलम्चीको खानेपानी बर्खामा पनि ल्याउने तयारी
काठमाडौँ उपत्यकामा अस्थायी रूपमा हिउँदमा मात्रै आउने गरेको मेलम्ची खानेपानी आयोजनाको पानी यो वर्ष बर्खाको समयमा पनि नियमित ल्याउने तयारी गरिएको छ । २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयो
प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ ।
सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताउनुभएको छ ।
बारामा टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
बारामा शुक्रबार टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका १५ हजरिया बस्ने ४६ वर्षीय नारायणहरि शर्मा र कार चालक सुन्दरपुर चोहरवा–४ बस्ने ५० वर्षीय जितनारायण प्रसाद साहको मृत्यु भएको हो।
नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक समयमै पूरा हुने बताउनुभएको छ।
सञ्चारिका समूहको महाधिवेशन : पत्रकार महिला सम्मानित
सञ्चारिका समूहको ९ औँ महाधिवेशन सुरु भएको छ। काठमाडौँमा सुरु भएको महाधिवेशनको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो।
देश विकासमा मतभेद नराखौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गर्नुभएको छ। भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।
आजदेखि दोस्रो गुल्मी महोत्सव सुरु
गुल्मी चेम्बर अफ कमर्श गुल्मीको तम्घासमा आयोजनामा गर्न लागेको ‘दोस्रो गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु गरिएको छ । यो महोत्सव ‘गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि पर्यटन र व्यापार’ भन्ने मूल नारासहित यहि वैशाख १७ गतेसम्म तम्घासस्थित नुनथलामा चल्ने आयोजकले जनाएको छ ।
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ।
विद्युतीय गाडी दुर्घटना हुँदा दुईको मृत्यु, १४ घाइते
मकवानपुरमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । राति १ बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।