काठमाडौँ, वैशाख ५ गते। सञ्चारिका समूहको ९ औँ महाधिवेशन सुरु भएको छ। काठमाडौँमा सुरु भएको महाधिवेशनको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो।
शुक्रबार समूहको ९ औं महाधिवेशनका अवसरमा कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले विभिन्न विधामा पत्रकार महिलालाई नगदसहित सम्मान गर्नुभएको थियो।
कार्यक्रममा ‘सञ्चारिका अग्रणी सम्मान वरिष्ठ पत्रकार डा. हरिकला अधिकारी र वरिष्ठ पत्रकार उषा लोहनीलाई प्रदान गरिएको छ। त्यस्तै सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मा र स्व. उमासिंह पत्रकारिता पुरस्कार पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरिएको छ।
यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारूलाई प्रदान गरिएको छ।